निर्णय नं. ३२२४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२२४ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०९/२३ ३९७५ निर्णय नं. ३२२४ ने.का.प. २०४४ अङ्क १० पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४३ सालको रिट पूर्ण इजलास नं.२९ विषय : उत्प्रेषण । निवेदक/विपक्षी : सञ्चालक समिति नेपाल बैंक लिमिटेड । नेपाल बैंक लिमिटेडका प्रबन्धक आनन्द भक्त राजभण्डारी । ललितपुर जिल्ला ललितपुर न.पं.वडा नं.७ पिन्छेटोल बस्ने पंचलाल महर्जन । विरुद्ध विपक्षी/रिट निवेदक: काठमाडौं जिल्ला काठमाडौं नगर पञ्चायत वडा नं. २१ यंगाल टोल बस्ने रघुनाथ अग्रवाल । आदेश भएको मिति: २०४४।९।२३।५ मा तिर्नु बुझाउनु पर्ने बाँकी रहेको रकम असूल उपर गर्नु पर्ने कारवाही समेत भई निजले तिर्नु बुझाउनु पर्ने रकम तिर्न बुझाउन नसकी निजले लिखत गरिदिएको घर जग्गा लिलाम भएको देखिन आएकोले अधिकार विहिन निकायबाट सो लिलामको कारवाही भएको भन्ने निवेदन जिकिर तर्कसम्मत नदेखिने । (प्रकरण नं. १६) लिखतद्वारा बैंकसँग लिएको ऋण तिर्ने कबूल गरी दृष्टिबन्धकको कागज निवेदकले गरी ऋण तिर्न कबूल गरिसकेको छ भने सो रकम असूल उपर गर्न पाउने हक लिखतको व्यहोराबाट पनि बैंकमा निहित रहेको मान्नु पर्ने हुन्छ, सो रकम कसरी असूल उपर गर्ने भन्ने प्रश्न कार्यविधि सम्बन्धी प्रश्न सम्म हुन आउँछ, यस्तो अवस्थामा लिलाम हुँदा बहाल रहेको कानुनी व्यवस्था अनुसार नेपाल बैंक लिमिटेडलाई लिखत गरिदिएको घर जग्गा समेतबाट सो बैंकले असूल उपर गरी लिनु पर्ने गरी दिएको लिखतको आधारमा सो घर जग्गाबाट लिलाम गरी लिन नमिल्ने भन्ने मिल्ने नदेखिने । (प्रकरण नं. १७) बाणिज्य बैंक ऐन, २०३१ अथवा नेपाल बैंक नियमावलीमा बैंकले लिलाम गर्दा लिलाम गर्ने सम्पत्तिको पञ्चकृति मोल कायम गर्नु पर्ने भन्ने कतै उल्लेख भएको देखिँदैन, अञ्चल तथा जिल्ला अदालत नियमावली, २०३४ को नियम ६८(६) मा भएको व्यवस्था अदालतबाट भएको कानुनी प्रक्रिया अनुसारको बिगो भराउनु पर्ने चलन चलाउनु पर्ने लिनु दिनु पर्ने कुरामा लागू हुनसक्ने । (प्रकरण नं. १८) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली तथा विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्चको ०४१।९।१७ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त मुद्दा दोहोर्‍याई दिनु भन्ने हुकुम प्रमाड्डी बक्स भइआए बमोजिम यस इजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. नेपाल बैंक लिमिटेडको भेडसिं शाखा तथा वीरगञ्ज सिटी अफिससँग २०२७ तथा २०२८ सालको विभिन्न मितिमा विविध किसिमको जिन्सी माल (कपडा) हरू सुरक्षण धितो राखी कर्जाहरू लिएको थिएँ । जस मध्ये केही चुक्ता भइसकेको र केही रकम बाँकी थियो । उक्त कर्जा लिंदा दिँदा राखेको सुरक्षण जिन्सी माल (विविध किसिमका कपडाहरू) तथा उक्त शाखाहरूमा सुरक्षण बापत राखेको थप जिन्सीमाल समेत क्रमशः मिति ०३१।१२।७ र मिति २०३१।९।२ मा बैंकका सो शाखाहरू आफैंले बिक्री समेत गरिसकेका छन् । बैंकसँग उक्त कर्जाहरू लिंदा दिँदा घरजग्गा सुरक्षण राखी कुनै