निर्णय नं. २९५ - बन्दी प्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९५ - बन्दी प्रत्यक्षीकरण भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/०५/११ ४२६६ निर्णय नं.२९५ ने.का.प.२०२२ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट क्षेत्री न्यायाधीश श्री बासुदेव शर्मा न्यायाधीश श्री हेरम्ब राज न्यायाधीश श्री सुरेन्द्रबहादुर बस्नेत २०२२ को रीट नम्बर दे.फु.नं.४ निवेदक : एडभोकेट गजेन्द्रबहादुर प्रधानांगको हकमा से.अ.मृगेन्द्रबहादुर प्रधानांग विरुद्ध विपक्षी : काठमाडौं मेजिष्ट्रेट श्री बलराम प्याकुरेल समेत बिषय : बन्दी प्रत्यक्षीकरण (१) कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ (ज) – इमान्दारी साथ प्रयोग गरिएको अधिकार असल नियतले प्रयोग गरेको मानिने । नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ (ज) हेर्दा लापरबाही साथ गरेको वा नगरेको जे भए तापनि वास्तवमा इमान्दारी साथ गरिएको कामलाई असल नियतले गरेको मानिने छ भनी असल नियतको परिभाषा भएको र नेपालको संविधानको धारा ९१ (२) मा बिषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस संविधानमा व्यक्त भएका कुराहरूको अधिनमा रही नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० नेपाल कानूनको व्याख्यामा लागू भए सरह यस संविधानको व्याख्यामा पनि लागू हुनेछ भन्ने उल्लेख भएको देखियो । यस्तो अवस्थामा बिषय वा प्रसंगले अर्को कुरा नदेखिएसम्म कुनै कर्मचारीले यदि इमान्दारी साथ कुनै ऐनले दिएको अधिकार प्रयोग गर्छ भने त्यसलाई असल नियतले नै प्रयोग गरेको भन्नु पर्ने हुन आउँछ । (प्रकरण नं.३५) (२) इमान्दारी साथ गरे अधिकार प्रयोग गरेको होइन भन्ने कुराको प्रमाण निवेदक तर्फबाटै गुजार्न पर्ने । सरकारी ओहदाका हैसियतले प्रतिवादी हुन आएका का.मे.बलराम प्याकुरेलले गजेन्द्रबहादुरलाई नजरबन्द राख्ने आदेश जारी गरेकोलाई इमान्दारी साथ नगरेको भनी ठहराउन उक्त एक मुद्दाको अतिरिक्त अरु ठोस सबूद प्रमाणको आवश्यकता देखिन्छ । यस्ता प्रमाणहरू निवेदकले नै गुजार्न सक्नु पर्छ । निवेदकले दिएको एक मुद्दाको प्रमाणको आधारबाट मात्र का.मे.बलराम प्याकुरेलले असल नियत छाडी निवेदकलाई थुनामा राखेको भनी भन्न मिल्न आएन । तसर्थ, मा.न्या.इश्वरीराजज्यूले रीटको निवेदनपत्र खारेज गर्ने गरेको राय मुनासिव छ । (प्रकरण नं.३७) निवेदक तर्फबाट : सिनीयर एडभोकेट देवनाथप्रसाद वर्मा, प्लिडर ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : का.मु.गभर्नमेन्ट एडभोकेट स्वभाकर पाध्याय आदेश १. मेरो पिताजीलाई ०२२।३।१।३ को राती ८।३० बजे पक्री काठमाडौं डि.एस.पी.अफिसमा लगी थुनेको थाहा भएकोले यस अदालत समक्ष उपस्थित गराई गैरकानूनी थुनाबाट अविलम्ब मुक्त गरी पाउँ भनी बन्दीप्रत्यक्षीकरणको आदेशको लागी भक्तपुर खौमाटोल बस्ने एडभोकेट श्री गजेन्द्रबहादुर प्रधानांगका हकमा ऐजन घर भई हाल का.ई.हिउमत टोल बस्ने निजको एकाघरको छोरा से.अ.श्री मृगेन्द्रबहादुर प्रधानांगको यो निवेदन रहेछ । (१) काठमाडौं बबरमहल बस्ने ले. ज.श्री मृगेन्द्र शम्शेर ज.ब.रा. का पुर्जिबाट काठमाडौं चिकंमुगल बस्ने श्री गयालाल श्रेष्ठले पोल्नु भएको ईटको व्यवसायमा श्री मृगेन्द्र शम्शेर तर्फबाट निबेदकका पिता गजेन्द्रबहादुर प्रधानांग प्रतिनिधिका रुपमा काम गरी आई रहनु भएको बखत सो ईटको दररेटको कुरालाई लिई विपक्षी तत्कालिन उपत्याकान्चल कमिश्नर अफिसमा का.मु.कमिश्नर श्री रामबहादुर रावल हाल बाग्मती अञ्चलाधीश, तत्कालीन कमिश्नर श्री विष्णुमणि आचार्य र काठमाडौं मेजिष्ट्रेट श्री वलराम प्याकुरेल समेतसँग तत्कालिन काठमाडौं जिल्ला अदाल