निर्णय नं. ३१९३ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१९३ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०८/०४ २८९३ निर्णय नं. ३१९३ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४४ सालको विन्तिपत्र नम्बर ४५ सम्वत् २०४४ सालको निवेदन नम्बर २९० मुद्दा : कर्तव्य ज्यान । विन्तिपत्रवाला/वादी: शशिकान्त झाको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी: जि.ध. ठेराकचुरी गा.पं. वडा नं. ७ बस्ने मकेरश्वरदास कथवनिया समेत । फैसला भएको मिति: २०४४।८।४।६ मा कुटपिटको वारदातमा नै प्रहरीले पक्राउ गरी थुनामा राखी छाडेको भन्ने नदेखिएको र त्यसो हैन भन्ने कुरा अभियुक्तले सर्वोच्च अदालतमा दिएको निवेदनको प्रकरण ३(ख) बाटै देखिनुको साथै अभियुक्तको प्रहरीमा मात्र कागज भएको भन्ने देखिएको स्थितिमा प्रहरीले अभियुक्तहरुलाई कुटपिट गरी सावित गराएको भन्ने कुरा सत्य तथ्य देखिन नआउने । (प्रकरण नं. ३) सरजमीनमा यति नै जना हुनुपर्छ भन्ने कानूनी व्यवस्था नभएसम्म ९ जना मात्र सरजमीनका व्यक्ति राखेको भनी सरजमीनलाई बदर गर्न नमिल्ने । (प्रकरण नं. ३) वादीतर्फबाट: विद्वान का.मु. उप-न्यायाधिवक्ता श्री गौरी बहादुर कार्की प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विद्वान अधिवक्ता श्री सुधिर श्रेष्ठ उल्लेखित मुद्दाःX फैसला १. धनुषा जिल्ला अदालतबाट थुनछेकको सिलसिलामा आदेश हुँदा प्रतिवादी मकेश्वरदास कथवनिया समेतलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश भएकोमा मध्यमाञ्चल क्षेत्रीय अदालतमा निवेदन परी धनुषा जिल्ला अदालतबाट भएको आदेश बदर गरी थुनछेकको हकमा समेत पुनः निर्णय गर्न आदेश हुँदा धनुषा जिल्ला अदालतले अ.बं. साविक ११८ को देहाय ४ बमोजिम रु. २,०००।– धरौटी लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने तथा पहिलाको सरजमीन बदर गरी अर्को सरजमीन गर्ने आदेश भएको । सो आदेश बेरीत भयो भनी जाहेरवालाले मध्यमाञ्चल क्षेत्रीय अदालतमा निवेदन दिँदा जाहेरी समेतका अन्य प्रमाणबाट कर्तव्यवाला हो भन्न सकिने परिबन्द पुगेको देखिँदा पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई अ.बं. ११८(३)(२) बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने तथा सरजमीन बदर गर्ने आदेश बदर गर्ने गरी २०४३।७।१४।६ मा भएको आदेश बेरीत भएकोले बदर गरिपाउँ भनी यस अदालतमा प्रतिवादी मकेश्वरले दिएको निवेदनमा भएका आदेशानुसार धनुषा जिल्ला अदालतबाट प्राप्त हुन आएको प्रतिवेदनको व्यहोरा समेत सर्वोच्च अदालत एक न्यायाधीशको इजलास समक्ष पेश हुँदा “प्रतिवादी मकेश्वरदास कथवनियाले प्रहरीमा भएको साविती कागजलाई प्रहरीले कुटपिट गरी कागज गराएको भनी अदालत समक्ष कसूरमा इन्कारी भई बयान गरेको पाइन्छ । सो कुरालाई प्रहरीले २०४२।८।१ गतेदेखि नै हिरासतमा लिएको र जुनकपुर अञ्चल अस्पतालबाट प्राप्त केश फाराममा देखाए अनुसार घाउखत समेत भएकोले प्रहरीमा भएको कागजलाई स्वेच्छाले भएको साविती भनी मान्न मिलेन प्रहरीबाट भएको सरजमीन मुचुल्का सरकारी मुद्दा सम्बन्धी नियमावली, २०१८ को नियम ४ को उपनियम (२) बमोजिमको रीत नपुग्नुको साथै ज्यान जस्तो मुद्दामा ९ जना व्यक्तिको मात्र उपस्थितिमा सरजमीन मुचुल्का भएको देखिएको हुँदा अन्य प्रमाणबाट कर्तव्यवाला हो भन्न सकिने परिबन्द पुगेको नदेखिएकोले जाहेरी दर्खास्त र प्रहरीमा बुझिएको कान्शाह समेतका व्यक्तिको कागजलाई मात्र आधार बनाई थुनामा राख्न पर्ने अवस्था विद्यमान भएको देखिएन । तसर्थ म