निर्णय नं. ८८७४ - भ्रष्टाचार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८७४ - भ्रष्टाचार भाग: ५४ साल: २०६९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६९/०५/२८ ८६१७ ने.का.प. २०६९, अङ्क ८ निर्णय नं. ८८७४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री भरतराज उप्रेती माननीय न्यायाधीश श्री कमलनारायण दास मुद्दा नं.: २०६८–CF–०००९,००१०,००११ र ००१२ फैसला मितिः २०६९।५।२८ मुद्दा : भ्रष्टाचार । पुनरावेदक/प्रतिवादीः जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका, वडा नं. १६ बस्ने महेश चापागाई विरुद्ध प्रत्यर्थी/वादीः रोहिणीकुमारी उपाध्याय समेतको जाहेरीले नेपाल सरकार पुनरावेदक/प्रतिवादीः जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका, वडा नं. १६ बस्ने शकुन्तला चापागाईं विरुद्ध प्रत्यर्थी/वादीः रोहिणीकुमारी उपाध्याय समेतको जाहेरीले नेपाल सरकार पुनरावेदक/प्रतिवादीः जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका, वडा नं. ४ बस्ने गोपीकृष्ण पराजुली विरुद्ध प्रत्यर्थी/वादीः रोहिणीकुमारी उपाध्याय समेतको जाहेरीले नेपाल सरकार पुनरावेदक/प्रतिवादीः जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका, वडा नं. १५ बस्ने अशोकप्रताप राणा विरुद्ध प्रत्यर्थी/वादीः रोहिणीकुमारी उपाध्याय समेतको जाहेरीले नेपाल सरकार विशेष अदालतमा फैसला गर्ने : मा.न्या.श्री तपबहादुर मगर मा.न्या.श्री गोविन्दप्रसाद पराजुली मा.न्या.श्री भूपध्वज अधिकारी § दोहोरो खतराको सिद्धान्तले मूलतः उही व्यक्तिका विरुद्धमा उही कसूरमा पहिले नै कारवाही भई सजाय पाइसकेको वा सफाई पाइसकेको अवस्थालाई ईंगित गर्दछ । यस आधारमा यो सिद्धान्त पूर्व निर्णयसँग सम्बन्धित देखिन्छ । यो सिद्धान्त आकर्षित हुनका लागि मुख्य रुपमा सक्षम निकायबाट निर्णय भएको हुनुपर्ने, निर्णय अन्तिम भएको हुनुपर्ने र त्यस्तो निर्णय स्वच्छ समेत हुनुपर्ने । (प्रकरण नं.७) § अमुक कानूनी सिद्धान्तलाई आड बनाएर आपराधिक क्रिया गर्ने वा त्यस्तो क्रियामा संलग्न व्यक्तिलाई उन्मुक्ति दिने सोच आफैंमा कपटपूर्ण हुने । § आफू संलग्न आपराधिक क्रियाको यथार्थ बोध नगरी केबल अमुक कानूनी सिद्धान्तको आड लिएर आफ्नो दूषित मनसायअनुसारको क्रिया गर्ने प्रवृत्ति फौजदारी न्याय व्यवस्थाका लागि चुनौतीका रुपमा रहेको हुन्छ । त्यसैले त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नु पनि फौजदारी कानूनको उद्देश्य रहने । (प्रकरण नं.८) § दुबै मुद्दामा पीडित पक्ष फरक फरक रहेका छन् भने भ्रष्टाचार र ठगी मुद्दामा अपराधको प्रकृति र गम्भीरता, त्यसमा हुने सजाय र बिगो, पीडित पक्षलाई प्रदान गरिने उपचारमा पनि फरक फरक अवस्थाको विद्यमानता रहेको छ । दुबै मुद्दा सरकारवादी भै चल्ने भए पनि भ्रष्टाचार मुद्दामा भ्रष्टाचार निवारणसम्बन्धी कानूनी व्यवस्था आकर्षित हुन्छ भने ठगी मुद्दा, मुलुकी ऐन, ठगीको महलअन्तर्गत पर्ने । § दुई छुट्टाछुट्टै कानूनद्वारा परिभाषित अपराधअन्तर्गत पर्ने कसूरका हकमा ती छुट्टछुट्टै कानूनद्वारा तोकिएबमोजिम मुद्दा परिचालित हुने अवस्था भएमा दोहोरो खतराको सिद्धान्त लागू नहुने । § एउटै तथ्यबाट एक भन्दा बढी कसूर हुन सक्दछन् । यसरी समग्र तथ्य र सम्बद्ध कानूनी व्यवस्था र त्यसले प्रदान गर्ने उपचारको व्यवस्था समेतका आधारमा फरक फरक अवस्थालाई प्रतिनिधित्व गरेबाट भ्रष्टाचार मुद्दा र ठगी मुद्दालाई एउटै विषय मान्न नमिल्ने । (प्रकरण नं.१०) · कसैले कानूनद्वारा निषिद्ध आपराधिक कार्य गरेको अवस्थामा त्यस्तो कार्यलाई अलग–अलग कानूनले अलग–अलग अपराध मान्दछ भने त्यसलाई एउटै कसूर मानेर एउटा मात्र कानून