निर्णय नं. ३०३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/०२/३१ २५०० निर्णय नं.३०३ ने.का.प.२०२२ डिभिजन बेञ्च न्यायाधीश श्री स.इश्वरीराज मिश्र न्यायाधीश श्री हेरम्ब राज सम्वत् २०२१ सालको रीट नं.४२ निवेदक : भाष्कर शम्सेर ज.ब.रा विरुद्ध विपक्षी : म.स.गो.भु.सु.क. का सदस्य म.स.गो. का व.हा.धर्मबहादुर पहाडी क्षेत्री समेत मुद्दा : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) ऐनले निर्देश गरे बमोजिमको अदालतबाट हेरिने मुद्दा ऐनले निर्देश गरे बेगरैका अधिकारीले हेरे छिनेमा निर्णय कानूनसंगत नहुने । अनाधिकार निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिने । भूमीसम्बन्धी ऐनले स्वतः किसानको हक प्राप्त भएको भए पनि, पछि कुनै किसिमको झै झगडा नपरोस भन्ने मुरादबाट सुरक्षित किसानको लगतमा आफ्नो नाउँ दराउन चांहि त्यस किसिमको निवेदनबाट कारवाई हुनेमा मात्र उल्लेख गरिए बमोजिमको संयुक्त इजलासबाट उजुर सुनि निर्णय गर्न हुने उपरोक्त लेखिए बमोमिज सुरक्षित किसानको हक कायम गरी पाउँ र मोहीयानी हक बन्चित गरेमा सजाय गरी पाउँ भन्ने उजुरी भूमि सम्बन्धी ऐन, ०१४ को दफा १४ अन्तर्गत पर्न आइ सोही ऐनले निर्देश गरे बमोजिमकै अदालतबाट किनारा गर्नु पर्ने देखिनाले सो उजुरी सुनि वादीले मोहियानी हक पाउने ठहरेकोले सोबाट बन्चित गरी दिएमा भनी निवेदकलाई रु.१०० दण्ड समेत गरी निर्णय गरेको कानूनसंगत देखिएन । उल्लेख गरिए बमोजिम आफुले हेर्न अधिकार नभएको बिषयको उजुरी भनी म.स.गो.का बडाहाकिम म.मालको का.मु. सेक्सन अफिसरहरूले ०२१।५।१३।६ मा गरेको अनाधिकार निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । (प्रकरण नं.८) आदेश १. जि.म.प्र.म. मौजे सिसवा कटियाको जम्मा जग्गा विगाहा २।२।४ साल बसाल कर्ण शम्सेर ज.ब.रा.बाट मत हुँदा लिई आबाद गुजार गरी मन ।१५ बुझाई आएकोमा १६ सालमा जर्ता भएको मिन्हा नदिनु भई ०१७ सालमा मोहियानी हकबाट बन्चित गरी दिनु भएको हुँदा मोहियानी हक कायम गरी पाउँ भनी दिएको निवेदनमा कर्ण सम्शेर ज.ब.रा.समेतको बयानबाट जग्गा छोराहरूको भागमा परेकोले छोरा उपर दावी नभएको भनी खारेज गरियो । अघिल्लो मिसिल प्रमाण लगाई सुरक्षित किसानको हक कायम गरी पाउँ र मोहियानी हक बन्चित गरेमा सजाय गरी पाउँ भन्ने विपक्षी जूलमी मिया अन्सारीको उजुर निवेदन । २. ०१९।३।८ मा गोश्वराबाट भएको फैसला उपर अपील नगरको मैले र ज्योती सम्शेरले दिएको कबुलियत समेत पेश गर्न नसकेको । निजको उजुर झुठ्ठा देखिने भन्ने मेरो प्रतिवाद भएकोमा कर्ण सम्शेर ज.ब.रा. ले गरी दिएको कबुलियत र साल सालको बाली बुझाएको भरपाई समेतबाट जुलमि मिया अन्सारीले जग्गा कमाएको भुमि सम्बन्धी ऐन बमोजिम निजको मोहियानी हक कायम रहने ठहराई भूमि सम्बन्धि ऐन, ०१४ सालको (ख) अनुसार रु.१०० जरिवाना गर्ने गरी ०२१।५।१३।३ मा म.स.गो.भू.स. कमिटिबाट फैसला भयो । ३. भूमिसम्बन्धी ऐन दफा १८ ले उपरोक्त उजुरीमा न्यायिक निर्णय दिन विपक्षी भूमि कमिटिलाई अधिकार छैन । सो दफामा सुरक्षित किसानको हकको लगत राख्ने व्यवस्था गरेको हो । उपदफा १ र २ मा सुरक्षित किसानको लगत राख्ने कार्यविधि छ । उपदफा ३ को “प्राप्तीमा झै झगडा पर्न आएमा” वाक्यांश दफा १३।१४ को सन्दर्भमा हेरिएमा सुरक्षित किसानको लगत राख्दाको अवस्थामा सुरक्षित किसानमा दर्ता गरी पाउँ भन्ने उजुर वा धनीबाट सम्भावित वा प्रत्यक्ष निश्कासनको धम्कीको बचाउनको लागि आफूलाई सुरक्षित किसानको लगतमा दर्ता गराई पाउँ भन्ने उजुरी निवेदनमा मात्र सो दफा ३ अन्तर्गत भूम