निर्णय नं. २९७ - लिखत पास
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९७ - लिखत पास भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०१२/१०/२० २५५६ निर्णय नं.२९७ ने. का.प २०२२ फुल बेञ्च प्रधान न्यानायधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय न्यायाधीश श्री बाशुदेव शर्मा दे.फु.नं.२२९ निबेदेक, वादी : पं.सोमनाथ विरुद्ध विपक्षी, प्रतिवादी : कोमलकुमारी शाह मुद्दा : लिखत पास (१) रजिष्ट्रेशनको ५ नं.– जुनसुकै व्यहोराका कागज पनि पास हुन सक्ने । लिखतको प्रथम शर्त मुद्दामा मेरो जीत भई अन्तिम किनारा लागे पछि मात्र दिने भन्ने कुराको शर्त लेखिएकोबाट मुद्दामा जीत भए मात्र पाउने हार हुन गएमा पनि पाउने भन्ने नलेखिएकोबाट दुवै अवस्था उत्पन्न हुन सक्ने भई शेषपछिको बकसपत्र जस्तो निश्चित शर्त भएको भन्न नमिल्नेमा पनि शेषपछिको बकसपत्रमा हक प्राप्त हुने समय तर्फ मात्र शर्त जस्तो हुने लिखत ऐन बमोजिम पास हुने तर्फ केही बाधा उत्पन्न हुने शर्त रहेको पाइदैन । तर यस लिखतमा सो मुद्दा हाल सर्वोच्च अदालतमा दायर हुनाले सो किनारा लागेपछि मात्र पास गरी दिने छु भनी दोश्रो शर्त रहेको पनि देखिन्छ । त्यसबाट डिभिजन बेञ्चको फैसलामा उल्लेख भए बमोजिम उसै दिन वा मुद्दाको अन्तिम फैसला नभएमा ६ महिना भित्र पनि पास गरी दिने इच्छादाताको नभई अनिश्चित देखिएको हुनाले समेत सोही कागजबाट नै हक प्राप्त भई हाल्ने भन्ने देखिन नआएको र वादी दावीको लिखत शर्तनामा कायम गरी पास गर्ने ठहराए तर्फमा प्रतिवादीको निवेदनबाट दोहरिएको पनि देखिन नआएकाले समेत रजिष्ट्रेशन का ५ नं. का ऐनले अरु बेबहारको समेत जुनसुकै कागज पत्र पनि पास हुन सक्ने हुनाले लिखतमा लेखिएको बोलीबाट अर्को बकसपत्र लेखिदिनु पर्ने नै भन्नु पर्ने हुनाले सो लिखतपास हुने ठर्हछ । (प्रकरण नं.१२) निवेदक, वादी तर्फबाट : एडभोकेट कृष्णप्रसाद भण्डारी, एडभोकेट कुसुुम श्रेष्ठ प्रतिवादी तर्फबाट : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा, एडभोकेट कृष्णप्रसाद घिमिरे फैसला १. यसमा बिराटनगरको जग्गा जिमिदारी सिद्धिपुर ईटहरीको मुद्दा छिनिएपछि पास गरिदिने गरी नम्बरी विगाहा १४।।३। र सोही जग्गामा बनेको पक्की १ तले घर भान्सा घर समेत र बगैचा लगापात समेत मुद्दा बिषयको र भईपरी आएको काम गरी दिए वापत भनी ०१५।७।२१ मा लेखिदिनु भएको बकसपत्र पास गरी नदिएकोले पास गरी पाउन भन्ने समेत वादी । २. वादीले दावी गरेको कागज शर्तनामा मात्र भई हक छोडी दिई नसकेको ऐन विरुद्ध हुनाले पास हुनै नसक्ने मुद्दाहरूमा वारिस वसी देउ भन्दा पनि वसी दिएन अरु काम कारवाई गरी दिएको पनि छैन । बुबासँग झगडा परी रहेको मुद्दामा जम्मै काम गरी दिन्छु भनी कागज लेखाएको हुँ । काम केही नगरेकाले सो कागज फिर्ता देउ भन्दा च्याती सकेको छु भनेका थिए । सो दिन्छु भनेको घर जग्गा दिन मञ्जुर छैन भन्ने समेत प्रतिवादी । ३. लिखत हेर्दा मुद्दा बिषयको काम र भैपरी आएको काम समेत गरी दिएवापत बक्सिस लेखी दिँया भन्ने माथी र सर्वोच्च अदालतमा परेको मुद्दा किनारा लागेपछि पास गरी दिनेछु भन्ने व्यहोरा लेखिएको हुनाले त्यस्तो लिखतलाई शर्तनामा भन्न नमिल्ने र सर्वोच्च आलतको मुद्दा किनारा लागी सकेको फैसला नक्कल समेतबाट देखिएको हुनाले वादीलाई गरी दिएको बकसपत्र र रजिष्ट्रेशनका ३ नं.बमोजिम प्रतिवादीले पास गरी दिनै पर्ने ठर्हछ भन्ने समेत रा. का.ई.अ.दे.पै. को ०१७।१।९ को फैसला । ४. शर्तनामाको लिखत वादीले मबाट लेखाई लिएपनि हक छोडेको लिखत नभई मुद्दा जीत भएपछि दिने भन्ने श्रद्धाबाट अर्को हक छोडेको लिखत गराउनु पर्ने । ब