निर्णय नं. ३२४२ - परमादेश मिश्रित उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२४२ - परमादेश मिश्रित उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०७/०८ २२७२ निर्णय नं. ३२४२ ने.का.प. २०४४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रि.नं. २१६३ विषय : परमादेश मिश्रित उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक :जि.काठमाडौं,का.न.पं.वडा नं.३३ मा घर भै हाल रा.प.द्वितीय प्रा.कृषिको पद बालिविज्ञ (फार्म मैनेजर) खुलम कृषि फार्म बाली विज्ञान शाखा, खुमलटार ललितपुरमा कार्यरत जयराम जोशी । विरुद्ध विपक्षी :श्री लोकसेवा आयोग, कमलपोखरी काठमाडौं । श्री पदोन्नती शाखा,लोक सेवा आयोग,कमलपोखरी,काठमाडौं । श्री वढुवा समिति,कृषि मन्त्रालय,काठमाडौं। श्री लोकसेवा आयोग,नीति नियम तथा उजुरी शाखा। श्री ५ को सरकार कृषि मन्त्रालय,काठमाडौं। का.मु.मुख्य मकैवाली विकास अधिकृत मकैवाली विकास कार्यक्रम रामपुर चितवान कर्यारत श्री विष्णु प्रसाद शर्मा । का.मु.प्रमुख सूर्ती विकास अधिकृत,राष्ट्रिय सूर्ति विकास आयोजना ,वेलाचावी धनुषामा कार्यरत पुस्कल प्रसाद रेग्मी। वनस्पती विज्ञ,कृषि वनस्पती शाखा खुमलटार ललितपुरमा कार्यरत श्रीमती कमलेशलता राजभण्डारी। आदेश भएको मिति: २०४४।७।८।१ मा निवेदकले पहिले निवेदन दिए तापनि नि.से.नि. बमोजिम गठित समितिबाट जहिलेसुकै निर्धारण भए पनि हुन्छ वा अंक प्राप्त गर्नु पर्छ भनी दर्खास्त दिने म्याद समाप्त भएपछि भएको निर्धारणलाई मान्नु पर्छ भन्ने तर्कलाई मनासिब मानी स्वीकार गर्न नसकिने । (प्रकरण नं. १७) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया प्रत्यर्थी तर्फबाट:विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा तथा विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारी उल्लेखित मुद्दाःX आदेश न्या.हरिहरलाल राजभण्डारीः नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ : २. कृषि सेवा राजपत्राङ्कित तृतीय अधिकृत स्तरको पदमा सेवा प्रवेशको निमित्त आवश्यक पर्ने शैक्षिक योग्यता बी.एस्सी. एग्री परीक्षा उत्तिर्ण भई मिति २०१६।३।३१ देखि रा.प.तृ.(प्रा) विकासको स्थायी पदमा सेवा प्रवेश गरी २०२७।४।४ सम्म विकासतर्फको स्थायी पदमा रही सेवा गरी आएको र सो अवधिभित्र निवेदको बढुवा रा.प.द्वितीय क्षेत्रीमा भएको थियो र २०२७ साल देखि साधारणतर्फको स्थायी पदमा आएको छु । श्री ५ को सरकारबाट मनोनित भई १९६८ मा भारतको मद्रास विश्वविद्यालयबाट एस.एस्सी, एग्रीकल्चर एग्रोनोमीमा प्रथम श्रेणीमा उत्तीर्ण भई महेन्द्र विद्याभूषण पदक पनि प्राप्त गरी पुनः श्री ५ को सरकारको कृषि सेवामा कार्यरत छु । ३. कृषि सेवा एग्रोनोमी समूहको राजपत्राङ्कित अधिकृत प्रथम श्रेणीको ३ पद समेत आन्तरिक बढुवाद्वारा पूर्ति गर्ने सम्बन्धी विपक्षी नं. ३ को सूचना गोरखापत्रमा मिति २०४१।१०।१८ मा प्रकाशित भएको र नि.से.नि.संशोधन सहितको नियम ३.३(८) र ३.३.८(क) बमोजिम नोकरी अवधि समेत पुगेकोले म निवेदक पनि सो पदको लागि संभाव्य उम्मेदवार भई लोकसेवा आयोगबाट निर्धारित दर्खास्त फाराम भरी म्यादभित्रै दाखिल गरेको थिएँ । ४. विपक्षी नं.६ बाट मिति २०४२।७।२७ को गोरखापत्रमा बढुवा समितिको प्रकाशित सूचनामा देहायमा एग्रोनोमी समूहमा क्रमशः विपक्षी नं. ७, ८,