निर्णय नं. ३२१७ - कुटपिट लुटपिट सम्बन्ध विच्छेद
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२१७ - कुटपिट लुटपिट सम्बन्ध विच्छेद भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०५/०१ २४५५ निर्णय नं. ३२१७ ने.का.प. २०४४ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको फौ.पु.नं. ५०७ मुद्दा : कुटपिट लुटपिट सम्बन्ध विच्छेद । पुनरावेदिका/वादी: कास्की जिल्ला पोखरा न.पं. वार्ड नं. १० रामघाट बस्ने इन्द्र कुमारी गुरुङ । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने तेज बहादुर गुरुङ । फैसला भएको मिति: २०४४।५।१।२ मा यिनै पुनरावेदक समेतको पुनरावेदन परेको विपक्षीले दिएको जारी मुद्दामा अझै यिनै पुनरावेदकलाई कृष्ण बहादुरले दावी बमोजिम जारी गरी लगेको ठहरी प.क्षे.अ.बाट भएको फैसला सदर भई ठहर भएकोबाट पुनरावेदकको प्रस्तुत सम्बन्ध विच्छेद गरिपाउँ भन्ने परेको फिराद बमोजिम पुनरावेदक र विपक्षीको बीच यो मुद्दा दायर हुँदाको अवस्थामा लोग्ने स्वास्नीको सम्बन्ध नै कायम रहेको भन्न नमिलेकोले यस्तो लोग्ने स्वास्नीको सम्बन्ध कायम नरहेको अवस्थामा माथि लेखि देखाइएका कारणहरूबाट पुनरावेदकको फिराद दावी बमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गरिपाउँ भन्ने दावी तर्फ निर्णय दिई रहनु पर्ने अवस्था रहन नआएकोले क्षेत्रीय अदालतले त्यसतर्फ निर्णय दिनु नपर्ने भनी गरेको ठहरमा कुनै त्रुटी देखिन नआउने । (प्रकरण नं. ११) घा जाँच फारामबाट घा चोट परेको र वारदात समेत भए गरेकै देखिन आएकोबाट पुनरावेदकलाई विपक्षीले कुटपिट गरेको ठहर्याएको इन्साफ प.क्षे.अ.को मनासिब ठहर्ने । (प्रकरण नं. ११) पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल विपक्षी,प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधान: पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१०।७।२ को फैसला उपर चित्त नबुझी वादी इन्द्रकुमारीको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्रदान भई इजलास समक्ष पेश भइआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. विपक्षीसँग २०२६ साल फागुनमा लोग्ने स्वास्नीको नाता भई २ छोराका जन्म भएको विपक्षले मलाई रात दिन कुटपिट कल झगडा गर्ने गरेकोले घरमा टिक्न नसकी २०३६ श्रावण २० गते माइत गई बसेकी बाराही मा.वि. पोखरामा शिक्षक भएका २०३७।२।१० का दिन पढाई समाप्त भई घर जान लाग्दा करीब ९.३० बजे मजुवा पेट्रोल टंकी अगाडि आइपुगे पछि उक्त ठाउँमा विपक्षीले नमारी छोड्दिन भनी हातमा लिएको फलामे छाताले र लात मुड्की घुस्सी समेतले कुटपिट गरेको सो पिरले लडेको अवस्थामा बाबु आमाले दिनु भएको सुन तोला १½ को सिक्री लुटपिट समेत गरेकाले सिक्रीको रु. ३,४५०।– विपक्षीबाट दिलाई मेरो र विपक्षीको लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गराई लोग्ने स्वास्नीको ४ नं. बमोजिम खान लाउन खर्च समेत भराई कुटपिट गरेमा कुटपिटका १०, ११, १३ नं. र दण्ड सजायँको १२ नं. बमोजिम सजायँ गरी कुटपिटको २५ नं.बमोजिम घा खर्च समेत दिलाई पाउँ भन्ने समेत इन्द्रकुमारी गुरुङको फिरादपत्र। ३. वादी र प्र.कृष्ण बहादुर गुरुङ २०३६।११।२८ देखि प्रकाशित रुपमा लोग्ने स्वास्नी भई पोइल लाने जाने गरेको थाहा पाई जारी धनमाल मुद्दा दिएको । कृष्ण बहादुर पृथ्वीनारायण क्याम्पसको प्रोफेसर भएको निजले इन्द्रकुमारीलाई मोटर साइकलमा राखी क्याम्पस लाने ल्याउने गर्ने गरेको र प्रेम प्रिती बसालेमा समेत निज कृष्ण बहादुरले प्रहरी निरीक्षक कार्यालयमा बयान गर्दा सावित भएको यी वादी र वादीको लोग्ने कृष्