निर्णय नं. ३२४३ - उत्प्रेषण लगायत परमादेश सहित उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२४३ - उत्प्रेषण लगायत परमादेश सहित उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०७/०९ २३३६ निर्णय नं. ३२४३ ने.का.प. २०४४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नं. २५०२ विषय : उत्प्रेषण लगायत परमादेश सहित उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक : जि.बारा बहुअरी गा.पं वडा नं. ८ बस्ने जवाहिर शाह कानू । विरुद्ध प्रत्यर्थी : जि.बारा पर्सौनी गा.पं. वडा नं. ९ बस्ने जगीया कुर्मिनी मरी हक खाने ऐ. ऐ. बस्ने छोरी जैरतिया कुर्मिनी । श्री गुठी संस्थान केन्द्रीय कार्यालय,रामशाहपथ काठमाडौं । श्री मालपोत कार्यालय,वारा। श्री गुठी सुधार अधिकारी,भू.सु.का.वारा। आदेश भएको मिति: २०४४।७।९।२ मा एकपटक निर्णय गरी कायम रहेको विषयमा पुनः कुनै आधिकारिक कानुनी निर्णय बेगर सो बदर भएको मान्न नसकिने । (प्रकरण नं. १५) साविक भूमिप्रशासनबाट भएको निर्णयलाई पुनः भूमि सुधार कार्यालयले बदर गर्न नमिल्ने। (प्रकरण नं. १५) प्रत्यर्थीबाट कूत असूल उपर गर्दै आएको भन्ने गुठी तहसील तथा खर्च कार्यालयको लिखित जवाफको हकमा भूमिप्रशासन कार्यालयको निर्णयबाट कायम भएको देवराज शाहबाट वा निजको मृत्युपछि मोहीको हैसियतले जग्गा कमाउने भनिएका यी निवेदकबाट विवादित जग्गाको कूत असूल नगरी श्रेस्ताबाट मोही नजनिएको प्रत्यर्थीबाट कूत असूल गर्दै आएको भन्ने भनाइसँग सहमत हुन नसकिने । (प्रकरण नं. १५) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह प्रत्यर्थी तर्फबाट: विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय तथा विद्वान सह-न्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत उल्लेखित मुद्दाःX आदेश न्या.हरिहरलाल राजभण्डारीः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ : २. जि.बारा पिप्रा पञ्चायत वडा नं. १ मा भएको नरसिंह भगवानको मन्दिर नाउँ दर्ताको नौतन गा.पं. वड नं. ४, कि.नं. १८ को दोयम ज.वि. ०–१६–० सनातनदेखि मैले कमाई आएको हो । भू.सु. सर्भे हुँदा के परिबन्दबाट हो जग्गा नकमाउने जगीया कुर्मिको नाममा मोही लेखिएको, मैले नै कमाई आएको हुँदा मेरो नाममा कायम गरिपाउँ भन्ने तत्कालिन भू.प्र.बारामा मिति २०२९।८।७ मा मेरा पिता देवराज साहु कानूले उजूरी निवेदन दिनु भयो । ३. गाउँ पञ्चायतले भू.प्र. बाट जारी भएको म्याद गुजार्ने जगीयाको नाम कट्टा गरी देवराज शाहको नाउँमा मोही लगत खडा गरिदिन सिफारिश गरे बमोजिम श्रेस्ता पूर्जामा देवराज साहू कानूको नाम कायम गर्ने समेत निर्णय भूमिप्रशासकबाट मिति २०२९।१२।१७ मा गरियो । पिता २०३१ सालमा स्वर्गे भएपछि मैले मोही भई जोती कमाई आएको छु । सो निर्णय अनुसार मा.पो.का.बाराको मो.श्रेस्ताको मोही महलमा र ज.ध.श्रेस्ता प्रमाण पूर्जाको मोही महलमा जगीया कुर्मिनीको नाउँ कट्टा गरी मेरो नाउँमा मोही कायम गरी जनाउन लगाई पाउँ भनी विपक्षी भू.सु.का. बारामा २०४२ आषाढ महिनामा निवेदन गर्दा तारेखमा राखिएन । विपक्षी जगीया कुर्मिनीले विवादित जग्गाको आफूलाई मोही देखाई २०२३।१२।३ मा मोहियानी हकको प्रमाणपत्र २०४१।११।२९ को कूतबाली बुझाएको रसीद प्रमाण समेतको आधारमा मैले २०४२ सालको बाली लुटपिट गरी लगें भनी बारा जिल्ला अदालतमा लुटपिट मुद्दा दायर गरेको म्याद तामेल भयो । ४. विवादित जग्गाको मा.पो.का. बाराको मिति २०३७।१२।२६ को निर्णयबाट साविक ज.ध