निर्णय नं. ३२१५ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२१५ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०६/२२ २८०० निर्णय नं. ३२१५ ने.का.प. २०४४ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रि.नं. १९५३ विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक : जि.सुनसरी सिंगिया गा.पं. वार्ड नं. ६ बस्ने राम प्रसाद घिमिरे विरुद्ध विपक्षी : सुनसरी जिल्ला अदालत, सुनसरी इनरुवा । ऐ.अदालत अ.जि.न्या.श्री उद्धव प्रसाद बास्कोटा । जि.सुनसरी धरान नगर पञ्चायत वार्ड नं.३ बस्ने विष्णु कुमारी श्रेष्ठ । आदेश भएको मिति: २०४४।६।२२।५ मा कानुन व्यवसायी नियमावली, २०२५ को नियम २८ ले आफ्नो व्यवसायको प्रतिकूल आचरण गरेमा जिल्ला न्यायाधीशले त्यस्तो प्रमाणपत्रवाला व्यवसायीको प्रमाणपत्र खारेज गर्न सक्ने व्यवस्था भएको पाइने । (प्रकरण नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री राजाराम कर्माचार्य प्रत्यर्थी तर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत उल्लेखित मुद्दाःX आदेश न्या.हरिहरलाल राजभण्डारीः नेपालको संविधान, २०१९ अन्तर्गत परी निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ । २. विपक्षीको नाउँ दर्ता हकको जि.सुनसरी सिंगिया गा.पं.वार्ड नं.६(ग) कि.नं.६ को ३–४–१७½ ज.वि.विपक्षीको नामबाट कीर्ते वारिशनामा खडा गरी, कीर्ते मन्जूरनामा पास गरी मिलापत्र मैले गरेको भनी मेरो विरुद्ध कानुनी कारवाही गरिपाउँ भन्ने व्यहोरा दर्शाई विपक्षी नं. ३ ले विपक्षी नं. १ समक्ष निवेदन गरेकी । बिन्तिपत्रद्वारा म्याद थामी आफ्नो यथार्थता दर्शाई आफूले कीर्ते नगरेको लिखित जवाफ प्रस्तुत गरेको थिएँ । विपक्षी नं.१ का अ.जि.न्या.उद्धवप्रसाद बास्कोटाबाट मिति २०४२।३।३२ मा कानुनी लेखापढी गर्न पाएको हकबाट वञ्चित गर्ने निर्णय गरियो । ३. विपक्षी नं. ३ को नाउँमा विवादित जग्गा कायम रहेको होइन । तथ्यको यस परिप्रेक्षमा जग्गाको कीर्ते सम्बन्धमा यकीन निर्णय अदालती कारवाही गरिने कुरा यथावत रहेकै अवस्थामा कसूर गरेको कुराको निर्णय भई नसकी मुद्दा पर्नासाथ सजायँ गरिएको निर्णयमा न्यायिक मनको अभाव समेत भएकोले उक्त निर्णय आदेश उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन । ४. यसमा विपक्षीहरूबाट लिखित जवाफ मगाई नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत सिंगल बेञ्जको आदेश । ५. कानुन व्यवसायी नियमावली, २०२५ को नियम २८ को व्यवस्थाले मुद्दाबाट निरोपण हुनु अघि मुद्दाम जे जस्तो निर्णय भए पनि लेखापढी गर्ने व्यक्तिले आफ्नो व्यवसायको प्रतिकूल आचरण गरे भन्ने अदालतलाई लागेमा ऐ.नियमले त्यस्तो लेखापढी गर्ने व्यक्तिलाई निजले पाएको प्रमाणपत्र खारेज गर्न सकिने नै हुँदा उक्त नियम अनुसार रिट निवेदकको लेखापढी गर्ने प्रमाणपत्र खारेज गरेको कानुनसंगत छ भन्ने समेत व्यहोराको प्रत्यर्थी उद्धवप्रसाद वास्कोटाको लिखित जवाफ । ६. यस अदालतका अ.जि.न्या.उद्धवप्रसाद बास्कोटाको इजलासबाट २०४२।२।३२ मा भएको आदेश यस अदालतबाट कार्यान्वयन भएकोमा त्यस सम्बन्धमा अ.जि.न्या.उद्धवप्रसाद बास्कोटाले आफ्नो व्यहोरा खुलाई लिखित जवाफ प्रस्तुत गरिसक्नु भएकोले कानुन बमोजिम हुन अनुरोध छ भन्ने समेत प्रत्यर्थी सुनसरी जिल्ला अदालतको लिखित जवाफ । ७. यसमा जानुकादेवी खड्काले निवेदक राम प्रसाद घिमिरे उपर सुनसरी जिल्ला अदालतमा फौ.नं.४६९