निर्णय नं. ३२१२ - सवारी दुर्घटना (ज्यान) ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२१२ - सवारी दुर्घटना (ज्यान) । भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०५/१६ ४१२५ निर्णय नं. ३२१२ ने.का.प. २०४४ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.नं. ४३६ मुद्दा : सवारी दुर्घटना (ज्यान) । पुनरावेदक/वादी:पद्म कुमार चौधरीको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी:जि.सुनसरी धरान न.पं. वडा नं. ७ भोटेपुल बस्ने राम प्रसाद झा । फैसला भएको मिति: २०४४।५।१६।३ मा बढी गतिमा हाँकेको गाडीको ब्रेकफेल भई दुर्घटना हुन गएको भन्ने देखिएपछि प्र.को काबुभन्दा बाहिरको परिस्थितिले गर्दा अप्रिय दुर्घटना भई मानिस समेत मरेको यस अवस्थामा प्रस्तुत मुद्दा ज्यानसम्बन्धीको १३(३) अन्तर्गतको नदेखिँदा सवारी ऐन अन्तर्गत सजायँ गरेको शुरु इन्साफ सदर गरी भएको पू.क्षे.अ.को इन्साफ मिलेकै देखिएकोले पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. १४) पुनरावेदक, वादीतर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत विपक्षी,प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.महेशराम भक्त माथेमाः पुनरावेदन दायर भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं विवरण संक्षेपमा यसप्रकारको रहेछ । २. ०४०।८।३ गते बिहान धान कुटाउन भाइ बुहारी पल्टीदेवी र निजको दिदीको छोरी पार्वती समेत रिक्सामा चढी गएको बेला दक्षिण आएको बसले रिक्सालाई ठक्कर दिई रिक्सामा चढेको यात्रुलाई घाइते पारेछन् । उपचार गर्न अस्पताल पुर्‍याए पछि बुहारी पल्टीको मृत्यु भएको हुँदा दुर्घटना गर्ने चालक उपर कारवाही गरी क्षतिपूर्ति र घा खर्च समेत दिलाई पाउँ भन्ने पवनकुमारको जाहेरी दर्खास्त । ३. ०४०।८।३ गते बस चलाई विराटनगर तिर जाँदा खार्जी कोभरामा आइपुग्दा एउटा बसलाई उछिनेर जाँदा रिक्सालाई ठक्कर लागेको हो । त्यसबखत गाडीको रफतार ४०।४५ थियो भन्ने समेत राम प्रसाद झाको प्रहरीमा कागज । ४. ०४०।८।३ गते अं.१२।१ बजेको समयमा दक्षिण आएको बसले मेरो रिक्सामा ठक्कर दिई रिक्सा चकनाचुर पारी दिई सख्त घाइते पारेको हुँदा चालक उपर कारवाही गरी घा खर्च समेत दिलाई पाउँ भन्ने रिक्सा चालक अम्बरबहादुरको प्रहरीमा कागज । ५. ०४०।८।३ गते विराटनगर आएको बसले अर्को बसलाई उछिनी अगाडि जाँदा रिक्सालाई ठक्कर दिई पल्टीदेवीको मृत्यु र चालक र पार्वतीदेवी सख्त घाइते भएको भन्ने समेत सरजमीन मुचुल्का । ६. संकलित भै आएको सबूद प्रमाणको परिबन्दबाट सवारी चालक राम प्रसाद झालाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) पल्टीदेवीको पतिलाई क्रिया खर्च, रिक्सा चालक र पार्वती चौधरीको पितालाई औषधि खर्च र क्षतिग्रस्त रिक्साको रु. ३०००।– दिलाई भराई दिन राम प्रसाद झालाई समेत पेश गरिएको छ भन्ने प्रहरी प्रतिवेदन । ७. मैले एउटा बसलाई उछिनी अगाडि बढ्दा रिक्सालाई नदेखी ठक्कर लाग्न गएको र घाइतेलाई अस्पताल भर्ना गराई म स्वयं प्रहरीमा उपस्थित भएको हुँ । मैले पल्टीलाई मार्नु पर्ने सम्मको रिसइवी नभएको हुँदा मैले सजायँ पाउनु पर्ने होइन भन्ने चालक राम प्रसादको अदालतमा भएको बयान । ८. गाडी चालकको बसको रफतार अं.७० कि.मि.को थियो । बस चालकको लापरबाहीबाट दुर्घटना भएको हो भन्ने रिक्सा चालक अम्बरबहादुर राईको अदालतमा भएको बकपत्र । ९. बुझिएसम्म प्रमाणको परिबन्धबाट प्रतिवादी राम प्रसादलाई सवारी ऐन, २०२० को दफा १(क) को अतिरिक्त सवारी ऐनले तोकेको अन्य सजायँ समेत हुन्छ । ज्यानसम्बन्धी महलको १३(३)