निर्णय नं. ३२२६ - परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२२६ - परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०९/१६ २०६२ निर्णय नं. ३२२६ ने.का.प. २०४४ अङ्क १० पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४३ सालको रि.पू.ई.नं.४८ विषय : परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक : मकवानपुर जिल्ला हटिया गाउँ पञ्चायत वडा नं.५ अवाले घर भई हेटौंडा कपडा उद्योग लिमिटेडका मजदूर टंकप्रसाद भट्ट । विरुद्ध विपक्षी: कार्यकारिणी निर्देशक हेटौंडा कपडा उद्योग लिमिटेड, हेटौंडा । आदेश भएको मिति: २०४४।९।१६।५ मा निवेदकलाई मिति २०३८।६।४ मा सेवाबाट बर्खास्त गरेको देखिन्छ, रिट निवेदकलाई सेवाबाट बर्खास्त गर्दाको अवस्थामा प्रस्तुत दफा ८ अर्थात् हाजिर नभएको अवस्थाको तलब भत्ता र सुविधा नपाउने भन्ने नियम आइसकेको देखिँदैन, मिति २०४०।३।६ मा मात्र थप भएको यो नियम ८ मिति ०४०।३।६ भन्दा अघिको अवस्थामा पनि लागू हुनसक्ने स्थिति भएन, अतः रिट निवेदक २०३८।६।४ मा सेवाबाट बर्खास्त भएको र निजलाई सेवाबाट बर्खास्त गरेको उक्त निर्णय समेत यसै अदालतबाट मिति ०४०।६।९।१ मा बदर भइसकेकोले रिट निवेदकलाई बर्खास्त गरेको मिति ०३८।६।४ देखि यो संशोधित नियमावली आउनु भन्दा अघिसम्मको तलब दिनु भनी विपक्षीको नाममा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. ११) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री किशोरकुमार अधिकारी उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरूको बीचमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम यस पूर्ण इजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. म निवेदक टंकप्रसाद भट्ट हेटौंडा कपडा उद्योग प्रा.लि. को अर्धदक्ष स्तरको स्थायी मजदुर हुँ । हेटौंडा कपडा उद्योग लि.का. कार्यकारिणी निर्देशकले नेपाल कारखाना तथा कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ को विपरीत मिति २०३८।६।४ का दिन बर्खास्त गरे उपर ना.अं. श्रम कार्यालयमा र श्रम विभाग समेतमा पुनरावेदन गरेकोमा इन्साफ पाउन सकिन । मिति २०३८।३।३० र २०३८।४।५ मा दिएको सामूहिक चेतावनी पहिलो नसिहत मान्न नमिल्दा निजलाई सोझै बर्खास्त गर्ने गरेको निर्णय बदर हुन्छ । कानुन बमोजिम गर्नु भन्ने परमादेशको आदेश समेत मेरो रिट निवेदन उपर मिति २०४०।६।९ मा सम्मानीत अदालतबाट जारी भएपछि २०४० साल मार्ग देखि म नियमति रुपले हाजिर भएको छु । मलाई गैरकानुनी रुपमा बर्खास्त गरेको कार्यवाहीलाई सम्मानीत अदालतको आदेशले बदर भएपछि मैले मिति २०३८।६।४ देखिको पाउनु पर्ने तलब भत्ता र सुविधा विपक्षी कार्यकारणी निर्देशकसँग माग गर्दै बारम्बार अनुरोध गर्दा भोलि पर्सी भन्दै आश्वासन दिई रहँदा निर्देशकज्यूको कुरामा अविश्वास गरी तुरुन्त प्रतिवाद गर्न समेत नमिल्दा र नियमानुसार पाउने उक्त तलब भत्ता र सुविधा समेत नदिने विपक्षीको दुरासय बुझेकोले निवेदकको बर्खास्त गैरकानुनी ठहर्‍याई यस सम्मानीत अदालतबाट परमादेश समेत जारी भइसकेपछि हेटौंडा कपडा उद्योगमा हाजिर भए पश्चात सेवा समेत अविछिन्न भए तापनि सो अवधिको सुविधाबाट निवेदक वञ्चित समेत रहेकोले सो अवधि भरको तलब भत्ता र सुविधा निवेदकलाई दिनु भन्ने विपक्षीका नाममा पर