निर्णय नं. ३२२७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२२७ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०५/२३ २१७२ निर्णय नं. ३२२७ ने.का.प. २०४४ अङ्क १० संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नम्बर २२५४ विषय : उत्प्रेषण । निवेदीका: जिल्ला रौतहट ब्रम्हपुरि गाउँ पञ्चायत वडा नं. १ बस्ने चन्द्रकला देवी राजपुतनी । विरुद्ध विपक्षी : भूमि सुधार कार्यालय, रौतहटका भूमि सुधार अधिकारी । जिल्ला रौतहट झुनखुनवा गाउँ पञ्चायत वडा नं.२ बस्ने अनुप महतो कहार । आदेश भएको मिति:२०४४।५।२३।३ मा मुलुकी ऐन, अ.बं.८५ नं. मा अड्डामा मुद्दा परी फैसला भएपछि सो फैसला उपर ऐन बमोजिमको अपील नभई सोही मुद्दामा उसै झगडियाका नामको फिरादपत्र लिई सुन्न हुँदैन लिएको भए पनि खारेज गरिदिनु पर्छ भन्ने उल्लेख भएको पाइन्छ, उक्त व्यवस्था अनुसार प्राङन्यायको सिद्धान्त आकर्षित हुनको लागि हक अधिकार प्राप्त व्यक्तिले मुद्दा दिई फैसला भएको हुनुपर्ने । (प्रकरण नं. ९) जग्गामा हकै नभएको भतिजाले लगत कट्टा गरिपाउँ भन्ने उजूरी गरी डिसमिस गराएकोबाट खास हकदार निवेदीकाको उजूर गर्न पाउने हक समाप्त भयो भन्न नमिल्ने । (प्रकरण नं. १०) निवेदीका तर्फबाट: विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस विपक्षी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदार प्रसाद शर्मा उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः भूमि सुधार कार्यालय, रौतहटको मिति २०४२।५।२५ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. निवेदीकाका पति स्व.जुगप्रसाद नाम दर्ताको जिल्ला रौतहट तत्कालीन मोतिपुरको ज.वि.०–१२–१९जग्गा राजधारी सिंहलाई २०१४ सालमा भोगबन्धकी दिएको निज भोगबन्धकीवाला साहूले विपक्षी मध्येका अनुप महतोलाई कमाउन दिएको थियो । भूमिसम्बन्धी ऐन लागू भएपछि उक्त भोगबन्धकी २०२३।११।४ मा फर्छ्र्योट गर्ने गरी भूमि सुधार कार्यालयबाट निर्णय भई जग्गा मैले नै कमाउँदै आएको भोगबन्धकी लगत कट्टा भएको सूचना २०३६।७।१२ मा प्राप्त भएको थियो । भोगबन्धकीवाला साहूले बटैयामा कमाउन दिएको अवस्था विपक्षीले मोहियानी कायम गराई लिएको मेरा पति जुगप्रसाद सिंह नाम दर्ताको हाल सर्भेको जि.रौतहट झुनखुनवा गा.पं. वडा नं. ५(ख) कि.नं.७७ ५६१ वडा नं. ५(ग) कि.नं.३३८ को जग्गाको विपक्षीले गराई लिएको गैरकानुनी मोहियानी लगत कट्टा गरिपाउँ भनी म निवेदीकाले भूमि सुधार कार्यालयमा निवेदन दिएको र भोगबन्धकी दिनु भन्दा पहिला देखि मोही भई कमाएको तथा यसै जग्गाका सम्बन्धमा वादीको लोग्नेले उजूर गरी तारीख छाडी डिसमिस गराएको भन्ने प्रतिउत्तरपत्र परी मिति २०४२।५।२५ मा अ.बं.८५ लगाई वादी दावी खारेज गर्ने गरी फैसला गर्नु भएको छ । ३. सर्वप्रथम अधिकारीज्यूले अ.बं. ८५ नं. को प्रतिकूल निर्णय गर्नु भएको छ । मैले वा मेरो पतिले उजूर नगरी मेरो पति जुगप्रसाद सिंहको हकमा भतिजोले उजूर गरेको भन्ने उल्लेख हुँदा अ.बं.८५ नं. को व्यवस्था प्रस्तुत मुद्दामा लाग्ने अवस्थै छैन, अघि पति जुगप्रसादको भतिजो महेन्द्रप्रसाद सिंहले उजूरी दिएको र उक्त मुद्दा २०४०।११।१ मा डिसमिस भएको देखिन्छ । सो उजूर नै गैरकानुनी र अ.बं.८२, ८३ नं.को प्रतिकूल छ । उक्त कानुनको प्रतिकूल गरेको उजूरीबाट मेरो हकमा प्रतिकूल असर पर्ने होइन । ऐन लागू हुनु भन्दा अघि नै भोगबन्धकीवाला साहूले कसै