निर्णय नं. ३२२१ - ठगी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२२१ - ठगी भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०६/२८ २७५९ निर्णय नं. ३२२१ ने.का.प. २०४४ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको फौ.पु.नं. ५६० मुद्दा : ठगी । पुनरावेदक/वादी: बर्दिया झगडा गा.पं. वार्ड नं. ४ बस्ने उदय लाल शर्मा । विरुद्ध विपक्षी/प्रतिवादी: बर्दिया सानो श्री गा.पं. वार्ड नं. १ बस्ने गगन बहादुर बस्नेत फैसला भएको मिति: २०४४।६।२८।४ मा वादी लेखबाट प्रतिवादीको जिकिर बमोजिम वादीलाई जग्गा किन्न ठगीको १ नं. मा भएको व्यवस्था बमोजिम कुनै व्यहोरासँग गफलतमा पारेको देखिन नआई जग्गा छ लिने भए रु. १० हजार अहिले दिनुहोस् भनी भनेको भन्नेसम्म देखाएको एकपटक यति भनेको आधारमा जग्गा छ छैन कस्तो छ सो को यकीन गर्नु बेगरै भन्नासाथ वादीका साक्षीका रोहवरमा रु.१० हजारको रकम गनिदिएको होला भन्ने वादीकै साक्षीको बकपत्रबाट समेत भन्न सकिने अवस्था नरहेको र वादीका साक्षीको बकाई पनि विपक्षी तर्फको जिरहमा देखाए बमोजिम आपसमा फरक परेको देखिन आएको यस स्थितिमा प्रतिवादीका १ जना साक्षीले मात्रै भए पनि वारदातको समयमा वारदात स्थलमा नभई गुदरी बजारमा रहेको छ भनी देखाउँदा देखाउँदै पनि दावी बमोजिम ठगी गरेकै होला भनी निसन्देह रुपबाट भन्न सकिने अवस्था नदेखिएकोले इन्साफ म.प. क्षे.अ.को मनासिब ठहर्छ, वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं. १२) पुनरावेदक, वादीतर्फबाट:विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने र विद्वान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री अवधेश कुमार सिंह उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१०।२०।१ को फैसला उपर पुनरावेदन गर्ने अनुमतिको लागि पर्न आएको वादीको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश भइआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. म फिरादी २०३९ साल चैत्र २० गते आफ्नो पहाड घर सानो श्री गा.पं. वार्ड नं. ४ भएको बखत प्र.गगन बहादुर मेरो घरमा आई मेरो झगडा गाडी पञ्चायत वार्ड नं. ८ रगुबाबुरमा २–०–० जग्गा छ उक्त जग्गा मैले ३०,०००।– मा बिक्री गर्ने विचार गरेको छु लिने भए मलाई १०,०००।– अहिले दिनोस् बाँकी रु.२०,०००।– पछि लिई जग्गा पारीत गरी दिनेछु भनी १०,०००।– बुझिलिनु भएको थियो, पछि बुझ्दा निजको मगरा गा.पं.वार्ड नं. ८ मा जग्गा रहेनछ मेरो रुपैयाँ दिनुस् भन्दा कुनै जवाफ नदिएकोले मेरो ठगी गरिलिएको रु. १०,०००।– भराई सजायँ समेत गरिपाउँ भन्ने फिरादपत्र । ३. २०३९ साल चैत्र २० गते वादीको घरमा गएको र मेरो मगडा गाडी गा.पं. वार्ड नं.८ मा जग्गा छ बेच्न चाहान्छु रु. १०,०००।– दिनोस् भनी मागी लगेको समेत होइन । २०३२ साल माघ ११ गते मेरो घरमा चोरी भएको सो चोरी मुद्दामा वादीले सरजमीन बकेका र मबाट रु.४००।– खसी खान मागेका थिए । मैले नदिएको हुनाले झुठ्ठा बनावटी मुद्दा दिएका हुन भन्ने प्रतिउत्तरपत्र । ४. जग्गा खरीद गरी लिने दिने कुरामा जग्गा नहेरी कुनै लिखत कागजै नगराई वादीले प्रतिवादीलाई दश हजार रुपियाँ दिएको होलान् र प्रतिवादीले लिए भनी भन्न मिल्ने देखिएन वादी दावी पुग्ने ठहर्दैन भन्ने बर्दिया जिल्ला अदालतको फैसला । ५. शुरु बर्दिया जिल्ला अदालतको कानुनी त्रुटिपूर्ण फैसला बदर गरी वादी दावी बमोजिम हक इन्साफ गरिपाउँ भन्ने उदयलाल शर्माको पुनरावेदनपत्र । ६. प्रतिवादीले ठगी गरे भन्