निर्णय नं. २९६ - हरजना दिलाइ पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९६ - हरजना दिलाइ पाउँ भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/०५/०१ २७८४ निर्णय नं.२९६ ने.का.प.२०२२ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री हेरम्ब राज २०२१ सालको दे.फु.नं.२७४ वादी, अपीलाट : मेजर जनार्दन विक्रम राणा विरुद्ध प्रतिवादी, अपीलाट : भिमार्जुन उपाध्याय समेत मुद्दा : हरजना दिलाइ पाउँ (१) नागरिक अधिकार ऐन, २०२० को दफा २० (२) – मुद्दा चलाउने हदम्याद सम्बन्धी मुद्दा गर्नु पर्ने कारण कुन बेला, अवस्था देखि हुने ? मुद्दा गर्नु पर्ने कारण भएको ८ महिनाभित्र उजुर नालिस गर्नु पर्ने । म्याद बिषयको नागरिक अधिकार ऐन, २०२० को दफा २० (२) हेर्दा मुद्दा चलाउन पर्ने कारण भएको मितिले ८ महिना भित्र नालिस उजुर नगरे कुनै अदालतमा यस्तो मुद्दा चल्न सक्तैन भन्ने उल्लेख भएको । वादीको हातबाट १४।६।१० मा नै ट्याक्टर फिर्ता लिने कारवाई गर्नु पर्ने भएको । निज भिमार्जुनले मर्मत गर्दा लागेको भनेको खर्च नदिएसम्म फिर्ता नदिने भनी नदिएका र त्यसपछि वादीले ट्याक्टर फिर्ता लिने कारवाई कोशिस गर्दा गर्दै पनि धेरै दिन पछि मात्र ट्याक्टर हात परेको र सो ट्याक्टर हात पर्नु भन्दा अगावै ट्याक्टरको पाट पूर्जा भए नभएको कुरा यकिन हुन नसक्ने हुँदा ट्याक्टरको पाट पर्जामा समेत उजुर गर्न क्षतीपूर्तिको अंक यकिन हुन सक्ने । यो ट्याक्टर हात पर्नु भन्दा अगावै क्षतीपूर्तिमा मुद्दा गर्नु पर्ने अवस्था पनि नपर्ने हुनाले ट्याक्टर हात परेपछि नै मुद्दा गर्नु पर्ने कारण परेको हुनाले आफ्नो हात परे पछिमात्र नागरिक अधिकार ऐनको दफा २० को निमित्त मिति कायम गरी नालिस गरेको नमिलेको भन्न मिलेन । (प्रकरण नं.१३) (२) तेरो मेरो भनी झगडा उठेको बस्तु अदालतले कसैको जिम्मा लगाउनु अदालतको कर्तव्य । कारवाई चलेको अवधिको हर्जाना दिलाउन नमिल्ने । अदालतमा बस्तु माल ल्याउँदा नजाँची त्यसै अरुको जिम्मा दिएको भएपछि सो माल बस्तुमा यो पार्ट माल छैन भनी जिकिर दावी गर्न नमिल्ने । वादीले नै पुलिस मार्फत ठगी मुद्दा चलाएको कारणबाट कारवाईको सिलसिलामा ट्याक्टर अदालतमा दाखिला हुन गएको अड्डा दाखिला भए पछि मुद्दाको तेरो मेरोको किनारा नलागुन्जेल झगडा पर्न अएको बस्तु कसैको जिम्मा लगाई राख्नु पर्ने अदालतको कर्तव्य नै हुन आई सो अनुसार सुरेसराजलाई साबुत ट्याक्टर जिम्मा लगाएको र पछि वादीको बिन्तिपत्रमा भएका हुकुम प्रमांगी बमोजिम ट्याक्टर अदालतबाटै फिर्ता बुझी वादीको भाईलाई जिम्मा लगाएको र वादी तर्फबाट बुझी लिएको देखिन आएकोले वादविवाद उठी ट्याक्टर फिर्ता दिने बिषयको सिलसिलामा कारवाई चलाएको । सो अवधिको हर्जाना प्रतिवादीहरूले व्यहोर्न पर्छ भन्न कानूनसँगत नदेखिएको र ट्याक्टर अमिनीमा नाखिल हुँदा खोलखाल गरी पार्ट पूर्जा जाँच भएको नभई चल्ने ट्याक्टरसम्म सुरेसराजलाई जिम्मा लगाएको पछि नृपविक्रमलाई बुझाउँदा भएको मुचुल्कामा क्याटलक बमोजिमको पुर्जा भिडाउँदासम्म नपुगेको पाट पूर्जाको फाँटवारी लेखेको भएपछि चल्ने ट्याक्टर सावुतै नृपविक्रमले बुझेको हुनाले नपुग पार्ट पुर्जाहरू कुन बखतमा नभएको भन्ने कुरा कहिंबाट नखुलेको । पहिले अदालतमा दाखिल हुँदाका बखत जँचाएको भए मात्र ती कुराहरू यकिन हुने थियो । जाँच हुन नसकेकोले बेसाबुद भनी वादीले दावी गरेको मिलेको देखिएन । (प्रकरण नं.१४) (३) आफ्नो लेनामा ऐन कानून बमोजिम दावा गर्नु पर्ने लेना बाँकीमा कसैको माल बस्तु राख्न नपाइने । त्यस्तो राखेमा हुने हर्जाना दिनु