निर्णय नं. ८८७५ - उत्प्रेषणयुक्त परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८७५ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ५४ साल: २०६९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६९/०४/२३ ३०४० ने.का.प. २०६९, अङ्क ८ निर्णय नं. ८८७५ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री भरतराज उप्रेती २०६५–WO–०५७० आदेश मितिः २०६९।४।२३।३ विषयः उत्प्रेषण परमादेश समेत । निवेदकः काठमाडौ जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.९ ओमसाई मार्ग घर नं.१०६/३२ घर भई नेपाल वायुसेवा निगममा सिनियर क्याप्टेन पदमा कार्यरत कुमारप्रसाद पोखरेल विरुद्ध विपक्षीः नेपाल वायुसेवा निगम के.का. समेत § आफ्नो राजीनामा स्वच्छ नियतले फिर्ता लिएको वा रद्ध गरेको वा सो गर्ने प्रयास नगरेको अवस्थामा सो राजीनामा यथास्थितिमा रहिरहेकोले जुनसुकै बेलापनि स्वीकृत हुन सक्ने । § राजीनामा दिएको केही निश्चित् अवधिभित्र राजीनामा स्वीकृत गर्नुपर्ने र नगरेमा सो राजीनामा आफैँ अस्तित्वहीन हुने अवस्था नभएकाले स्वीकृत गर्नुपर्ने कुनै निश्चित् मितिको किटान वा समयसीमाको निर्धारण नभएकोले व्यवस्थापनको इच्छानुसार जहिले पनि स्वीकृत गर्न मिल्ने । (प्रकरण नं.९) § स्वदेशको ध्वजावाहक एयरलाइन्सको स्थायी पाइलट (क्याप्टेन) ले लुकेर विदेशको एयरलाइन्समा सेवा दिनु, त्यहाँ काम गर्नु निजको पदीय आचरण र नैतिकता विपरीतको कार्य हो । नेपाल वायुसेवा निगमको कर्मचारी सेवा शर्त विनियमावली, २०५८ को पनि विपरीत हो । यस्तो गैरकानूनी काम गर्नेले संविधानबमोजिमको मौलिक हकको प्रचलनको दावी गर्नु कानून र समन्यायलगायत कुनै पनि मापदण्डबाट तर्कसंगत र औचित्यपूर्ण नहुने भएकाले यस्तो गलत प्रवृत्तिलाई न्यायिक संरक्षणबाट प्रोत्साहित गर्न नमिल्ने । (प्रकरण नं.११) निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ताहरू हरिहर दहाल, बद्रीबहादुर कार्की र अधिवक्ता श्री सतीशकृष्ण खरेल विपक्षी तर्फवाटः विद्वान अधिवक्ताहरू दिनमणि पौडेल र नरबहादुर खड्का अवलम्बित नजीरः सम्बद्ध कानूनः § नेपाल वायुसेवा निगमको कर्मचारी सेवा शर्त विनियमावली, २०५८ आदेश न्या.ताहिर अली अन्सारीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७ (२) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ :– निवेदक करीव २८ वर्षदेखि नेपाल वायुसेवा निगमको सेवामा प्रवेश गरी वरिष्ठ क्याप्टेन पदमा कार्यरत रहेको छु । विगतका केही वर्षमा नेपाल वायुसेवा निगममा विमानहरू घट्दै गएको र निवेदकले उडान गरी रहेका ठूला विमानहरू उडानको पालो धेरै कम मिल्ने भएको र निगमसँग निवेदक जस्ता पाइलटहरूको सख्या कार्यवोझको तुलानामा धेरै भएको हुनाले यो अवधिको सदुपयोग गर्नका लागि निवेदकले विद्यावारिधि गर्ने र सोका लागि निगमसँग विदाको माग गरेको थिएँ । तर मेरो अध्ययन विदाको विपक्षी निगमले कुनै वास्ता नगरेपछि म निवेदक आफ्नो सञ्चित विदावाट केही दिनको विदा समेत लिई आफनो पेशागत अनुसन्धान स्वत्प्रायोजित रुपमा गर्ने उद्देश्यले नेपाल बाहिर गएको थिएँ । थप समय राखी मैले अतिरिक्त विदा माग गरेकोमा मेरो पर्याप्त विदा सञ्चित रहदाँ रहदै पनि मेरो विदा स्वीकृत नगरी मलाई उपस्थित हुन नआएको अवस्थामा कारवाही गर्ने सूचना दिएपछि मिति २०६५।६।७ का दिन मैले आफ्नो चित्त नवुझेको कुरा उल्लेख गरी विना कुनै शर्त स्वीकार गरेमा मञ्जूर हुने गरी राजीनामा लेखी विपक्षी निगमको प्रवन्ध निर्देशकलाई सम्वोधन गरी दिएको थिएँ । तर मेरो उल्लिखित राजीनामा मलाई सनाखत गराउने वा स्वीकृत गर्ने कार्य भए