निर्णय नं. ३२३९ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२३९ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०७/१९ २६०४ निर्णय नं. ३२३९ ने.का.प. २०४४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४१ सालको फौ.पु.नं. ६०३ २०४४ सालको फौ.पु.नं. ६४५ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी: अर्घाखाँची जिल्ला चिदिका गा.पं. वार्ड नं. २ बस्ने मान बहादुर ज्ञवाली । विरुद्ध पुनरावेदक/वादी: यमबहादुर थापाको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी:अर्घाखांची चिदिका गा.पं. वार्ड नं.२ घर भै हाल जि.का.का.शाखा पाल्पामा थुनामा रहेको नर बहादुर कुमाल । ऐ.ऐ बस्ने एक बहादुर कुमाल । ऐ.ऐ बस्ने रुक बहादुर कुमाल । ऐ.ऐ बस्ने दल बहादुर कुमाल । ऐ.ऐ बस्ने छवे कुमाल । ऐ.ऐ बस्न धन बहादुर कुमाल । ऐ.ऐ बस्ने गा.पं.स.रुकमागत भुषाल । ऐ.ऐ वार्ड नं. ५ बस्ने इसफ मिया । ऐ.ऐ वार्ड नं. ३ बस्ने छवे दमाई । ऐ.ऐ बस्ने मेक बहादुर दमाई । ऐ.ऐ बस्ने बहादुर दमाई । ऐ.ऐ बस्ने हरि बहादुर दमाई । ऐ.ऐ वार्ड नं. २ बस्ने मेघ बहादुर ज्ञवाली । ऐ.ऐ बस्ने कृष्ण बहादुर ज्ञवाली । ऐ.ऐ बस्ने तुइने कुमाल । फैसला भएको मिति: २०४४।७।१९ मा तत्काल ज्यान मार्ने नियतले जोखिम हतियारले हानेको नभई पूर्व रिसइवी नभएको मानिस नै मर्न सक्दछ भन्ने नसोची होश नपुर्याई हेलचेक्राई गरी लाठा ढुङ्गाले कुटपिट गरेको कारण भवितव्यबाट मृत्यु हुन गएको देखियो यस्तोमा ज्या.सं.को १३(३) को अवस्था विद्यमान भएको भन्न नमिल्ने । (प्रकरण नं. ४३) पुनरावेदक, वादीतर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्र केशरी बास्तोलाः प.क्षे.अ. को फैसला उपर पुनरावेदन परी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. राताटार भन्ने जग्गामा चलेको झगडा मिलाउन विपक्षी सु.मान बहादुरले कुरा उठाई ०३७।७।६ गते विवादित जग्गामा मानिस छुटाउने भनी निज मान बहादुरले आफ्नो छोरा कृष्णद्वारा मेरो पिताजी गंगा बहादुरलाई बोलाउन पठाउनु भएको रहेछ, पिताजीले मलाई पठाउन खोज्दा तपाई नै जानु पर्छ रे भन्ने निज कृष्णको भनाई भएबाट पिताजी गंगा बहादुर आफैं जानु भएको घटनास्थलमा पुग्दा नरे कुमाल, एक कुमाल, मेके दमार्ई समेतका अरु नचिनेका ३०–३५ जना मानिसको जमघट रहेछ, मान बहादुर र नरे कुमालका हातमा टुएलवर र भरुवा बन्दूक र अरु सबैका हातमा लाठी र ढुङ्गा समेत रहे भएको र रेवती अर्याल समेतका मानिसलाई घायल बनाएको विषयमा खलबल रहेछ । पिताजीले शान्ती शान्ती भन्दै जाँदा यसलाई पनि ठोक भनी मान बहादुरले भन्दा पहिला इसुप अनि रुवमागत सहितका सबै विपक्षहरूले उत्तेजित भई पिताजी उपर झम्टन गई सबैका संयुक्त चोटबाट लाठी ढुङ्गा घुस्सा सहित प्रयोग गरी कुट्दा पिताजी मुर्छित भई ढलेपछि गुहार गर्न गएका प्रत्यक्षदर्शि मानिस पनि विपक्षीहरूबाट घटनास्थलमा पिटिएछन, म समेतले थाहा पाई घटनास्थल पुगी अत्याधिक घायल मुर्छित तथा मरणान्त अवस्थाका पिताजीलाई डोलामा बोकी रातको ९ बजे त्यस ठाउँबाट उपचार गर्न पाल्पातर्फ चलाउँदा र रिडी बजारमा पुर्याउँदा बाँच्ने आशा छैन भनि ज्योतिन्दले सल्लाहा दिएपछि फर्काउँदा घरदेखि मुनि राजु पोखरा भन्ने ठाउँको पौपारीमा आइपुग्दा पिताजीको प्राण गएकोले विपक्षीहरूको अपराधबाट पिताजीको ज्यान गुमेकोले विपक