निर्णय नं. ३२१८ - जारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२१८ - जारी भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०५/०१ २३७८ निर्णय नं. ३२१८ ने.का.प. २०४४ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको फौ.पु.नं. ५०६, ५०८ मुद्दा : जारी । पुनरावेदक/प्रतिवादी:कास्की पोखरा न.पं. वडा नं. १० राम बजार बस्ने कृष्ण बहादुर गुरुङ । ऐ.ऐ बस्ने ईन्द्र कुमारी गुरुङ। विरुद्ध विपक्षी/वादी: ऐ.ऐ. बस्ने तेजबहादुर गुरुङ फैसला भएको मिति: २०४४।५।१।२ मा पुनरावेदक इन्द्रकुमारी र कृष्ण बहादुर गुरुङको बीच खाली गुरु शिष्यको सम्बन्धमा मात्र सीमित रहेको नदेखिई कृष्ण बहादुरकै घरमा समेत आउने जाने, बस्ने, गरेको देखिन आएको र यिनै पुनरावेदक कृष्ण बहादुर उपर यिनै वादीले दिएको सार्वजनिक अपराध मुद्दामा प्रहरीमा कागज गर्दा पनि पुनरावेदक इन्द्रकुमारीसित लसपस भएको कुरा सम्ममा इन्कार गरी दुवै बीच प्रेम रहेको कुरा समेत स्वीकार गरेको देखिन आएको समेतबाट क्षेत्रीय अदालतले वादी दावी बमोजिम जारी गरेको ठहर्‍याएको मनासिबै ठहर्छ । (प्रकरण नं. १३) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल विपक्षी,वादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१०।५।२ को फैसला उपर चित्त नबुझी प्रतिवादीहरूको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्रदान भई इजलास समक्ष पेश भइआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. विपक्षी इन्द्रकुमारीसँग २०२६ साल मार्ग महिनामा जातको रीत परम्परा अनुसार विवाह गरी लोग्नेस्वास्नी भई बसेको २ छोरा पनि जायजन्म भएका र इन्द्रकुमारीले पढ्ने इच्छा गरी मेरो पनि पढाउने इच्छा भई पढाइएको अवस्था निज इन्द्रकुमारी विपक्षी कृष्ण बहादुरसँग सँगै क्याम्पस जाने पढ्ने गर्दागर्दै भित्र भित्र प्रेम गर्ने र इन्द्रकुमारीको साथमा हाँस ख्याल गर्दा रहेछन् । सो नियत नराम्रो लागी २०३१।२।२३ को दिन निजहरूलाई हटाउने उद्देश्यले सोद्धा कुटपिट गरेकोले कुटपिटमा फिराद दायर गरेकोमा कुटपिट गरेको ठहरी फैसला भएको छ । २०३६।११।२८ का दिन विपक्षी इन्द्रकुमारी र कृष्ण बहादुर प्रकाशित रुपमा लोग्नेस्वास्नी भई बसेको प्रमाणका मानिसहरूबाट सुनी थाहा पाएकोले धनमाल तर्फ छुट्टै नालेश गरेको छु । जारी गरी लाने जाने गरेमा विपक्षीहरूलाई जारीको ३ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेत तेजबहादुर गुरुङको फिरादपत्र । ३. वादी दावी बमोजिम म इन्द्रकुमारी धनमाल लिई कृष्ण बहादुरसँग दोश्रो पारि पोइल गएकी होइन । म इन्द्रकुमारी विपक्षीसँग लोग्नेस्वास्नी भएपछि २ छोरा जायजन्म भएका छन् । विपक्षीले मलाई सारै अन्याय कुटपिट गरेकोले २०३६ श्रावण २० गतेबाट माइती घरमा बसेकी कुटपिट गर्ने लोग्नेसंग लोग्ने स्वास्नीको सम्बन्ध कायम गरिरहनु भन्दा सम्बन्ध विच्छेद गर्नमा नै आफ्नो कल्याण सम्झी कुटपिट, लुटपिट सम्बन्ध विच्छेदमा फिराद गरेकी र प्र. मध्येको म, कृष्ण बहादुर म इन्द्रकुमारी बीच गुरु शिष्यको सम्बन्ध बाहेक लोग्ने स्वास्नी भएको होइन झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत प्र.कृष्ण बहादुर गुरुङ र प्र.इन्द्रकुमारी गुरुङ समेतको प्रतिउत्तरपत्र । ४. प्र.कृष्ण बहादुर र इन्द्रकुमारी लोग्नेस्वास्नी भई बसेको वादीले आँखाले नदेखेको सुनी थाहा पाएको भन्ने देखिएको साक्षीहरूले एउटै मोटर साइकलमा चढी हिंड्ने गरेको देखेको भए तापनि निजहरू बीच गुरु शिष्यको सम