निर्णय नं. २९९ - ज्यान कर्तव्य

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९९ - ज्यान कर्तव्य भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/०५/११ ३५९५ निर्णय नं.२९९ ने.का.प.२०२२ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुरखत्री क्षेत्री न्यायाधीश श्री मिनबहादुर थापा क्षेत्री २०२२ सालको फौ.फु.न.७० अपीलाट, प्रतिवादी : कालु बुढा क्षेत्री विरुद्ध वादी, रेस्पोण्डेन्ट : दिलबहादुर राना क्षेत्री मुद्दा : ज्यान कर्तव्य (१) न्याय प्रशासन (विविध व्यवस्था) ऐन, २०१८ को दफा ८ को उपदफा २ को १ (ख) – धेरै प्रतिवादीहरू भएको मुद्दामा सबै प्रतिवादीहरूलाई रु.१०००। भन्दा बढी दण्ड वा १ बर्ष भन्दा बढी कैद भएको दामासाही गर्दा एक प्रतिवादीलाई रु.१०००। भन्दा कम दण्ड वा १ बर्ष भन्दा कम कैद पर्ने भएमा सजायको जम्मा अंक बर्षबाट नै हद माथीको भन्न नहुने । सर्वोच्च अदालतमा अपील लाग्न नसक्ने । धेरै प्रतिवादीहरू मिलि १००० रुपैंया भन्दा बढी दण्ड वा १ बर्ष भन्दा बढी कैदको एउटै सजाय हुने सामुहिक रुपको कसुर गरेका छन भने सो सजायको दामासाहीले १ जनाका हकमा १००० रुपैंया भन्दा घटी दण्ड १। बर्ष भन्दा घटी कैद भएको छ भने पनि त्यस्तो अवस्थामा र एकै मुद्दामा कसुर अनुसार कसैलाई १००० भन्दा बढी दण्ड १ बर्ष भन्दा बढि कैद, कसैलाई १००० भन्दा घटी दण्ड १ बर्ष भन्दा घटी कैद भएको छ भने त्यस्तो अवस्थामा समेत मुद्दाको रुपबाट अपील लाग्ने नलाग्ने कुराको बिचार गर्नु पर्ने हुन्छ । मुद्दाको बिभिन्न अभियुक्तहरू कसैलाई पनि निजहरूलाई छुट्टा छुट्टै सजाय हुने कसूरमा १००० भन्दा बढी दण्ड वा १ बर्ष भन्दा बढी कैदको सजाय गर्ने गरी फैसला भएको छैन भने यस्तो स्थितिमा धेरै जनालाई भएको सजायको जम्माबाट उक्त ऐनको हद माथी हुने भनी १००० भन्दा घटी कैदको दण्ड वा १ बर्ष भन्दा घटी कैदको सजाय पाएका व्यक्तिहरूको अपील लाग्ने भन्ने प्रश्न उठन सक्दैन (प्रकरण नं.८) (२) धेरै प्रतिवादीहरू भएको मुद्दामा कोही प्रतिवादी फरार रहेमा र हाजिर रहेका प्रतिवादीलाई कैद महिना ६ मात्रको सजाय तोकिएकोमा सो सजायको आधारबाटै अपील नलाग्ने भन्न नमिल्ने । मुद्दाको रुपबाट बिचार गर्नु पर्ने । २२ जना प्रतिवादीहरूले कुटपिट गरेका चोट पिरबाट पर्सेराना मरेको हुँदा कर्तव्यमा सजाय गरी पाउँ भनी निज कालुबुढा समेत उपर वादीले कर्तव्यमा उजुर गरेकोमा ज्यान सम्बन्धीको ७ नं.३ दफा बमोजिम कसूर ठहराई अपीलाट कालुबुढाका हकमा कैद महिना ६ मात्रको सजाय तोकि सल्यान जिल्ला अदालतबाट फैसला भएको भए पनि १ जना प्रतिवादी हेपलोपु फरार रहेको पक्राउ भएपछि निजका हकमा ऐन बमोजिम कारवाई हुँदा ठर्हन आउने कसुर अनुसार सजाय तोकि फैसला गर्ने काम बाँकी नै हुनाले हालै १ बर्ष भन्दा घटी कैदको सजाय हुने मुद्दा भन्न मिल्ने अवस्था पुगी सकेको नहुँदा प्रस्तुत मुद्दाको रुपबाट निज कालु बूढाको अपील नलाग्ने भन्ने मिल्ने देखिएन । तसर्थ, अपील लाग्ने ठहराई माननीय न्यायाधीश धनेन्द्रबहादुरले गर्नु भएको राय मुनासिव छ । (प्रकरण नं.९) फैसला १. सीमाना बागेश्वरीको थानमा ०१३ साल कार्तिक २० गते पुजा भई बेजुका गाना बजान समेत हुँदा के कारणबाट हो ? कृष्णबहादुर समेतका २२ जनले मर्ने पर्से राना नरबहादुरलाई लाठा ढुड्डाले हानी धेरै घा खत परेको चोट पिरले ऐ.२८ गते पर्से राना मरेकोले कसुरदार पत्ता लगाई सजाय गरी पाउँ भन्ने दिलबहादुरको उजुर बयान २. मर्ने पर्से रानासँग रिस ईवि थिएन । पर्सेलाई कसले चोट छोडेको हुन ? हुलमा नगएकोले थाहा छैन भन्ने समेत प्र.कृष्णबहादुर समेतको ईन्कारी बयान