निर्णय नं. ३२२० - डाँका ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२२० - डाँका । भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०५/०७ २५६८ निर्णय नं. ३२२० ने.का.प. २०४४ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको फौ.पु.नं. ४४९ मुद्दा : डाँका । पुनरावेदक/वादी: पेम्बा छेतरको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी: जि.भोजपुर भैसी पंखा गा.पं. वा.नं.२ डेलीखर्क बस्ने ध्यान बहादुर राई । ऐ.ऐ बस्ने जस प्रसाद राई । ऐ.कुलुंग अग्राखे गा.पं. वडा नं.२ घर भै हाल सा.नि.शाखा भोजपुरका ओ.सी मीन बहादुर थापा क्षेत्री । फैसला भएको मिति: २०४४।५।७।१ मा आफ्नो सावितीमा देखाए बमोजिम निजको घर खानतलासी गर्दा केही दसी नभेटिएको र निजका बाबु अभियुक्त मध्येको जसबहादुरले पनि आफूलाई छोराले सुन र रुपैयाँ दिएमा इन्कार रहेपनि घटनास्थलमा भेटिएको चप्पल र छाता मध्ये चप्पल आफ्नो हो भनी निज अभियुक्त ध्यान बहादुरले सनाखत गरेको भनी अधिकांश सरजमीनले लेखाई दिएकै कुरालाई अदालतमा आई बकपत्र गर्दा समेत स्वीकार गरी लेखाई दिएको देखिएबाट निज अभियुक्त ध्यान बहादुर सो वारदातमा नभएको भनी भन्न सकिने अवस्था नरहेको हुँदा खाली रीतपूर्वक सनाखत नगराएकै आधार लिई सफाई पाउने भन्न नमिल्ने । (प्रकरण नं. २१) पोल बाहेक अरु कुनै सबूदबाट चोरीको माल राखेकोमा र सो डाँकामा सरिक रहेको भन्ने नदेखिएबाट सफाई पाउने (प्रकरण नं. २१) पुनरावेदक, वादीतर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री जीत बहादुर कार्की विपक्षी,प्रतिवादी तर्फबाटःX उल्लिखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफमा सार्वजनिक महत्वको विषयमा प्रत्यक्ष गम्भीर कानुनी त्रुटिपूर्ण भएको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादी श्री ५ को सरकारको निवेदनमा अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. २०३८।४।५ गते बेलुका नचिनेका ४ जना मानिस मेरो घरमा आई बास बस्न र खाना समेत बनाई दिनुहोस् भनी भनेकाले भात पकाई खाई सकेपछि राती ८.३० बजेतिर म र मेरी श्रीमती समेतलाई बाँधी लडाई निजले लगाइराखेको माडवारी नौगेडी समेत बिगो रु.४३,०५०।– को धनमाल डाँका गरी लगेकोले कानुन बमोजिम निजहरू माथि कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०३८।४।७ को पेम्बाछतर शेर्पाको जाहेरी । ३. जाहेरी अनुरुपको धनमाल डाँका गरी लगेका हुन् भनी जाहेरवालाकी श्रीमतीले गरिदिएको कागज । ४. डाँकाको सुराक पत्ता लगाउँदै हिडिरहेको बखत डाँकाहरूमध्ये ध्यान बहादुर राई पनि एक हो भनी दालकी शेर्पेनीले देखाएको हुँदा पक्राउ गरी दाखिल गरेका छु भन्ने प्रहरी प्रतिवेदन । ५. २०३८।४।५ गतेको दिन म समेत ६ जना भई जाहेरीमा लेखिए अनुसारको धनमाल डाँका गरी बण्डा गर्दा मेरो भागमा रु. १,५००।– र ३ तोला सुन पर्नुको साथै घटनास्थलमा भेटिएको चप्पल मैले छाडी आएको हुँ, छाता विश्वनाथ लम्सालको हो भन्ने समेत व्यहोराको ध्यान बहादुर राईको प्रहरीमा बयान । ६. २०३८।४।१ गते हामी लोग्ने स्वास्नी माइती घर उर्बु गाउँमा गएको ऐ.४ गते फर्की आउँदा घरको ढोका बन्द गरी छोरा कता कता गएछन् ऐ.१५ गते मात्र घरमा आएको तर आफूसग कुनै किसिमको नगदी जिन्सी समेत नल्याएको भन्ने समेत व्यहोराको अभियुक्तकी आमा मैया राईले गरेको कागज । ७. जाहेरवालाको जाहेरी अनुसार डाँका भएको हो पक्राउ परेका ध्यान बहादुर राई, विश्वनाथ लम्साल, मान बहादुर, गंगा बहादुर, मीनबहादुर थापा, डम्बर बहाद