निर्णय नं. ३२३१ - आयकर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२३१ - आयकर भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०७/३० २०२५ निर्णय नं. ३२३१ ने.का.प. २०४४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४२ सालको दे.पु नं. ४६८ मुद्दा : आयकर । पुनरावेदक/प्रतिवादी: श्री ५ को सरकार अर्थमन्त्रालय कर विभाग, कर कार्यालय काठमाडौं । विरुद्ध विपक्षी/वादी: काठमाडौं खिचापोखरी स्थित फ्लोरिङ एण्ड फर्निसिङ सेन्टरको प्रो. श्री विनयकुमार अग्रवाल । फैसला भएको मिति: २०४४।७।३० मा श्रीमतीलाई तिर्न बाँकी दायित्वको रकम श्रीमानको आय मान्नु पर्ने बाध्यात्मक कानुनी व्यवस्था केही देखिँदैन, श्रीमतीले श्रीमानको फर्ममा लगानी गर्न कानुनले प्रतिबन्ध लगाएको पाइँदैन, श्रीमतीबाट लिएको रकम दायित्व महलमा स्पष्ट देखाएको पाइन्छ, तसर्थ सो दायित्व रकम मिन्हा पाउने ठहर्याई राजश्व न्यायाधिकरण काठमाडौंबाट भएको निर्णय मनासिब ठहर्याई म.क्षे.अ. बाट भएको निर्णयमा कुनै त्रुटी नदेखिँदा सदर हुने । (प्रकरण नं. १३) पुनरावेदक, प्रतिवादी तर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला विपक्षी, वादीतर्फबाट:विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा उल्लेखित मुद्दाःX फैसला न्या.श्री पृथ्वी बहादुर सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई पुनरावेदको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. यस आ.ब. मा व्यापारबाट भएको खूद आय रु. ३१,८३४।१३ उल्लेख गरी नाफा नोक्सानी वासलात रिपोर्ट समेत साथै राखी क.का. काठमाडौंमा मिति ०३४।३।१४ मा पेश गरेको आय विवरण । ३. प्रो. श्री विनयकुमार अग्रवाल फ्लोरिङ एण्ड फर्निसिङ सेन्टरको आ.बं.०३२ बैं.चै.को पेश भएको आय विवरण सम्बन्धको नाफा नोक्सानी वासलात सहितको हिसाब किताब परीक्षण गरी आ.क.ऐन, ०३१ को दफा ३३(३) अनुसार मनासिब माफिकको खर्चहरू मिन्हा गरी बढी देखिएको र मिन्हा दिन नमिल्ने निम्न रकम परिवहन खर्च मध्ये ६,८२९।०४ स्वागत सत्कार खर्च मध्ये ३,९६०।८९। सो रुम खर्च २,६०७।९०, फुटकर खर्च ३,७१७।५१ विज्ञापन खर्च मध्ये १,२६९।१५ उठ्न नसक्ने रकम ६८०।९४, कानुनी खर्च ४,६६०।–। अडिट खर्च रु. ५००।–, दायित्व रु. ९६,६६६।५५, ब्याज खर्च रु. ३७,७८५।१८ ह्रास कट्टी बढी देखिएको २,५९०।९५ विवरण अनुसार खूद आय ३१,८३४।१३, समेत गरी जम्मा खूद आय १,९३,१०२।२४ कायम ठहरेकोले सो मा लाग्ने कर रु. ८९,९३१।२३ र आ.क.ऐन ०३१ को दफा ५९(२) बमोजिम जरिवाना रु. ८,९९३।१२ समेत गरी जम्मा रु. ९८,९२४।२५ आयकर निर्धारण आदेश प्राप्त भएको ३५ दिनभित्र ने.रा.बैंक दाखेल गर्नु होला भन्ने समेत व्यहोराको क.का.काठमाडौंको ०३५।८।१८ को आयकर निर्धारण आदेश । ४. म पुनरावेदकको आय वर्ष बैशाख १ गतेबाट शुरु भई चैत्र मसान्तमा समाप्त हुने हुँदा आ.कं. ऐन, ०३१ को दफा २७(१) को म्यादभित्र आय विवरण पेश गर्न नसकी उक्त ऐनको दफा ५९(१) को म्यादभित्र आय विवरण पेश गरेकोमा दफा ५९(२) बमोजिम भनी जरिवाना गरिएको प्रत्यक्ष कानुनी त्रुटिपूर्ण हुँदा सो जरिवाना हटाई पाउँ, फर्मको दायित्वलाई खूद आयमा समावेश गरिएको आ.क.ऐन, ०३१ को दफा ३३(३) र दफा ४१ को प्रतिकूल हुँदा बदरभागी छ । साथै ब्याज दिएको रकम, परिवहन खर्च, स्वागत सत्कार खर्च, सो रुम खर्च, फुटकर खर्च, विज्ञापन खर्च, असूल उपर नहुने रकम, ¥हास कट्टी समेतका आदि रकमहरूलाई बिल भर्पाई भौचर आदी हुँदाहुदैँ अनावश्यक र बढी खर्च भनी स्वेच्छा