निर्णय नं. ३२३७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२३७ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०७/११ २६६५ निर्णय नं. ३२३७ ने.का.प. २०४४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४२ सालको फौ.पु.नं. ५०५, ५०६, ५१२ सम्वत् २०४३ सालको फौ.सा. नं. ७५ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी: गा.स.स उमा गिरीको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी: लमजुङ धमिली कुवा गा.पं वडा नं. १ बस्ने टाउके भन्ने जंगु गिरी । पुनरावेदक/प्रतिवादी:लमजुङ धमिली कुवा गा.पं.वडा नं.१ गरम बेसी भै हाल लमजुङ कारागारमा थुनामा रहेका बृद्धि बहादुर सिलवाल । विरुद्ध विपक्षी/वादी: उमा गिरीको जाहेरीले श्री ५ को सरकार । पुनरावेदक/प्रतिवादी: लमजुङ धमिली कुवा गा.पं.वडा नं.१ गरम बेसी भै हाल कारागार शाखा लमजुङमा थुनामा बस्ने पूर्ण भन्ने पुरन गिरी । ऐ.ऐ घर भै ऐ.ऐ मा थुनामा रहेकी पार्वती गिरी । ऐ.ऐ घर भै ऐ मा थुनामा बस्ने वालकृष्ण गिरी । विरुद्ध विपक्षी/वादी: ऐ. ऐ. बस्ने उमा गिरीको जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति: २०४४।७।११।४ मा अभियुक्तहरूले गरेको प्रहरीको सावितीलाई हेर्दा यदाकदा प्रहरीमा भएको साविती बयान अमान्य गर्ने अवस्था नपर्ने होइन तर सामान्य र स्वभाविक अवस्थामा पनि अमान्य गर्नु उपयुक्त नदेखिने । (प्रकरण नं. ३३) जाहेरी दर्खास्तमा नाम नामासी समेतका इतिबृत्त खुलेकै हुनै पर्दछ भन्ने बाध्यता नदेखिने। (प्रकरण नं. ३४) अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान कागज प्रहरीले कुटपिट गरी साविती गरेको भनी अभियुक्त प्रतिवादीहरूले कुनै घा चोट देखाउन नसकेकोबाट अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान कागज, बरामद भएका फिष्टीको मुखमा बुझो लगाएको टाला र पोष्टमार्टममा ४१/२ महिनाको बालक फिष्टीको गर्भमा रहेको र मृतकको घाँटी कसिई भुत्ते बस्तुले हिर्काएको भन्ने लेखिएबाट समेत समर्थित भएकोले प्रतिवादीहरूले अदालतमा गरेको इन्कारी बयानलाई तथ्ययुक्त मान्न नमिल्ने । (प्रकरण नं. ३५) प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त, विद्वान अधिवक्ता श्री शुशिलकुमार पन्त विद्वान अधिवक्ता श्री रमेशविक्रम कार्की श्री ५ को सरकार तर्फबाट: विद्वान का.मु. सह-न्यायाधिवक्ता श्री बलराम के.सी. उल्लिखित मुद्दा: (१) ने.का.प. २०४३, नि.नं. २९१२, पृ. ११०४ मा सतन धोवीको जाहेरीले श्री ५ को सरकार विरुद्ध हरिराम धोवी समेत भएको कर्तव्य ज्यान मुद्दामा सिद्धान्त प्रतिपादित । (२) ने.का.प.२०४३, कार्तिक नि.नं. २७७२, पृष्ठ ६१५ मा फुल बेञ्जबाट पु.प्र.मान बहादुर भण्डारी समेत विपक्षी वादी श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दामा सिद्धान्त प्रतिपादित । फैसला न्या.गजेन्द्र केशरी बास्तोलाः पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफमा चित्त नबुझी प्र.बुद्धि बहादुर सिलवालको, बालकृष्ण गिरी समेतको र श्री ५ को सरकारको यस अदालतमा छुट्टा छुट्टै पुनरावेदन परी साधकको सदरको लागि समेत बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत कर्तव्य ज्यान मुद्दाको विवरण यसप्रकार छ । २. मिति २०३९।१०।२९ गते दिउँसो अन्दाजी ४ बजेको समयमा बस्तु चराउन भनी पाँडे बेसी भन्ने पाखा तिर गएकी बसुन्धरा पराजुलीले फिष्टीको लाश देखी खबर गरेकीले जाहेरी गर्न आएको छु । घटनास्थल हेर्दा निज फिष्टीको मृत्यु कर्तव्यबाट भएको भन्ने प्रष्ट भएको साथै कस्ले कर्तव्य ग