निर्णय नं. ३०८ - जिमिदारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०८ - जिमिदारी भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/१२/१२ ३९५९ निर्णय नं.३०८ ने.का.प.२०२२ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री बासुदेव शर्मा न्यायाधीश श्री मिनबहादुर थापा न्यायाधीश श्री लोकराज जोशी न्यायाधीश श्री सुरेन्द्रबहादुर बस्नेत ०१४ सालको पहिलो डिभिजन दे.फु.नं.४८ निबेदक, प्रतिवादी : सु.विश्वराज मिश्र विरुद्ध रेस्पोण्डेण्ट, वादी : परमहंस नारायण सिंह राजपुत मुद्दा : जिमिदारी (१) अधिकारसम्बन्धी प्रश्न अघिल्लो बेञ्चमा (पहिले) नउठाएमा पनि पछिको बेञ्चमा सो प्रश्न उठाउन नपाउने भन्न नमिल्ने । एक बेञ्चमा नउठाईएको प्रश्न अर्को बेञ्चमा उठाउन मिल्ने नै । श्री माननीय प्रधान न्यायाधीशले मात्र हेर्ने अथवा प्रधान न्यायालयबाट समेत हेर्ने बिषयमा र स्वतन्त्र न्यायालयको घोषण भएपछि श्री ५बाट मुद्दा दोहर्‍याउने प्रमांगी बक्सेको वैधानिक हो, होइन ? सो प्रमांगी ऐन कानूनको रीत पुगेको हो, होइन ? निर्णय गर्न फुल बेञ्चमा पेश गर्नु भन्ने ०१०।६।१५।५ मा प्रधान न्यायालय डिभिजन बेञ्चबाट आदेश भई फुल बेञ्चमा पेश हुँदा उक्त प्रश्नहरूको निर्णय साथ स्पेसल बेञ्चबाट हेर्ने गरी ०१०।८।१४।१ मा निर्णय भएको देखियो । त्यस बखत यो अधिकार सम्बन्धी प्रश्न उठाएको र त्यसमा निर्णय दिएको देखिएन । अघि फैसला भई मेरो हक कायम भईसकेको मुद्दा दोहर्‍याई हेर्न नहुने हेरियो भनी निवेदकले दिएका निवेदनहरूमा उल्लेख गरी रहेको त्यो प्रश्न उपर कुनै समय पनि निर्णय भएको नदेखिएको र प्रधान न्यायालय स्पेसल बेञ्चबाट निर्णय भएको इन्साफ दोहर्‍याई पाउँ भनी विश्वराजले चढाएको बिन्तिपत्रमा निजको मुद्दा दोहर्‍याई दिनु भन्ने ०१४।८।२६।१ मा हुकुमको प्रमांगी बक्स भई आएकोबाट स्पेसल बेञ्चको फैसला कानून बमोजिम न्यायपुर्ण तरिकाले भएको छ, छैन ? भनी निर्णय दिनु परेको प्रस्तुत मुद्दामा उपस्थित गरिएको ०७ साल अघि छिनिएको मुद्दा दोहर्‍याउने अधिकार सम्बन्धीत प्रश्नमा पनि निर्णय दिन मिल्न देखिन आएको छ । (प्रकरण न.३४) (२) २००७।११।७ को शाही घोषणा राजनैतिक अपराधमा जफत भएको सम्पत्ती फिर्ता दिने भन्ने समेत घोषणाको परिधिभित्र कस्तो जफत सम्पत्ती फिर्ता हुने अदालती कारवाईको सिलसिलाबाट मुद्दा चली अन्तिम निर्णय भइसकेको र मालपोत बाँकीमा लिलाम भएको सम्पत्ती राजनैतिक अभियोगमा जफत भएको सम्पत्ती फिर्ता दिने शाहि घोषणाको परिधि भित्र नपर्ने । ०७।११।७।१ मा श्री ५ महाराजाधिराजबाट प्रजातन्त्रको घोषण गरी बक्सादा, राजनैतिक अपराधमा परेकाहरू सवैलाई निजहरू ०७।१२।२०।२ अघि आफ्ना आफ्ना घर फर्कि शान्ति भए कामकाजमा लागे भने निजहरूलाई माफी र बिस्मृति दिने औ त्यस्ता अपराधमा जफत भएको निजहरूको जायजात निजहरूलाई फिर्ता दिने हाम्रो शाहि इच्छा छ, भन्ने समेत घोषणा गरी बक्सेको पाइयो । अघि छिनिएको भनेको मुद्दाको मिसिल हेर्दा, नघौं विर्ता डपोट गरी खाए भन्ने उजुर परेकोले झगडा परेको जग्गाको बाली रोक्का टेक नारायणसिं राजपूतले जिम्मा लिएको सो बाली अमिनिमा दाखिल गर्नु पर्ने, नगरेको समेत बारेमा नारानप्रसाद पाध्या समेतको उजुर परी सो मुद्दामा कं.रु.५४६१।।।–।।।२ टेक नारायण सिंहले हिनामिना गरेको ठहराई यो मुद्दा किनारा भई नछिनिएसम्म निज टेकनारायणको जायजेथा जग्गा जिमिदारी रोक्का राख्ने र जग्गा बाँकीमा पछि बुझी कारवाई गर्ने समेत ठहराई ९१।४।२५ सप्तरी गोश्वराबाट पर्चा गरे उपर निजको अपील परेकोमा हिनामिना गरेको बिगो केही घटी ठहराई अरु सदर गरी ०९१।११।१७ मा भारदारी द