निर्णय नं. ३२१३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२१३ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०६/०५ २३५० निर्णय नं. ३२१३ ने.का.प. २०४४ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नं. २४०३ विषय : उत्प्रेषण । निवेदक :साविक भ.पु.जि.को हाल ल.पु.जि.टिकाथली गा.पं. वडा नं. ३ बस्ने माधव बुढाथोकी । विरुद्ध विपक्षी : निमित्त प्रबन्धक, ने.या.सं.ट्रलीबस सेवा कार्यालय बानेश्वर । नेपाल यातायात संस्थान,सन्चालक समिति । आदेश भएको मिति: ०४४।६।५।२ मा निर्णयलाई स्वीकार गरी नोकरीबाट हटेपछि नियममा व्यवस्था भए अनुसार प्राप्त हुने सुविधा बुझी उपभोग गरिसके पछि निर्णयबाट सुविधा उपभोग गर्न सुविधा हासिल हुने कारवाही मिलेन भन्ने निवेदकको हकमा आघात परेको भन्न नमिल्ने । (प्रकरण नं. १५) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी प्रत्यर्थी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया उल्लेखित मुद्दाःX आदेश न्या.महेशराम भक्त माथेमाः संविधानको धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा यसप्रकार छ । २. म निवेदक, ने.या.सं. द्वारा सञ्चालित ट्रली बस सेवाको कन्डक्टर तह २ पदमा काम गरी आएको छु । मैले निरन्तर रुपमा आफ्नो जिम्मेवारीको काम इमान्दारीपूर्वक गरी आएको थिएँ । मेरो परीक्षणकाल समेत समाप्त भई स्थायी नियुक्ति गरिएको छ । ३. म निवेदकलाई मिति २०४१।२।१ देखि विना सूचना कार्यालयमा अनुपस्थित हुनुभएको भन्ने कारण देखाई आफूलाई जानकारी भएको परिपत्र र नियमलाई वास्ता नगरी बस्नु भएपछि मिति २०४१।५।१५ का दिन गोरखापत्रबाट प्रथम सूचना प्रकाशित भएका मितिले ३ दिनभित्र पत्रसाथ हाजिर हुन आउनु होला भनेपछि मात्र मिति २०४१।५।१७ का दिन आफू बिरामी भएको सूचना दिई बसेको भन्ने पत्र प्राप्त हुन आएकोले तपाई माथि विभागीय कारवाही किन नगर्ने भनी २०४१।५।२२ मा र पहिलोपटक दिएको स्पष्टीकरण सन्तोषजनक नभएको भनी दोश्रो पटक २०४१।६।२ मा स्पष्टीकरण माग गर्नु भयो । ४. म आफैं बिरामी भई ज्येष्ठ महिनामा मैले ट्राफिक शाखामा बिरामी भएको सूचना दिएको थिएँ, तर दर्ता भएन छ, बिरामी हुने कुराको पूर्वज्ञान हुन सक्दैन, संस्थानको विकास प्रगति र उन्नति सदैव चाहने उद्देश्य रहेको छ भनी मैले स्पष्टीकरण पेश गरेको थिएँ, तर संस्थानबाट मलाई मिति ०४१।२।१ देखि भविष्यमा संस्थानको नोकरीको लागि अयोग्य नठहरिने गरी कन्डक्टर तह २ को सेवाबाट हटाइएको व्यहोरा सूचीत गरिन्छ भनी २०४१।६।५ मा बर्खास्त गरियो । ५. सो निर्णय आदेश उपर मैले सञ्चालक समितिमा पुनरावेदन गर्दा सञ्चालक समिति ने.या.सं.ले उपदान संचित घर विदा तथा औषधि उपचारको बाँकी रकम नोकरीबाट अलग भएपछि प्राप्त गर्न सकिने भन्ने सो सम्बन्धी सूचीत आदेश तथा नियममा व्यवस्था भएको र नोकरीबाट हटाइएको कुरा स्वीकार गरी पुनरावेदन दिनु भन्दा अगावै संचित विदा उपदान तथा औषधि उपचारको बाँकी रकम समेतको चेक बुझी लिई उपभोग गरिसकेकोले तपाइको पुनरावेदनमा कारवाही गर्नु नपर्ने भनी २०४२।१०।२७ मा बसेको ने.या.संं समितिको बैठकबाट निर्णय भएको भनी मिति २०४२।११।१३ को पत्रबाट उल्लेख भइआएकोले जानकारीको लागि सूचीत गरिन्छ भनी २०४२।१२।६ मा लेखिएको पत्र मैले २०४२।१२।१४ मा पाएकोले थाहा पाई यस अदालतको असाधारण अधिकार क्षेत्र गुहार्न आएको छु । ६. प्रथमतः मलाई अवकास दिँदा २०४१।६।५ मा पत्र दिई २०४१।२।१ देखि लागू हुने गरी भूतलक्ष