निर्णय नं. ३०१ - हर्जाना दिलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०१ - हर्जाना दिलाई पाउँ भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/०३/११ ५४५० निर्णय नं.३०१ ने.का.प.२०२२ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री बाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री हेरम्ब राज २०२२ सालको दे.फु.नं.२९१ अपीलाट, वादी : द्रोण सम्शेर ज.ब.रा समेत विरुद्ध विपक्ष, प्रतिवादी : इण्डियन एयरलाइन्स कर्पोरेशन मुद्दा : हर्जाना दिलाई पाउँ (१) नागरिक अधिकार ऐन, ०१२ को दफा १७ – आघात भएका व्यक्तिले नै क्षतिपूर्तिमा दावा गर्न सक्ने । आघात व्यक्तिको मृत्यु भएमा हकवालाहरूले क्षतिपूर्तिको दावा गर्न नमिल्ने । यदि कसैको लापरवाही वा गलत कामबाट कसैलाई घातक चोट लागेमा त्यस्तो घातक चोट लगाउने व्यक्ति वा अधिकारीको विरुद्ध चल्न पाउने व्यक्तिको मृत्यु भएपछि जिवित हकवालाहरूले मृत व्यक्तिको हकमा दावी गर्न पाउने नपाउने के हो ? भन्ने तर्क उठ्छ । हकवालाहरूलाई मानसिक चिन्ता र पिर हुनु त स्वाभाविकै छ । तर मृत व्यक्तिको वापतमा हकवालालाई क्षतिपूर्ति दावी गर्न पाउने अधिकार उक्त नागरिक ऐनको दफा १७ ले दियो दिएन भनी हेर्दा आघात भएका व्यक्तिले क्षतिपूर्तिमा दावा गर्न पाउने उक्त दफाबाट देखिएको र आफ्नो नातेदार वा छोरा नातिको मृत्यु भएमा मृत्यु भएको व्यक्तिको हकमा पनि हकवालाहरूले क्षतिपूर्ति दावी गर्न पाउँछन् भन्ने अधिकार उक्त ऐनले दिएको देखिएन । (प्रकरण नं.२१) (२) कसैको गलत कामबाट कसैको मृत्यु भएमा सम्पत्ती चल बस्तु वा चिजमा बाहेक व्यक्तिगत अधिकार मृतकसाथै अन्त हुने । मर्नेको सम्पत्ती इत्यादि चल अचल बस्तु वा चिजमा बाहेक निज मृत्यु भएको व्यक्ति जिवित रहेमा निजले नै व्यक्तिगत रुपबाट चलाउन पाउने कारवाई अधिकार पनि मृतकको हकदारहरूमा सर्छ भन्न सकिदैंन । किनभने कसैको लापर्वाही वा गलत कामबाट कसैको मृत्यु हुन गएकोमा अन्यायी विरुद्ध कारवाई मुद्दा गर्ने व्यक्तिगत अधिकार पनि सो मृतक व्यक्तिको साथ साथै मर्छ । कुनै व्यक्ति मर्न गएकोमा ऐनमा प्रष्ट व्यवस्था भएमा बाहेक प्रत्यक्ष वा त्यसको परिणामको क्षतिपूर्तिमा दावी गर्न पाउने हक अरुलाई हुँदैन । (प्रकरण नं.२२) (३) मरेका व्यक्तिको वापतमा क्षतिपूर्ति बारे (क) पुरानो मुलुकी ऐन, सवारीको ७ नं.१ दफा, (ख) सवारी ऐन, २०२० को दफा ५(४१) (ग) रेल्वे ऐन, २०२२ को दफा ८, माथि (क) (ख) र (ग) मा मरेमा हकदारलाई कृया खर्च र चोटसम्म लागेमा घा खर्च भराउने व्यवस्था भएको । (घ) क्षतिपूर्ति ऐन, २०१९ को दफा ४ मा सम्पत्तीको क्षतिपूर्ति दिनेसम्म उल्लेख भएको। (ङ) नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ३१ मा मजदुरले काम गर्दा घा चोट अंगभंग भएमा वा मृत्यु भएमा परिवारले पाउने क्षतिपूर्तिको व्यवस्था गरिएको, (च) नागरिक अधिकार ऐन, २०१२ को दफा १७ ले मृत व्यक्तिका हकदारले दावी गर्न नसक्ने । मरेको व्यक्तिको वापतमा क्षतिपूर्ति गर्ने भराउने बारेमा के कस्तो व्यवस्था रहेछ भनी हेर्दा पुरानो मुलुकी ऐन सवारीको ७ नं.१ दफा र सवारी ऐन, ०२० को दफा ५४ को (१), रोलबे ऐन, ०२० को दफा ८ मा ज्यान मरेमा हकदारलाई कृया खर्च मात्र र ज्यान नमरी घाचोटसम्म लागेमा आघात परेका व्यक्तिलाई घाखर्च अवस्था अनुसार भराउने व्यवस्था भएको देखियो । क्षतिपूर्ति माग भएको प्रस्तुत मुद्दा हुनाले क्षतिपूर्ति ऐन, ०१९ हेरेमा सो ऐनको दफा ४ मा कुनै नेपाल कानून बमोजिम उन्मूलन भएको प्राप्त ग