निर्णय नं. ३२१४ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२१४ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०६/२८ २२८८ निर्णय नं. ३२१४ ने.का.प. २०४४ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नं. २१२२ विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक :जि.पर्सा वीरगञ्ज न.पं. वडा नं. १३ आदर्शनगर बस्ने डा.गोपाल प्रसाद शाह । विरुद्ध विपक्षी: स्वास्थ्य मन्त्रालय, श्री ५ को सरकार, पञ्चायत प्लाजा, काठमाडौं । स्वास्थ्य सेवा विभाग,श्री ५ को सरकार,टेकू पचली,काठमडौं । आर्थिक प्रशासन शाखा,स्वास्थ्य सेवा विभाग,टेकू पचली काठमाडौं । कर्माचारी प्रशासन शाखा,स्वास्थ्य सेवा विभाग,श्री ५ को सरकार ,टेकू पचली ,काठमाडौं । आदेश भएको मिति: २०४४।६।२८।४ मा नि.से.नि. २०२१ को नियम १०.१६ बमोजिम तलब सुविधा प्राप्त गर्न सक्ने थरको र २०३९।९।८ को ऐन संशोधनबाट सो संशोधन हुनु अगावै भए गरेको कुरामा तलब सुविधा नपाउने भन्न मिल्दैन, ऐन संशोधन हुनु अगावैको हकमा निवेदकले कानुन बमोजिम प्राप्त गर्ने तलब सुविधाबाट वञ्चित गर्नु न्यायसंगत देखिँदैन, तर निजामती सेवा ऐन संशोधन भई ऐनको दफा १०क. थप भएपछि संशोधित व्यवस्था अनुसार हाजिर नभएको अवधिमा सेवामा पुनः स्थापित भए तापनि निजले कार्यालयमा उपस्थापित नभएको अवधिको तलब भत्ता वा सुविधा प्राप्त गर्न नसक्ने । (प्रकरण नं. १४) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना विपक्षी तर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री जीत बहादुर कार्की उल्लेखित मुद्दाःX आदेश न्या.महेशराम भक्त माथेमाः नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ । २. २०२० सालमा सरकारी सेवामा प्रवेश गरी स्वास्थ्य सेवा विभाग अन्तर्गत कार्यरत निवेदक द्वितीय श्रेणीको सिनियर मेडिकल अधिकृत भएकोमा, कानुनको रीत समेत नपुर्‍याई २०३३।४।१९ को निर्णयानुसार भनी श्री ५ को सरकारले नोकरीबाट बर्खास्त गरे उपर यसै अदालतबाट मिति २०३८।४।२५ मा विपक्षी स्वास्थ्य मन्त्रालय समेतका नाउँमा परमादेशको आदेश समेत जारी भई यथावत सेवामा बहाली तथा सेवा निरन्तरताको हक सुरक्षित गरिएको थियो । ३. मिति २०३८।५।५ मा निर्णयको नक्कल सहित स्वास्थ्य सेवा विभागका महानिर्देशकज्यू समक्ष हाजिर हुन पाउँ भन्ने व्यहोराको निवेदन दर्ता गराएको थिएँ । तत्काल हाजिर नगराइँदा अन्तिम पटक २०४०।१०।१ मा समेत गरी ताकेता निवेदनहरू दिँदा समेत विभागबाट हाजिर नगराइँदा श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विन्तिपत्र समेत चढाउँदै आएको थिएँ । ४. यसै बीच स्वास्थ्य सेवा विभागको प्रशासकीय अधिकृतज्यूको दस्तखत भएको मिति २०४१।२।४ को पत्रद्वारा श्री ५ को सरकार (मं.प) को मिति २०४१।१।२१ को निर्णयानुसार पदस्थापना गरिएकोले हाजिर हुन जानु भन्ने व्यहोराको जानकारी मिति २०४१।२।९ मा गराइएको २०४१।२।१४ मा उदयपुर अस्पतालको हाजिर कपिमा जनिएको छ । त्यसपछि विभागकै आदेशानुसार केन्द्रीय कारागार काठमाडौं र हाल रंगेली अस्पतालमा सेवारत रहेको छु । ५. उपरोक्त बमोजिम निवेदकलाई हाजिर गर्न सूचीत गराएको मिति पछि हाजिर नगरेको अवधिको तलब भत्ता पाउँ भन्ने बारे विभागसँग बारम्बार लिखित माग तथा अनुरोध गर्दै आएकोमा स्वास्थ्य सेवा विभाग, आर्थिक प्रशासन शाखाका बडालेखापालको दस्तखत भएको मिति २०४२।६।८ को पत्रद्वारा कर्