निर्णय नं. ३०५ - लिखत पास
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०५ - लिखत पास भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/०३/१५ २३५७ निर्णय नं.३०५ ने.का.प.२०२२ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह २०२१ सालको डिभिजन दे.फु.नं.२७३ निवेदक : ल.पु.थेचो तननी टोल बस्ने रुद्रकुमार महर्जन विरुद्ध वादी : ल.पु.ई.थेचो कुटुझोल बस्ने काशीलाल महर्जन मुद्दा : लिखत पास (१) कारवाइ समय भित्रै गराउनु पर्ने । तोकिएको म्याद पछि अनिश्चितकाल लामो अवधि पछि रिभ्युको माग भएमा फैसला बमोजिम काम कार्यान्वित नगरी रोकि राख्न कुनै मनासिव कारण हुनु पर्ने । अदालत समक्ष पेस भई इन्साफ भईसकेको लिखत हराइ अधिकारी समक्ष दर्खास्त दिएकोमा पछि सो नै लिखतलाई नामाकरण गर्न न्यायोचित नहुने । रिभ्युको हरएक निवेदनपत्र दिंदा धरौटी अपीलबाट वा थुनावाबाट अपील गर्नेले सो फैसला भएको जनाउ पाएकाबाटाका म्याद बाहेक ३५ दिन भित्र र अरु रुजु रहनेले फैसला भएका ३५ दिन भित्र रु.२। का लिफा दस्तुर साथ दिनु पर्छ । तर यो नियम लागु हुनु भन्दा अघि सर्वोच्च अदालतबाट फैसला भएकोमा यो नियम लागू भएका ३५ दिन भित्र चाहिने दस्तुर साथ रिभ्यूको निवेदनपत्र दिन पाउँछ भन्ने उल्लेख भएको पाइयो । तर निवेदकले सो समय भित्रै रिभ्यू गरी पाउँ भनी निवेदन नदि, मिसिल सामेल रहेको तमसुक रोक्का गरी तुरुन्त जाँचि कैफियत पत्ता लगाइ पाउँभन्नेसम्म उल्लेख गरी १३ साल श्रावणमा निवेदन दिएको र त्यसपछि १४ साल फाल्गुणमा मात्र मुद्दा दोहर्याई पाउँ भनी निवेदन दिएको देखिन्छ । यि निवेदकले मौकैमा कानून र नियमले तोकिए बमोजिम रिभ्यु गरी पाउँ भनी निवेदनसम्म पनि दिन नसकेको त्यस्तो भएका फैसला अनुसारको काम कार्यान्वित नगरी सो लिखत रोकि राख्न र कुनै कारवाइ गर्न मनासिव नपर्ने । उसमा पनि सर्वोच्च अदालतबाट ०१३।४।१४ गते फैसला भईसकेपछि १४।२।२७ मा अर्थात अन्तिम फैसला भएको मितिले १० दस महिना पछि सो रु.२६०१। को लिखत काशिलालले फिर्ता लगेको देखिएबाट यि निवेदकले रिभ्यु गरी पाउँ भनी निवेदन दिई कारवाइ गर्ने समय भित्रै र फैसला भएपछि तत्काल लिखत फिर्ता लगेको पनि देखिन आएन । (प्रकरण नं.१८) (२) सर्वोच्च अदालतबाट अन्तिम फैसला भए पछि भिमलालले निखनी लिइ त्यसले पनि बासुदेवलाई ०१४।८।३ मा राजिनामा गरी दिइ सकेको देखिएको । ०८।५।२९।३ को रु.२६०१। लिखत ०१७।१२।२५ मा हराएकोले ल.पु. डि.यस.पि.अफिसमा दरखास्त दिएको छु भनी बासुदेवले ०१८ साल माघमा दरखास्त दिएको हुँदा सो लिखत यस बेञ्च समक्ष प्रस्तुत हुन नआएको र उक्त लिखत हेरी पास हुने ठहराई शुरु ल.पु.ई.अ.अपील दोश्रा सर्वोच्च अदालत सिंगलबेञ्चबाट लिखत पास हुने ठहराई फैसला भईसकेकोमा यो निवेदकको भनाईले मात्र सहछिाप काटि अर्को कागजमा टाँसेकै हो भनी भन्न ठहराउन नमिल्ने । (प्रकरण न.१९) निवेदक तर्फबाट : एडभोकेट कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : प्लिडर इच्छाहर्ष फैसला १. अन्यायीको दाजु रामदास महर्जनले ०८ साल भाद्र २९ गतेका म्याद भित्र पास गरी दिउँला भनी मसंग मोरु २६०१।कर्जा लिई नखु खोलाले छाडेको पट बाझो मोहि रामदासज्यापू तननी भनी ल.पु. माल अड्डामा दर्ता भएको खला नं.६३५ मौजे थेचो ८९ सालका नम्बरीमा दर्ता भएको माटो मुरी १४।१७।४ को साल १ को धान मुरी २।२।७ गहुँ ७।३।५ घ्यू रु.४४।२ समेत तिरो लागेको जग्गा राजिनामा दिएबाट भोग चलन गरी आएमा तमसुक पास गराउन नपाउँदै असामी रामदास मरेको । अपुताली रुद्रकुमारको हक हुन आएको पास गरी देउ भन्न जाँदा पास गर