निर्णय नं. ३२२२ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२२२ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०३/१७ २६१८ निर्णय नं. ३२२२ ने.का.प. २०४४ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४३ सालको रिट नं. २५३२ विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक : जि.लमजुङ चिती गा.पं. वडा नं. ४ बस्ने रामदत्त पाण्डे । विरुद्ध विपक्षी : ऐ. ऐ. बस्ने देव कुमारी पाण्डे । जिल्ला कार्यालय लम्जुङ । आदेश भएको मिति: २०४४।३।१७।४ मा मिलापत्र भनेको जग्गाको हक छाड्ने सम्बन्धको लिखत गराउने अधिकार जिल्ला कार्यालयलाई कानुनले प्रदान गरेको देखिँदैन, सो मिलापत्र भनेको कागजले हक दायित्वको सृजना हुन नसक्ने हुँदा जिल्ला कार्यालयमा भएको मिलापत्र कागज उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री रामजी विष्ट विपक्षी तर्फबाट : विद्वान उप-न्यायाधिवक्ता श्री बलराम के.सी. उल्लेखित मुद्दाःX आदेश न्या.रुद्र बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. म निवेदकको दुई श्रीमती मध्ये कान्छी विपक्षी देवकुमारीलाई अंश छुट्याई सो बमोजिम भोगचलन गर्दै आएका छन् । विपक्ष मध्येको देवकुमारीको के कस्तो निवेदन उजूरी सुनी जि.का.लमजुङले मलाई ०४३।२।२६ मा तारेख समेत तोकी आउनु भन्ने पत्र लेखेकोले जाँदा के कस्तो उजूर परी तारेख लगाइएको हो सो थाहै नदिई एक दिन प्रहरी थानामा थुनी मलाई अनुचित दबाब दिई थुन्ने चुट्ने पिट्ने धम्की कार्यालयका कर्मचारीले दिई ०४३।२।२८ गते दिनको १ बजेतिर नाउँ लेखिराखेको नेपाली र देशी कागजमा जोर जुलुम साथ ल्याप्चे दस्तखत गराई केही कागज विपक्ष मध्येकी देवकुमारीलाई दिई मलाई बाहिर निकाली दिए । सो के कस्तो मतलब निस्कने के कस्तो अंक अक्षर मिति, भएको इच्छाको विरुद्धको कागज जिल्ला कार्यालयबाट करकाप साथ मबाट गराइएको हो सोबाट भए गरेको काम कारवाही अनाधिकृत भई अ.बं.३५ ले बदरभागी हुँदा सो काम कारवाही बदर गरिपाउँ भन्ने रिट निवेदकको निवेदन जिकिर रहेछ । ३. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? लिखित जवाफ पठाउनु भन्ने समेत व्यहोराको यस अदालत सिंगल बेञ्जको मिति ०४३।३।१५ को आदेश । ४. देवकुमारी पाण्डेले आफ्ना पति रामदत्त पाण्डेले खान लाउन र अंश समेत नदिई कुटपिट गरी घरबाट निकाला गरेकोले म र नाबालख दुई छोरा समेतको गाँस बास तथा अंशबण्डा मिलाई उद्धार गरिपाउँ भन्ने समेत उजूरी गरेकोले यसमा के कस्तो भएको रहेछ भनी सम्बन्धित गा.पं. समेत बुझ्दा अदना महिला र नाबालख समेत भोक भोकै विहालत रहेका भन्ने बुझिन आएकोले निज रामदत्त पाण्डेलाई गा.पं. मार्फत बोलाउँदा नआएकोले यस कार्यालयबाट मिति ०४३।२।२६ मा झिकाई सोधपुछ गरी सम्झाउँदा अंश मिलाई मिलजुली गरी बस्ने कुरामा दुवै पक्ष मन्जूर भई मिति ०४३।२।२८ मा मिलापत्र पेश गरी तदनुरुप मिली बस्न मन्जूर गरी गएका हुन् यस कार्यालयबाट इच्छा विरुद्ध कुनै पनि कागज गराइएको छैन होइन निवेदकको माग बमोजिमको आदेश जारी हुन पर्ने नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको जिल्ला कार्यालय लमजुङको लिखित जवाफ । ५. निवेदकले मिति ०४१।१०।१५ मा मलाई अंश बापत केही जग्गा र घरको बदलामा धनसार र रु. ३,०००।– दिन्छु सर्भे नापी आउँदा मेरै नाममा दर्ता गराई दिन्छ