निर्णय नं. ३२३३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२३३ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०५/१० २६२५ निर्णय नं. ३२३३ ने.का.प. २०४४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४३ सालको फौ.पु.नं. ५६९, ५७९, ४२४ सम्वत् २०४४ सालको फौ.सा.नं. १३८ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी:जि.इलाम आपचोक गा.पं.वार्ड नं.८ मा घर भै हाल वीरगंज कारागारमा थुनामा बस्ने चन्द्र बहादुर कार्की । ऐ.ऐ घर भै हाल का.जि.का. शाखा काठमाडौं थुनामा रहेका वीर बहादुर बस्नेत । ऐ.ऐ घर भै हाल जि.का.का. शाखा पर्सामा थुनामा रहेका शेर बहादुर खड्का । विरुद्ध विपक्षी/वादी: यमबहादुरको जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति: २०४४।५।१०।४ मा प्रतिवादी शेर बहादुरले मृतक गोपालको घाँटी समाती प्र. चन्द्र बहादुरले पेटमा मुक्काले हिर्काई र अर्का प्रतिवादी वीर बहादुरले सन्डीमा समाती मृतक गोपालको कर्तव्य गरी मारेको देखिँदा प्र.शेर बहादुरलाई ज्या.सं. को १३(१) नं. अनुसार सर्वस्वसहित जन्मकैद र अन्य प्रतिवादीहरूलाई ज्या.सं को १३(३) नं. बमोजिम जन्मकैद गर्ने ठहर्याएको शुरुको सदर गरेको पू.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । (प्रकरण नं. २३) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान वैतनिक अधिवक्ता श्री रमेशविक्रम कार्की विपक्षी,वादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्र केशरी बास्तोलाः पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन तथा साधक जाँचको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. ०४०।२।१२ गते फुङविङमा मेला बजार लाग्ने हुँदा सो मेलामा भाइ नाता पर्ने गोप खड्का गएका थिए । मेला भरी घर आउनु पर्नेमा नआएकोले खोज्दै जाँदा मेलादेखि ५ मिनेटको बाटो घर जङ्गलमा फाली राखेको बुझिएको हुँदा कारवाही गरिपाउँ भन्ने जाहेरी दर्खास्त । ३. गोपाल खड्कालाई कर्तव्य गरी मारेको ज्यान मुद्दामा पोल परेका अभियुक्त शेर बहादुर खड्का, चन्द्र बहादुर कार्की, वीर बहादुर बस्नेत समेतलाई पक्राउ गरी घटनास्थलमा लगी पक्राउ परेका अभियुक्तहरूलाई डोर मुकाममा दाखेल गरेको छु । कानुन बमोजिम कारवाही होस् भन्ने संयुक्त प्रतिवेदन । ४. फुङलिङ मेला लाग्ने हुँदा म एक्लै गएँ । मेलामा गाउँकै लाल बहादुर दाहाल वीर बहादुर बस्नेत र चन्द्र बहादुर समेत भई रातभर नाचगान गरी घर फर्कदा भक्तबहादुरको गोठमा मृतक गोपाल सुतिरहेको देखि घर जाउँ भनी उठाउँदा उठी म र वीर बहादुर चन्द्र बहादुर घरतर्फ आयौं । घटनास्थलमा करिब बिहान ४ बजेको थियो होला म र वीर बहादुर चन्द्र बहादुर समेत गोपाललाई फुङलिङ मेलामा मार्नु पर्छ भन्ने सल्लाह गरेका थियौं । लाल बहादुरले पनि मार्नु पर्छ भनेको थियो । डायस खेल्दा लाल बहादुरले गोपाललाई मार्नु पर्छ भनेको थियो घटनास्थलमा आइपुगेपछि मैले घाटीमा समातें, वीर बहादुरले लिंगमा समात्यो । चन्द्र बहादुरले मुडकी र घुस्सीले पेटमा हान्यो र गोपाल लडेपछि मैले खुट्टा समाएँ वीर बहादुरले सिर अठ्याई रुखको डिलबाट तल झारी दिए । गोपालको जिब्रो झिकेको हुँदा जिब्रो मुखभित्र घुसारेको हो । मलाई घाँस चोर दोष लगाएका हुनाले सोही रिसइवीबाट मारेको हुँ, मार्नमा हामी बाहेक अन्य कोही मतियार छैन भन्ने व्यहोराको प्र.शेर बहादुर खड्काले डोरमा गरेको कागज । ५. ८।१० दिन अगाडिदेखि गोपाललाई मार्ने सल्लाह गरेका थियौं । मेलाबाट घटनास्थलमा आई पुगेपछि शेर बहादुरले घाटीमा निमोठे मैले लिंगमा समातें