निर्णय नं. ३२३६ - उत्प्रेषण लगायत प्रतिशेधको आदेश जारी गरिपाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२३६ - उत्प्रेषण लगायत प्रतिशेधको आदेश जारी गरिपाउँ । भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०७/०९ २३३९ निर्णय नं. ३२३६ ने.का.प. २०४४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४३ सालको रिट नं. १९४७ विषय : उत्प्रेषण लगायत प्रतिशेधको आदेश जारी गरिपाउँ । निवेदक :भक्तपुर जिल्ला चाँगु गा.पं. वडा नं.९ साग्दह बस्ने विष्णुहरि श्रेष्ठ । विरुद्ध विपक्षी : प्र.जि.अ. श्री रामेश्वरदास श्रेष्ठ, जिल्ला कार्यालय भक्तपुर । भक्तपुर जिल्ला,गा.पं. वडा नं. ६ बस्ने घनश्याम प्रसाद उपाध्याय । ललितपुर जिल्ला सैंबू गा.पं. वडा नं.३ बस्ने विष्णु प्रसाद रिसाल । ऐ.ऐ बस्ने हेम कुमारी उपध्याय । आदेश भएको मिति: २०४४।७।९।२ मा निवेदकले जिकिर लिएको कागजमा बक्स भएको हु.प्र.को व्यहोरा सुनी पाएको भन्ने उल्लेख गरेको र रिट निवेदनमा सो व्यहोरा उल्लेख गरेको नदेखिँदा वास्तविक तथ्यलाई लुकाई शुद्ध हातले यस अदालतमा प्रवेश गरेको भन्न सकिने अवस्था नदेखिएको र श्री ५ महाराजाधिराज सरकारबाट बक्स भएको हु.प्र. बमोजिम कागज भए गरेको देखिन आएकोले निवेदन माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १३) निवेदक तर्फबाटःX विपक्षी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदार प्रसाद शर्मा उल्लेखित मुद्दाःX आदेश न्या.गजेन्द्र केशरी बास्तोलाः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. बाजे रत्नमानको नाउँमा दर्ता भएको ४० नं. मौजे न.नं.२८ र न.नं.६४ र न.नं.२४ भक्तपुरमा तिरो बुझाउन पर्ने खेत सर्भे नापी हुँदा भक्तपुर जिल्ला चाँगु गा.पं. वडा नं. ९(क) कि.नं. १८१ को क्षेत्रफल ४–३–० को खेत कित्ता १ भिडी दर्ता भएको उक्त जग्गा पिता भक्तमानको अंश भागमा परी निज पिताका ३ छोराहरू जेठा अहरी माहिला म निवेदक विष्णुहरि कान्छा कृष्णहरि समेतले जोती भोगी कमाई आएको उक्त जग्गाको जोताहामा पिता भक्तमानको नाम लेख्नु पर्नेमा भुलले बाजे रत्नमानको नाम लेखिन गएको थियो । ३. उक्त जग्गाको पोत पिता भक्तमानले जगन्नाथ न्यौपानेलाई बिक्री गर्नु भई पिता ०३६ सालमा परलोक हुनु भएपछि निज जगन्नाथलाई बाली बुझाई कमाई आएकोमा म निवेदक समेतले चोरी गरी लगेको धान बिगो रु. ५,०००।– भराई पाउँ भनि विपक्षी मध्ये विष्णु प्रसाद रिसालले दिएको जाहेरी दर्खास्त बमोजिम चलेको चोरी मुद्दामा प्रतिवादीहरूले धान बाली लगाएको रहेछ भन्न र प्र. हरूको हक पुगेको प्रमाण समेत देखिन आएन । वारदातको रुपबाट लुटपिटमा परिणत हुने ठहर्छ भन्ने भक्तपुर जि.अ.को ०४२।९।११।५ मा फैसला भए उपर मेरो र श्री ५ को सरकारको वागमती अञ्चल अदालतमा पुनरावेदन परेकोमा विवादित खेतमा प्रतिवादीहरूले बाली लगाएको रहेछ भन्न मिलेन प्रतिवादीहरूले प्रमाण पेश गरेको देखिन आएन भन्ने शब्दावली चोरी मुद्दामा ठहरसँग असंगत देखिनाले सो शब्दाबलीसम्म बदर भई आंशिक उल्टी हुने ठहर्छ भनी वागमती अञ्चल अदालतबाट मिति ०४३।२।४।२९ मा फैसला भयो । ४. पुनः निज विपक्षी विष्णु प्रसाद रिसाल, घनश्याम उपाध्याय हेम कुमारी उपाध्याय समेत उजूरी निवेदन दिई विपक्षी प्र.जि.अ.ज्यू जिल्ला कार्यालय भक्तपुर मार्फत चाँगु प्रहरी चौकीका प्रहरीद्वारा मलाई मिति ०४३।७।११ गते पक्राउ गरी विपक्षी प्र.जि.अ.ज्यूको आदेशबाट थुनछेक गरी जि.का. भक्तपुरमा उपस्थित गराई पहिले नै आधा पेज जति लेखिराखेको कागजमा भक्तपुर जिल्ला चाँ