निर्णय नं. ३२१९ - धनमाल
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२१९ - धनमाल भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०५/०१ २९२१ निर्णय नं. ३२१९ ने.का.प. २०४४ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको ६५९, ६६० मुद्दा : धनमाल । पुनरावेदक/प्रतिवादी: कास्की पोखरा न.पं. वडा नं. १० राम बजार बस्ने कृष्ण बहादुर गुरुङ । ऐ.ऐ बस्ने ईन्द्र कुमारी गुरुङ । विरुद्ध विपक्षी/वादी: ऐ. ऐ. बस्ने तेजबहादुर गुरुङ । फैसला भएको मिति: २०४४।५।१।२ मा वादीले आफ्नो स्वास्नी पुनरावेदकलाई जारी गरी लग्दाको अवस्था आफूले दिई राखेको धनमाल (गहना) समेत लिई गएको भनी देखाई दावी गरेकोमा प्रतिवादी पुनरावेदकले दावी बमोजिमका गहना दिन सक्ने वादीको औकात नै नभएको भनी दावी बमोजिमको धनमाल आफूलाई दिएको कुरामा इन्कार गरे पनि आफ्नो स्वास्नीलाई दावी बमोजिमको गहनासम्म पनि नदिएको होला भनी मान्न सकिने अवस्था नरहेको कुरा निज पुनरावेदकलाई विपक्षी कै सहयोगबाट पढाईको क्रम समेत जारी राख्न लगाएको भन्ने मिसिलबाट देखिन आएकोबाट पनि समर्थन भएका र अरु प.क्षे.अ.को फैसलामा उल्लेख भएका कुराहरूबाट समेत दावी बमोजिमको धनमाल भरी पाउने ठहर्याएको इन्साफ मनासिब ठहर्छ । (प्रकरण नं. १२) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल विपक्षी,वादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधान: पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१०।७।१ को फैसला उपर चित्त नबुझी प्रतिवादीहरूको पुनरावेदन गर्ने अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश भइआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ। २. २०२६ साल मार्गमा क.प.बुद्धि बहादुरको छोरी विपक्षी इन्द्रकुमारीसँग जातको रीत अनुसार विवाह भएको २ छोरा पनि भएको र विपक्षी इन्द्रकुमारी पढ्न जाने भई हाम्रो कमाइको बचत नगदी सुनका गहना धनमाल केही नहुने हाम्रो घरमा राख्दा चोरी नोक्सानी हुनसक्ने महशूस गरी दैनिक चलनका कपडा भाडा बाहेक नगदी धनमाल मूल्यवान चिज राख्ने बाकस ससुरा बाबुको घरमा राखेमा सुरक्षा हुने सल्लाह गरी नगद गहना धनमाल समेतको रु. २२,९००।– क.प. बुद्धि बहादुरका घर राखेको बाकसको ताला कुची इन्द्रकुमारीसँग रहन्थ्यो । इन्द्रकुमारी पढ्दैको अवस्था प्रोफेसर कृष्ण बहादुर गुरुङसँग प्रेम गरेर हाँस ख्याल ठट्टा गर्दा रहेछन् । दुई बच्चाको आमा परस्त्रीसँग हाँस ख्याल गर्न लाज लाग्दैन भन्दा २०३६।२।३ मा कुटपिट गरेको सो दिनदेखि इन्द्रकुमारी घरमा नआई माइतैमा बसेकी थिइन । २०३६।११।२८ गते इन्द्रकुमारी र कृष्ण बहादुर प्रकाशित रुपमा लोग्ने स्वास्नी भई जारीका कानुन विपरीत पुनः विवाह गरी घरमा भित्राई काठमाडौं तर्फ गएका थाहा पाएकोले मैले विपक्ष इन्द्रकुमारीलाई लगाउन दिएका गहना दिए गहनै नदिए कृष्ण बहादुर र इन्द्रकुमारीबाट सुन तोला १ को रु. २,०००।– ले तोला ३ को हुने रु. ६,०००।– सक्कली मुगा र यूँ समेतको माला १ को रु. १,१००।– अटोमेटिक घडी १ को रु. ६००।– समेत रु. ७,७००।– र विपक्षी क.प.बुद्धि बहादुर गुरुङबाट नगद रु. २२,९००।– समेत जम्मा रु. ३०,६००।– दिलाई भराई पाउँ भन्ने समेत तेजबहादुर गुरुङको फिरादपत्र । ३. निज वादी लेखिए बमोजिम धनमाल दिन सक्ने व्यक्ति होइनन् निज ज्यादै गरीब भएको कुरा निजैले इन्द्रकुमारीलाई लेखेको पत्रबाट प्रष्ट हुन्छ । लेखिए बमोजिमका गहना लगाउन मलाई दिएको होइनन् र म बुद्धि बहादुरलाई रु.२२,९००।– को धनमाल र रकम राख्न