निर्णय नं. ३२३८ - अंश नामसारी ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२३८ - अंश नामसारी । भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०७/१२ २७७१ निर्णय नं. ३२३८ ने.का.प. २०४४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४२ सालको दे.पु.नं. ५५६ मुद्दा : अंश नामसारी । पुनरावेदक/वादी:जि.रुपन्देही बुटवल न.पं. वडा नं. २ सोठी टोल बस्ने रामलाल उमर । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ. ऐ. बस्ने राम लखन उमर फैसला भएको मिति: २०४४।७।१२।५ मा वादीले नगर पञ्चायतमा नामसारी गरिपाउँ भन्ने सम्बन्धमा मिति ०३२।२।२२ मा दिएको निवेदनको व्यहोरामा हामी ३ भाइको ३ अंश भाग बमोजिम तिरो बुझाई आएको भन्ने उल्लेख गरी मर्ने दाजुको नाउँको जग्गा आधा मेरो नाउँमा र आधा माहिला दाजुका नाउँमा नामसारी गरिपाउँ भन्ने व्यहोरा लेखेकोबाट अंशबण्डा भएको छैन, अंश दिलाई पाउँ भन्नेबाट वादी विवन्धित भएको देखिने । (प्रकरण नं. १५) मुलुकी ऐन, अंशबण्डाको महलको ३० नं. को व्यवस्था हेर्दा यो ऐन प्रारम्भ हुँदा सम्ममा बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भाग शान्ती बमोजिम लिई पाई दाखिल खारेज समेत गराई सकेको वा बण्डा बमोजिम आफ्नो भागको अचल छुट्टा छुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बण्डा भइसकेको ठहरेमा पछि बण्डापत्र रजिष्ट्रेशन भएको छैन वा बण्डा घटी बढी असल कमसल भयो भन्न पाउँदैन, रजिष्ट्रेशन नभए पनि बण्डा भएको सदर हुने । (प्रकरण नं. १६) पुनरावेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्र केशरी बास्तोलाः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार रहेछ । २. बाबु बदल उमरको ३ छोरा जेठा हरि उमर माहिला विपक्षी रामलखन उमर कान्छो म वादी रामलाल उमर मध्ये बाबु बदल र जेठा दाजु हरी उमर समेत परलोक भएको जेठी भाउजू भारततर्फ पोइल गईन प्रतिवादी रामलखन र म सगोलको अंशियार हुँ । मैले पाउने अंश विपक्षीबाट दिलाई पाउँ भन्ने समेत व्यहोराको रामलाल उमरको फिराद दावी । ३. विपक्ष वादीसँग एकपटक २००० सालमा अंशबण्डा भइसकेको हुँदा वादी मेरा एक सगोलमा बसेको होइन । अंश दिने बदल र दाजु हरि परलोक भई सकेपछि परेको नालेश अंशबण्डाको ३५ नं. प्रतिकूल छ । बादीलाई मैले अंश दिनु पर्ने होइन भन्ने समेत व्यहोराको विपक्षी रामलखन उमरको प्रतिउत्तर । ४. प्रतिवादीबाट वादीले दावी बमोजिमको अंशबण्डा छुट्याई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको रुपन्देही जिल्ला अदालतको मिति ०३७।९।३१ को फैसला । ५. उक्त फैसलामा चित्त बुझेन प्रतिउत्तर जिकिर बमोजिम अंश दिन पर्ने गरिपाउँ भन्ने समेत व्यहोराको प्र.रामलाल उमरको लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र । ६. बण्डा भइसकेको देखिँदा शुरुले बण्डा छुट्याई दिने ठहर्याएको फैसला उल्टी हुन्छ भने समेत व्यहोराको लुम्बिनी अञ्चल अदालतको मिति ०३९।२।२५ को फैसला । ७. मलाई हराई गरिएको पुनरावेदन फैसला कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी रामलाल उमरको अनुमति निवेदनपत्रमा अनुमति प्रदान गरिएको भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालत मिति ०४१।१।२८ को आदेश । ८. राजुहरी मरेकोमा वादी र प्रतिवादीले आधी आधी जग्गा दर्ता गराएको देखिएकोबाट समेत वादी प्रतिवाद