निर्णय नं. ३२३४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२३४ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०७/०१ २१५० निर्णय नं. ३२३४ ने.का.प. २०४४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नं. २१९८ विषय : उत्प्रेषण । निवेदक :जि. बांके नेपालगञ्ज न.पं. वार्ड नं.१३ बस्ने केदारनाथ टण्डन । विरुद्ध विपक्षी :नेपालगञ्ज न.पं.कार्यालयको प्रधान अधिकृत । नेपालगन्ज न.पं.का. मुद्दा समिति । नेपाल युवक संगठन जिल्ला कार्य समिति बांकेको सचिव उपभोक्ता समितिका अध्यक्ष विश्वमान शेरचन । नेपालगन्ज न.पं.का नेपालगन्ज । आदेश भएको मिति: २०४४।७।१।१ मा विपक्षीले जिल्ला पञ्चायतमा दिएको उजूरीमा ढल निकास सार्वजनिक जग्गा भन्नेसम्म उल्लेख भएको अवस्थामा तेरो मेरोमा विवाद उठेको भन्न मिल्दैन, जग्गाको सम्बन्धमा तेरो मेरोमा परेको भन्नलाई निवेदकको हक पुग्दैन, मेरो हकको हो भनी हकमा नै दावी गरी विवाद उठ्नु पर्दछ । तर यसप्रकार हकमा विवाद नै नभएको अवस्थामा तेरो मेरोमा अदालतबाट हक कायम गरी ल्याउन भनी सुनाई दिने गरी गरेको प्रधान अधिकृतको निर्णय र सो निर्णय उपर न.पं.मा पुनरावेदन परेकोमा मिसिलै खारेज गरी गरेको नगर पञ्चायत न्यायिक समितिको निर्णय समेत नगर पञ्चायत ऐन, ०१९ को दफा ४७, ४८ र ४९ समेतको विपरीत भई मिलेको नदेखिँदा उक्त दुवै निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी र विद्वान अधिवक्ता श्री शम्भु थापा उल्लेखित मुद्दाःX आदेश न्या.गजेन्द्र केशरी बास्तोलाः नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. ने.न.पं वार्ड नं. ६ फुलटेक्ता उत्तरलाई पूर्व मुखा नं. ३३१ को (ख) ऐ.उत्तर दक्षिण मुखान २६(ख) समेत जग्गा मेरो नाममा दर्ता भई भोगचलन समेत गरी आएकोमा सोही जग्गामा घर कोठा बरामद समेत बनाउने विचारले नक्शा पासको लागि विपक्षी न.पं..मा ०३९।११।१९ मा कानुन बमोजिम साँध संधियारको नाममा सूचना टाँस हुँदा म्यादभित्र कोहि कसैको उजूर बाजूर परेको थिएन । यसै बीच विपक्षी विश्वमानले जि.पं. बाँकेमा निवेदन दिनु भएकोमा निवेदनको टुङ्गो नलागेसम्म नक्शा पास गर्ने कार्य स्थगित गर्न न.पं. लाई लेखि पठाउने भनी उपसभापतिको तोक आदेश अनुसार यो निवेदन जिकिर बुझी टुङ्गो लगाई जानकारी यस सचिवालयलाई दिनेभन्ने समेत व्यहोराको पत्र जि.पं. सचिवालयको मिति ०३९।१२।७।२ को पत्र विपक्षी न.पं. लाई पठाइयो । सो पत्रको आधारमा न.पं. ले अ.बं.९१ अनुसार ७ दिनभित्र आफूसँग भएको प्रमाण लिई आउनु भनी विपक्षी विश्वमानलाई लेखी पठाएकोमा निज उपस्थित हुन नआएको हुँदा आवश्यक निर्देशनको लागि जि.पं सचिवालयलाई पत्र लेख्दा न.पं. ऐन, ०१९ को दफा १७(क) र २४ बमोजिम आवश्यक कारवाही गर्नु पर्ने भए विश्वमान शेरचन र विश्वमान टण्डनको निवेदन उपर न.पं. बैठकको निर्णय अनुसार काम कारवाही गर्नु भन्ने सचिवालयको जवाफ आयो । सो अनुसार केही नगरी न.पं. प्रधान अधिकृतले मिति ०४१।१।७ मा पर्चा खडा गरे जसमा तेरो मेरोमा विवाद उठेको हुँदा अदालतबाट हक बेहक छुट्याई ल्याएपछि नक्शाको कारवाही गर्ने भन्ने समेत उल्लेख छ । सो निर्णय पर्चा उपर चित्त नबुझी ने.न.पं. मा पुनरावेदन परेकोमा मिति ०४२।३।३१ मा सरजमीन गराई त्यसैलाई आधार बनाई नापनक्शा सरजमीनमा नाला सडक थियो भ