निर्णय नं. ३२४१ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२४१ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०९/०२ २५६९ निर्णय नं. ३२४१ ने.का.प. २०४४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नम्बर १८२६ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक :का.जि.का.न.पं.वडा नं. ३० कमलाक्षी बस्ने परमानन्द बैद्य । विरुद्ध विपक्षी : श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय । निर्माण तथा यातायत मन्त्रालय,काठमाडौं । विशेष प्रहरी विभाग,सिंहदरबार । आदेश भएको मिति: २०४४।९।२।५ मा सजायँ प्रस्ताव गर्दा नि.से.नि.परिच्छेद १० को १(६) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गर्ने गरेको तर नि.से.नि. परिच्छेद १०.१(५) अनुरुप भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने गरेको देखिँदा प्रस्तावित सजायँ घटाएको पाइन्छ, निजामती सेवा नियमावलीको नियम १०.६ मा नोकरीबाट हटाउने वा बर्खास्त गर्ने भन्ने शिर्षकले भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने र अयोग्य नठहरिने दुवै सजायँलाई समेटेको देखिन्छ, अयोग्य ठहरिने र अयोग्य नठहरिने भन्ने बेग्लाबेग्लै अवस्था एवं आधार नि.से.नि. मा भएको नदेखिँदा प्रस्तावित सजायँ र गरिएको सजायँको Quality मा भिन्नता भन्न सकिने अवस्था नहुँदा गरिएको सजायँको स्पष्टिकरण मागिएन भन्ने निवेदकको तर्क मनासिब नदेखिने । (प्रकरण नं. १३) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री सुधीर श्रेष्ठ प्रत्यर्थी तर्फबाट: विद्वान का.मु.सह-न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ उल्लेखित मुद्दाःX आदेश न्या.महेशराम भक्त माथेमाः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. रामजी गुप्ताको घर बनाउन नक्शा पास गर्ने काम मिलाउन रु. ४००।– घुस लिएको भन्ने कसूर आरोपित गरी भ्र.नि.ऐन, २०१७ को दफा २०(२) र नि.से.नि., २०२१ को परिच्छेद १० को नियम ९ को आधार लिई वि.प्र.वि.को मिति २०४१।५।१८ को पत्रद्वारा म संग स्पष्टीकरण माग गरिएकोमा आरोपित कसूरमा म निवेदक बेकसुर भएको सप्रमाण यथार्थ स्पष्टीकरण पेश गरेकोमा भ्र.नि. ऐनको दफा २०(२) र नि.से.नि. को परिच्छेद १० को नियम १(६) तथा ६(७) अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त सामान्य अयोग्य ठहरिने गरी तपाईलाई बर्खास्त गर्ने गरी श्री ५ को सरकारमा ठहर राय पेश किन नगर्नु ? भन्ने व्यहोरा उल्लेख गरी वि.प्र.वि. को च.नं. ५९ मिति २०४१।५।२५ को पत्रद्वारा दोश्रो स्पष्टीकरण माग गरिएकोमा बेकसूर हुँदा सजायँ दिनुपर्ने होइन भन्ने समेत व्यहोराको स्पष्टीकरण दिएको थिएँ । तत्पश्चात श्री ५ को सरकार (म.प.) को मति २०४२।१२।१ को निर्णय अनुसार नि.से.नि., १०.६(७) को कसूरमा सोही नियमावली १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी तपाईलाई इञ्जिनीयर सेवा सिभिल समूह बिलडींग एण्ड आर्टिटेक्स उपसमुहको रा.प. तृतीय श्रेणी प्राविधिक पदबाट निर्णय भएका मितिदेखि लागू हुने गरी हटाइएको व्यहोरा जानकारी गरिएको छ भन्ने प्रत्यर्थी नं. २ को प.सं.प्र.ई. ८३।०४२।०४३ च.नं. ३४४ मिति २०४२।१२।६ को नोकरीबाट हटाइएको विषयको अत्यन्त जरुरी गोप्यपत्र हुलाकद्वारा मिति २०४२।१२।१३ मा पाएँ । ३. प्रत्यर्थी नं