निर्णय नं. २९८ - ठगी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९८ - ठगी भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/०५/०१ ५९४२ निर्णय नं.२९८ ने.का.प.२०२२ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री बाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री मीनबहादुर बस्नेत क्षेत्री २०१९ सालको डिभिजन दे.फु.नं.२७३ निवेदक, प्रतिवादी : जमान सिं थापा क्षेत्री विरुद्ध वादी, रेस्पोण्डेण्ट : तिलकुमारी समेत मुद्दा : ठगी (१) साविकको मुलुकी ऐन रजिष्ट्रेशनको २३ नं.– दुवै पक्षलाई कागज पढी सुनाई मतलब सम्झाई सहिछाप गराउनु पर्ने । त्यस्तो रीत पुर्‍याई भए गरेको कागजलाई धेरै पछि आई झुक्याई गराएको भन्न नमिल्ने । लिने दिने दुवै थरलाई सो कागज स्पष्ट गरी पढी सुनाई यो कागजबाट यस्तो हुन्छ भन्ने मतलब समेत सम्झाई मात्र ऐन बमोजिम सहिछाप गराउनु भन्ने समेत उल्लेख भएको । सो बमोजिम अड्डाले रीत पुर्‍याई रजिष्ट्रेशन पास भएकोमा ९१ सालमा राजिनामा मितिले २१ बर्ष ९५ सालको राजिनामा मितिले १७ बर्ष पछि साहु र साक्षी मध्येका मानिसका नाउँमा ठगीको दावी लिई यो नालिस परेको र रजिष्ट्रेशनका हाकिम कारिन्दाहरू मिली झुक्याई रजिष्ट्रेशन पास गरे गराए भनी मौकैमा उजुर दिएको पनि नदेखिएकोबाट उक्त कानून बमोजिम रीत पुगी पास भए गरेको देखिन्छ । (प्रकरण नं.१५) निवेदक तर्फबाट : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा, प्लिडर नन्दी केशर विपक्षी तर्फबाट : सिनियर एडभोकेट कृष्णप्रसाद भण्डारी, एडभोकेट कृष्णप्रसाद घिमिरे फैसला १. ससुरा नैन सिं ८८ सालमा परलोक भई खसम चक्रबहादुर व्यहोसी भएको र म आईमाई छोरा नाबालक भएबाट जो परी आएको काम हर्षबहादुरले र तालुकी काम यो जमान सिंले गरी आएकोमा हर्षबहादुरलाई बिरोध गरी छुटाउन लगाई छोरा हिन्दूस्थान जाँदा इच्छापत्र समेत निजलाई दिएको । अमल डोल काकु भन्ने खेत मुरी १८ लक्ष्मीदासलाई ससुराकै पालामा डिक लेखी दिएको । सो जग्गा जमान सिंले कमाई अरु घरबारी म आफैंले कमाई आएकीमा मानकुमारी, तिलकुमारीका नाउँमा अन्यायवालाले नालिस गरेछ । म्याद हेर्दा तिल कुमारीले मबाट १०८९। लिई लिखत गरी जग्गा कमाएकोमा बाली भराई पाउँ भनी नालिस दिएकोमा बुझ्दा जग्गा जमिन पनि दर्ता गराई झुक्याई ठगी गरेको र लक्ष्मी दासलाई पनि जमान सिंले झुठ्ठा मुद्दा उठाई मलाई दुःख दिएको भनी फैसला नक्कल देखिई पटक–पटक झुठ्ठा मुद्दा उठाई आफुलाई सभ्य पारी कुनैमा प्रतिवादी दिन लगाई झुक्याई जग्गा दर्ता गरी कुनै बकसपत्रको भनी विजक दर्तामा जनाई जनाई अरु ४ कित्ता खेत मुरी ४०।१४ हाम्रो नाउँमा दर्ता कायम गराई ९१ सालको राजिनामा भन्नेका जग्गाको आयस्ताबाट माल बुझाएको हिसाब खुलाई बाँकी दिलाई दर्ता लिखत बदर गरी ठगी परेका सजाय गरी पाउँ भन्ने समेत वादी । २. ९१।७।९ गते चक्रबहादुर समेतसँग राजिनामा पास गराई लिएको र तिलकुमारीसँग ९५।३।२ मा घर सारमा र ९५।८।१४ मा का.प. मालमा गई रजिष्ट्रेशन पास समेत गरी फट्टा समेत राखी १०९९ मा राजिनामा गरी लिई भोग तिरो गरी लिई भोग तिरो गरी दर्ता समेतबाट हक भैसकेको कुरामा ठगी भनी दिएकोले नालिसै लाग्न नसक्ने भन्ने समेत जमान सिंको प्रतिवादी । ३. साहु असामिका रोहवरमा लेखिदिई अड्डामा समेत पास भएको साँचो हो । यो वादीलाई फकाई ठगी गरेको होइन भन्ने समेत धनबहादुर समेतको प्रतिवादी । ४. लक्ष्मीदासको बाली र तिराको हरहिसाब समेतको हकमा लक्ष्मी दासको उजुर नपरेको । किटानी उजुर नहुँदा अ.बं.१०६ नं. डं.स. ५३ ले खारेज हुने र जग्गा ठगीको हकमा लक्ष्मीदासलाई हर्षबहादुरले कबुलियत गरे