निर्णय नं. ३२४० - उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२४० - उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०७/१८ ३०६२ निर्णय नं. ३२४० ने.का.प. २०४४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको रिट नम्बर २१२३ विषय : उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ । निवेदक : पाल्पा जिल्ला बन्दिपोखरा गा.पं. वडा नं. ९ धर्मपानी बस्ने पोषणराज पाण्डे । विरुद्ध विपक्षी : शिक्षा तथा संस्कृति मन्त्रालय, मुकाम केशर महल काठमाडौं । त्रिभूवन विश्वविद्यालय,केन्द्रिय कार्यालय,मुकाम त्रिपुरेश्वेर काठमाडौं । श्री रजिष्ट्रार,त्रिभूवन विश्वविद्यालय,मुकाम त्रिपुरेश्वर काठमाडौं । परीक्षा नियन्त्रक,परीक्षा नियन्त्रक कार्यालय,त्रिभूवन विश्वविद्यालय,मुकाम जमल काठमाडौं । पाल्पा जिल्ला रामपुर गा.पं. वडा नं.५ घर भै हाल अर्थ मन्त्रालय आर्थिक विश्लेषण महाशाखामा कार्यारत शाखा अधिकृत मधुसुदन पोखरेल । आदेश भएको मिति: २०४४।७।१८।४ मा कानुनी व्यवस्था अभाव रहेकोमा त्रिभुवन विश्वविद्यालयबाट कानुनी व्यवस्था गरी लागू गरेकोमा भूतलक्षी प्रभाव दिई निर्णय गरेको भन्न नमिल्ने । (प्रकरण नं. १६) निवेदक वार्षिक परीक्षा प्रणाली अन्तर्गतको विद्यार्थी हुँदा निवेदक उपर वार्षिक परीक्षा सम्बन्धी विनियमहरू लागू नहुने भन्न नमिल्ने । (प्रकरण नं. १७) नियमित विद्यार्थी मान्न नमिल्नुको साथै म्याद नाघी सिफारिशको लागि निवेदन दाखेल भएको देखिनाले समेत प्रस्तुत निवेदनमा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १९) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त प्रत्यर्थी तर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला, विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लेखित मुद्दाःX आदेश न्या.महेशराम भक्त माथेमाः नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. निवेदक त्रिभुवन विश्वविद्यालयबाट सञ्चालित वि.सं. २०३८ सालको मानविकी तथा समाज शास्त्र अध्ययन संस्थान, अर्थशास्त्र शिक्षण समिति, किर्तिपुर बहुमुखी क्याम्पसमा भर्ना भई नियमित विद्यार्थी भई उक्त परीक्षामा सबैभन्दा बढी अंक अर्थात् ७६.६% प्राप्त गरी परीक्षामा उत्तिर्ण भएँ । सो भएबाट महेन्द्र विद्याभूषण र तारापद चौधरी पदक पाउने व्यक्ति हुँ । शिक्षा तथा संस्कृति मन्त्रालय उच्चशिक्षा शाखाले मिति २०४२।६।२१ मा प्रकाशित सूचना अनुसार निवेदकले महेन्द्र विद्याभूषणको लागि सिफारिश गरिपाउँ भनि विपक्षी परिक्षा नियन्त्रकको कार्यालयमा मिति २०४२।८।१६ मा निवेदन दिएँ । उक्त कार्यालयले मिति २०४२।९।२४ मा म निवेदकलाई सिफारिश दिन नमिल्ने भनी पत्र लेखिएको व्यहोरा जानकारी हुन आयो । ३. श्री ५ को सरकार शिक्षा तथा संस्कृति मन्त्रालयको स्नातक तह वा सो भन्दा माथिल्लो स्तरमा त्रिभुवन विश्वविद्यालय वा त्रिभुवन विश्वविद्यालयद्वारा मान्यता प्राप्त विश्वविद्यालयमा सबै भन्दा बढी अंक प्राप्त गर्ने परीक्षार्थीहरूलाई “महेन्द्र विद्याभूषण” पदक वितरण गरिआएको छ । म निवेदकले २०३९ सालको अर्थशास्त्र विषयमा सबैभन्दा बढी अंक प्राप्त गरी प्रथम श्रेणीमा उत्तिर्ण भएको कुरामा विवाद छैन । ४. विपक्षी त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले मलाई बढी अंक प्राप्त गरेको हैसियतले महेन्द्र विद्