निर्णय नं. ३२१६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२१६ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०३/०२ २५४२ निर्णय नं. ३२१६ ने.का.प. २०४४ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४३ सालको फौ.साधक नं.७७ मुद्दा : कर्तव्य ज्यान । वादी: भीमलाल समेतको जाहेरीले श्री ५ को सरकार । विरुद्ध प्रतिवादी: तनहूँ भिमाद गा.प. वडा नं. २ राङरुङ सिस्नेरिया एउटा घर र स्याङजा चिसापानी गा.पं.वडा नं. ६ बदहरे बस्ने हुमनाथ ढकाल । फैसला भएको मिति: २०४४।३।२।३ मा गर्दन वरिपरि काटिएको घाउ भएको र चोट पटकको कारणले धेरै रक्तश्राव भई Circulatory Failure को कारणबाट मृत्यु भएको हो भन्ने अस्पतालको लाश जाँचको रिपोर्टबाट देखिन्छ, मृतकलाई मार्नमा प्रयोग भएको हतियार आंसी प्र.ले मेरै हो भन्ने अदालतमा सनाखत गरेबाट निजको साविती बयान अन्य प्रमाणहरूबाट पुष्ट्याई भइरहेको देखिँदा पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब नै छ । (प्रकरण नं. १४) मारुँ भन्ने सम्मको रिसइवी रहे भएको र योजना बनाई हत्या गरिएको भन्ने मिसिल संलग्न प्रमाणबाट देखिँदैन, खेती पेशा गरी खाने मानिसले लगाई रहेको बाली नोक्सान हुँदा उत्तेजित हुनु अस्वभाविक हुँदैन, त्यस अवस्थामा मृतकले दिएको जवाफबाट अझ बढी उत्तेजित भई हातमा लिई रहेको आंसीले चोट छाडेको भन्ने देखिँदा ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद गर्दा सजाय चर्को पर्न जाने भएकोले अ.बं.१८८ नं. बमोजिम १० वर्ष कैद हुने । (प्रकरण नं. १४) फैसला न्या.प्रचण्डराज अनिल: पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला साधक सदरको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम रहेछ । २. मठै भण्डारी ०४१।२।३१ दोभान खेतमा बाख्रा चराउन गएकी रहिछन्, धानको विउ बाख्राले खाइदियो भनी आवेशमा आई हातमा भएको हँसियाले हुमनाथ ढकालले हानी काटेको थाहा पाएँ सोही दिन ४ बजे मृत्यु भएकोले जाहेर गर्न आएको छु । कानुन बमोजिम होस भन्ने समेत भीमलाल भण्डारीको जाहेरी दर्खास्त । ३. मेरी श्रीमती मठै भण्डारी ०४१।२।३१ गते दोभान भन्ने खेतमा गाई गोरु चराउन गएको ठाउँमा हुमनाथ ढकालले तेरा बाख्राले धानको वीउ खाई दियो भनी रिसाई चुल्ठोमा समाई हँसियाले हाने काटेको देखी रुदै कराउँदै केटाहरू गाउँमा आई म समेतका २ जना भई जाँदा बाँझो खेतमा मरणान्त अवस्थामा देखें । घरमा ल्याएको १ घण्टापछि मृत्यु भएकोले कानुन बमोजिम सजायँ होस् भन्ने घनश्याम भण्डारीको डोर मुकाम बडहरेमा प्राप्त भएको जाहेरी दर्खास्त । ४. मृतक मठै भण्डारीको लाश जाँच तथा घटना स्थलको प्रकृति मुचुल्का मिसिल सामेल रहेको । ५. ०४१।२।३१ गते मठैै भण्डारीलाई बाख्रा चराउन दोभान भन्ने खेतमा लगेकी निजको गाईले मेरो धानको विउ खाइदिएको तथा निजसँग पहिले देखि रिसइवी राखेकोले हातमा भएको हँसियाले पहिला चोट गर्धनमा पछि शरीरको विभिन्न ठाउँमा हाने काटेपछि निज लडिन्, हँसिया विउ बारीमा फाली भागेको हुँ । सोही दिन एक घण्टापछि निजको घरमै मृत्यु भएको सुनेको हुँ । हाने काटेको चोटको बेदनाको कारणले मृत्यु भएको हो । मतियार कोही छैनन् देखाइएको हँसिया मेरै हो भन्ने समेत प्र.हुमनाथ ढकालले प्रहरीमा गरेको साविती बयान कागज । ६. प्र.हुमनाथ ढकाललको घर खान तलासी लिंदा ज्यानसम्बन्धी अपराधको कुनै दशी प्रमाण नदेखिएको भन्ने समेत खान तलासी मुचुल्का । ७. ०४१।२।३१ गते मठै भण्डारीले गाई, बाख्रा चराउन दोभान खेतमा गएको अवस्था गाईले धानको विउ खाइदियो भनी हुम