निर्णय नं. ३२३० - उत्प्रेषणको आदेश वा जो चाहिने अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२३० - उत्प्रेषणको आदेश वा जो चाहिने अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०७/१५ २०७२ निर्णय नं. ३२३० ने.का.प. २०४४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४३ सालको रिट नं. २४८६ विषय : उत्प्रेषणको आदेश वा जो चाहिने अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक :जिल्ला खोटाङ (दिक्तेल)वाहती डांडा गा.पं.वडा नं.२ बढुवा घर भई हाल सिन्धुली जिल्ला लदाभिर गा.पं. वड नं. ९ बस्ने लक्ष्मण भन्ने गंगा बहादुर कार्की । ऐ.ऐ बस्ने नैन बहादुर कार्की । ऐ.ऐ बस्ने केशब कुमार कार्की । विरुद्ध विपक्षीः श्री खोटाङ माल कार्यालय खोटाङ,दिक्तेल । श्री मालपोत अधिकारी खोटाङ माल कार्तालय । जिल्ला खोटाङ वाहुनी डाडा गा.पं. वडा नं. ५ बस्ने जाहेरवाला ढक बहादुर कार्की । आदेश भएको मिति: २०४४।७।१५।१ मा सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ४(४) मा मुद्दा चलाउने श्री ५ को सरकारबाट स्वीकृत भएपछि सरकारी अभिवक्ताद्वारा मुद्दा दायर गर्नु पर्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाट : विद्वान उप-न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ उल्लेखित मुद्दाःX आदेश न्या.बब्बर प्रसाद सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ । २. जिल्ला खोटाङ गा.पं. वाहुनी डाँडा वडा नं. ३ अन्तर्गतको सुन्दर घर्तिका साँध पूर्व, शम्शेर कार्कीको साँध पश्चिम सल्लाको रुख उत्तर, मूल बाटो दक्षिण यति ४ किल्लाभित्रको दर्ता भएको माटो मुरी ।१ को जग्गाको नाताले पाखे जग्गाको खोल्सा दोभान पूर्व सल्लाको रुखदेखि पश्चिम कालदुर्गा गणेशबहादुर कार्कीका साँध उत्तर वीरसिलु चिने भुजेलका साँध दक्षिण यति ४ किल्लाभित्रको पर्ति रहेको जग्गा कमोद गरी खाई आएकोले उजूर गरेको छु भनी प्रत्यर्थी ढक बहादुरले हामी निवेदकहरूका विरुद्ध मालपोत कार्यालय खोटाङमा उजूरी दर्ता गरी आउनु भएको थियो । उक्त उजूरीमा दर्ता गरिएको भन्ज्याङ पाखो बारी जग्गा १९९९ सालमा बाजे बखतबहादुरको नाममा माटो मुरी ।।२ दर्ता भएको जग्गा हो । उक्त जग्गा दपोट गरी खाएको छैनौं भनी बयान गरेका थियौं । प्रत्यर्थी मालपोत कार्यालयले भन्ज्याङ पाखो बारी माटो मुरी ।।२ जग्गाको दर्ता नभएको र भन्ज्याङ खेत माटो मुरी ।१ भएको जग्गा मात्र दर्ता भएको पाइयो । यसरी दर्ता तिरो नचलेको जग्गा कसैको हक नलाग्ने कानुनले आवाद गर्न नहुने जग्गा १९९९ सालदेखि २०४१ सालसम्म वर्ष ४३ को आवाद कमोद गरी सरकारी तिरो नतिरी खाएको देखिनाले मुलुकी ऐन जग्गा आवाद गर्नेको ६ नं. दफा २ बमोजिम मालपोत बिगो बमोजिम जम्मा रु. २२।३६। जग्गा भोगवालालाई जरिवाना गर्ने गरी मिति २०४१।११।१।३ मा फैसला गरिएको छ । ३. प्रत्यर्थी अधिकारीज्यूले निर्णय गर्दा जग्गा आवाद गर्नेको ६(२) नं. को प्रयोग गरी निर्णय गर्नु भएको छ उक्त दफाले प्रत्यर्थी अधिकारीज्यूलाई अधिकार नभएकोले निर्णयमा अधिकारको क्षेत्रात्मक त्रुटी छ । अ.बं. ३५ नं. बमोजिम बदरभागी छ । विवादको जग्गा दपोट सम्बन्धको विवाद भएकोले प्रत्यर्थी अधिकारीज्यूले सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ४ तथा अनुसूची २ बमोजिम अनुसन्धान गरी श्री ५ को सरकारको स्वीकृति अनुसार मुद्दा चलाउने मात्र अधिकार भएकोले यसरी बढी अधिकार प्रयोग गरी गरेको निर्णय बदरभागी छ । दर्ता