निर्णय नं. ३२२९ - उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२२९ - उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०७/३० २१६३ निर्णय नं. ३२२९ ने.का.प. २०४४ अङ्क १० संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नम्बर १६०६ विषय : उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ । निवेदक : जिल्ला बर्दिया गाउँ पञ्चायत वडा नं. ७ दौलतपुर मौजे दौलतपुर बस्ने पार्वतीदेवी भट्ट। विरुद्ध विपक्षी : जिल्ला कार्यालय बर्दिया । जिल्ला बर्दिया अन्तर्गत राजापुर प्रहरी थाना । आदेश भएको मिति: २०४४।७।३०।२ मा रिट निवेदीकाको सम्पत्ति जफत हुने भन्ने कुुरा प्रत्यर्थीहरूको लिखित जवाफबाट देखिँदैन, खेमराजको सम्बन्धबाट रोक्का रहेको भन्नेसम्म छ । रिट निवेदीकाको छोरा खेमराजको सर्वस्व जफत हुने भन्ने देखिन्छ, निज खेमराजको सर्वस्व लिलाम हुँदाका अवस्था रिट निवेदीकाको हक हिस्सा छुट्याउनु पर्ने हुन्छ, सो अवस्थामा रिट निवेदीकाले अवस्थानुसार उजूर गरी बदर गराउन सक्ने । (प्रकरण नं. ११) रिट क्षेत्रबाट सबूद प्रमाणको मूल्यांकन गरी के कति भाग रिट निवेदीकाको र के कति भाग खेमराजको भनी छुट्याउन नमिल्ने । (प्रकरण नं. ११) निवेदीका तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह प्रत्यर्थी तर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री जितबहादुर कार्की उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ । २. मेरा पति भोजराज भट्ट २०४१ साल आश्विनमा स्वर्गे हुनु भयो । आफ्नो दाइजो पेवाबाट जग्गा जमीन बर्दिया जिल्लामा आर्जन गरी आएको छु । आफ्नो जग्गा कृषि विकास बैंकमा धितो राखी ऋण लिई मे.अं. १०५ नं. को बेलारस ट्रेक्टर २०३५ सालमा खरीद गरें । सो ट्रेक्टर कसैको हक हिस्सा नभई मेरो एकलौटी हो । मेरा भिन्न बसेको जेठा छोरा खेमराज भट्ट र म समेत आधी आधी साझेदारीमा खेमराज पार्वती राइस आयल मिल जिल्ला बर्दिया गाउँ पञ्चायत दौलतपुर वडा नं. ७ मा छ । सो मिललाई अबिलम्ब बन्द गरी लाहाछाप लगाई खबर गर्ने र निज वा निजको परिवार कसैको नामको ट्रेक्टर कागज ब्लूबुक भए तुरुन्त खिची थानामा राखी जाहेर गर्नु भन्ने जिल्ला कार्यालय बर्दियाको एस.एन. ५४४ नं.डि.टि.ओ. २७१३२० को एम.जि.आ.बा. आदेश थानामा प्राप्त हुन आएकोले राइस आयल मिल र ट्रेक्टर तथा सो को ब्लूबुक समेत जिम्मा दिई मिल बन्द गर्न दिन हुन सूचीत गरिन्छ । भनी निमित्त थाना इन्चार्ज प्र.स.नि. श्री टेकबहादुर थापाले सही गरी मलाई मिति २०४२।३।२७ गते पत्र बुझाई मेरो मिल बन्द गरी ट्रेक्टर र ट्रोली पनि थानामा लैजानु भयो । प्र.जि.अ. समेतलाई सोद्धा मिल बन्द हुने ट्रेक्टर ट्रोली जफत हुने कारण भन्न हुँदैन भनी जवाफ दिनु भयो । ३. जिल्ला कार्यालय बर्दिया प्रहरी थाना राजापुरको उक्त काम कारवाहीबाट नागरिक अधिकार ऐन, २०१२ को दफा ६ को उपदफा ६, ७ अन्तर्गतको कानुनी अधिकार तथा नेपालको संविधानको धारा १०, ११(२)(ङ) तथा १५ अन्तर्गतको संवैधानिक अधिकार हनन् भएकोले उत्प्रेषण उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी जिल्ला कार्यालय बर्दिया तथा प्रहरी थाना राजापुरको आदेशहरू बदर गरी मिल खोली ट्रेक्टर फिर्ता दिनु भन्ने परमादेश समेत जारी गरिपाउँ भन्ने निवेदन जिकिर । ४. विपक्षीबाट लिखित जवाफ लिई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिंगल बेञ्