निर्णय नं. ३०४ - बाली बुझाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०४ - बाली बुझाई पाउँ भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/०७/०६ २९१४ निर्णय नं.३०४ ने.का.प.२०२२ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह २०२१ सालको पहिलो रिभिजन दे.फु.नं.२३७ निवेदक : चौ.डोर डण्ड जंग पराक्रम शाहा, का.ई.बसन्तपुर विरुद्ध वादी : भवानीदास श्रेष्ठ समेत, भ.पु.ई.वौडेलाछि टोल मुद्दा : बाली बुझाई पाउँ (१) राजगुठीको लक्षण – गुठीको कागजातमा कस्तो बोली परेकोलाई राजगुठी ठहर्‍याउनु पर्ने ? राजा वा रानीबाट देव देवतालाई यो काम गर्नु खानु भनी सनद लालमोहर गरी राखिएको गुठी श्री ५ को सरकार तर्फ गुठीको लगतमा दर्ता हुने श्री ५ स.त.गुठी जाँच अड्डालाई भएको सवालका ५५ दफाले व्यवस्था गरी राखेको र राजगुठी नभई यस अड्डामा दर्तै हुन नआउने भन्ने श्री ५ स.त.गुठी जाँच अड्डाबाट ०१३।९।१४।६ मा जवाफ दिएको समेत देखिन आयो । उक्त १८५९ साल भाद्र वदि ५ को लालमोहरमा “त्यस गुठीमा कदाचित दैवागत परी आए गुठियारले दरबारमा आइ भारदार मार्फत बिन्ति गरी लेखिए बमोजिमको सारजाम पुर्‍याउनु । भारादारले पनि गुठियारले बिन्ति गरेको सुनी यस फर्डमा लेखिएको सारजाम कति नघटाई नित्य नै नित्य पूजा चलाई दिनु भन्ने पनि उल्लेख भएको छ । यदि राजगुठी नभए दैबागत परेमा त्यस किसिम भारदार मार्फत सरकारमा बिन्ति गरी भारादारले सारजाम पुर्‍याइ पूजा चलाउनु पर्ने कुरा उक्त लाल मोहरमा उल्लेख हुनु पर्ने थिएन । स्वयं निवेदक, प्रतिवादीले नै आधार लिएको १९५० साल मिति मार्ग बदि ८ रोज ६ को सनदमै पनि “हाल बुझ्दा बिर्ता नै ठहरी राजगुठी ठहरेको” भन्ने र गुठी कचरीमा लगत राख्नु भन्ने बोली लेखिएको समेत पाइयो । (प्रकरण नं.११) (२) १९८० सालमा भक्तपुर सर्भे नापि हुँदा रैकर र श्री ५ को सरकार श्री ३ सरकार गुठी समेतको छुट्टा छुट्टै दर तोड भई यो श्री ५ को सरकार तर्फको राजगुठी हुँदा अबललाई रोपनी १ को धान मुरी १।१७।४, गहुँ पाथि ।५ नगदी १।८ का हिसाबले कुत ठेकिएको राजगुठी भन्ने कुरालाई निवेदक, वादीले स्वीकारै गरी यो मुद्दा पर्नु भन्दा अगाडिको कित बुझि लिने गर्नु भएको थियो भन्ने वादी तर्फका विद्वान एडभोकेटले बहसमा जिकिर लिनु भएको र उक्त सर्भे नापीले खडा गरेको ९१ सालको लगत नक्कल श्री ५ स.गु.ल. जा.बाट आइ मिसिल सामेल पेश समेत भईरहेको । त्यसतर्फ कुनै प्रतिवाद गर्न, राजगुठी होइन भन्ने तर्फ कुनै तथ्य जिकिर लिन त्यस कुराको सबूद प्रमाण देखाउन समेत निवेदक, वादी तर्फबाट सक्नु भएन । तसर्थ, उपरोक्त कारणहरूबाट उक्त नन्दिकेश्वर गुठी राजगुठी नै रहेछ भन्ने शिद्ध हुन आयो । (प्रकरण नं.१२) (३) सरकारको निर्णयको बिपरित गर्न पाउने कुनै ठोस प्रमाण देखाउन गुजार्न नसके सरकारको निर्णय बमोजिम नै हुन गर्नु पर्ने । आधावाली आधा नगदी तीर्नु पर्ने सर्कारको निर्णय भएकोमा अन्यथा कुराको सबुदको अभावमा सो नै बमोजिम गर्नु लिनु दिनु पर्ने । गुठीको बाली सबै जिन्सी लिन पाउने हो, होइन ? भन्ने तर्फ बिचार गरेमा सर्भेबाट छुट्टा छुट्टै दरतोड भैरहेको भक्तपुरको राजगुठीहरूमा माल सरह कुत कायम गर्ने र यस्ता गुठीको बाली आधि जिन्सि आधि नगदी लिने समेत निर्णय सदर भएको भन्ने मालपोत तथा वन मन्त्रालयले उपत्यका मालपोत नक्सारीलाई लेखेको ०११।६।१।६ को पत्र नक्कल र आधि जिन्सि आधि मोरु १। को धान पाथि ३।२ का दरले नगदी लिने सरकारबाट निर्णय भई राखेको भन्ने काठमाडौं गुठी तहसिलको ०१८।१२।२८ को जवाफ समेत मिसिल सामे