निर्णय नं. ३०७ - अंश लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०७ - अंश लिखत बदर भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/०९/१६ ३२३७ निर्णय नं.३०७ ने.का.प.२०२२ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट क्षेत्री न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री मिनबहादुर थापा क्षेत्री न्यायाधीश श्री लोकराज जोशी ०२१ सालको दे.फु.नं.२४६ निवेदक : का.ई.बसन्तपुर बस्ने कल्याण जङ्ग पराक्रम शाहा विरुद्ध प्रतिवादी : ऐ. बस्ने चौ.छत्र जंग पराक्रम शाहाको सकारवाला गंगादेवी शाहा समेत मुद्दा : अंश लिखत बदर (१) अंश दिन नपर्ने भन्ने कुराको सबुद प्रतिवादीले गुजार्न सक्नु पर्ने । सबुदको अभावमा अंश दिन नपर्ने भन्न नमिल्ने । बण्डापत्रमा जगतप्रकास जंग हर्षकुमारी २ जनाको मात्र छुट्याउने अरुको गोश्वरै राख्नु परी छुट्याई रहनु नपर्ने भन्ने प्रष्ट लेखिएको हुँदा त्यसबाट वादीको भाग छुट्टिएको र वादीले अंश पाएको भन्ने देखिंदैन । वादीले अंश पाईसकेको भन्ने अरु एका सबुद प्रमाण प्र.क्षेत्रजंगले दिन सकेको मिसिलबाट नदेखिएको हुनाले समेत वादीले अंश पाउने बाँकी नै देखिन्छ । (प्रकरण नं.२०) (२) वादीले अघि नै मानु छुट्टिएको भन्ने भएमा र प्रतिवादी समेतले फलाना सालमा मानु छुट्टिएको भन्ने भएमा अंश दाबीको अघिल्लो दिन देखि मात्र मानु छुट्टिएको भन्न नमिल्ने । अघिल्लो मितिनै कायम गर्नु पर्ने । वादीले पनि अघि देखिनै मानु छुट्टिएको भन्ने र अंश दिने बाबुले पनि अघिनै ०४।५ साल तिर छुट्याई दिएको भन्ने र त्यस्को अलावा साहुलाई ०१३ सालमा गरी दिएको पास भएको फार्छेमा यो छोरा वादी कल्याण जंगको घर भन्ने उल्लेख भएकोबाट पनि त्यो मिति भन्दा अगाडि नै छुट्टि बसेको देखिने भएकोले समेत जहाँसम्म यो बाबु र छोरको सम्बन्ध मानु छुट्टिएको मिति सम्बन्धी प्रश्न छ, त्यो बाबुले देखाएको खड्गनिसाना भएको मितिनै कायम गर्न मुनासिव देखिन्छ । त्यसो हुँदा तह तहका अदालतहरूबाट मानु छुट्टिएको मिति यो मुद्दा दायर भएको अघिल्लो दिन कायम गरी छिनेको मुनासिव देखिएन । (प्रकरण नं.२१) मानो छुट्टि बसेको व्यक्तिलाई सगोलमै रही फार्छे गरी दिएको भन्ने तथ्य कुन अवस्थामा खम्विर हुन नआउने । सगोलमै रही दिए लिएको भन्ने साहु बालकृष्णको भनाई तर्फलाई पनि ०१३ साल कार्तिक १६ गते पास भएको फार्छे पत्र हेर्दा दक्षिण साधमा जगत प्रकाश जंग कल्याण जंगको घर भन्ने लेखिएकोबाट सगोलमा रहेको भन्ने वादीलाई फेरी दक्षिण साधमा देखाइ कसरी लिखत भएको हो । सगोल भए त्यसो हुन नपर्ने । उसमा पनि साक्षी राख्दा ऋणिका एकघरका स्वास्नी गंगादेवी र छोरा मदन जंग भन्ने जनिई साक्षी रहे बसेको देखिएको साक्षीमा वादी रहे बसेको पनि नदेखिएको हुनाले मानु छुट्टि बसेको वादीलाई सगोलमै रही फार्छे गरी दिए लिएको भन्ने साहु बालकृष्णको भनाई आफ्नो लिखतबाट खम्बिर हुन नआएको हुनाले समेत हक लाग्ने घर वादीको मन्जुरी बेगर फार्छे गरी दिए लिएको देखियो । (प्रकरण नं.२२) निवेदक तर्फबाट : एडभोकेट सर्वज्ञरत्न विपक्षी तर्फबाट : एडभोकेट कृष्णप्रसाद घिमिरे । फैसला १. बुबा चौ.छेत्र जंगको जेठी रानीतर्फ दाईज्यू दिदी, बैनी सेवक समेत जवान ४ जन्म भई मुमा परलोक भए पछि भुवन बिक्रम राणाको छोरी विवाह गर्नु भयो । कान्छी मुमा तर्फ २ छोरी जन्म भई कान्छि मुमा परलोक भयो । केटी हर्षकुमारी भित्रीनी तर्फ २ छोरी जन्मे पछि केटी रेगजीना भित्रीनी तुल्याई निज तर्फबाट ४ छोरा १ छोरी जन्म भएकोमा निजको १ छोरा परलोक भएपछि भित्रीनी रेगजीनाको भनाईमा लागि ०६ साल आ