निर्णय नं. ३२४५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२४५ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०७/०१ २४२० निर्णय नं. ३२४५ ने.का.प. २०४४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको रिट नं. १५८० विषय : उत्प्रेषण । निवेदक :जि.धनुषा ज.न.पं. वा.नं. ६ बस्ने पूर्ण चैतन्य ब्रम्हाचार्य । विरुद्ध विपक्षी : श्री ५ को सरकार मन्त्रिपरिषद सचिवालय । श्री अञ्चलाधिश जनकपुर अञ्चल । श्री प्र.जि.अ. धनुषा जिल्ला कार्यालय । श्री जानकी मन्दीर तथा विवाह मण्डप जिर्णोद्वार समिति । आदेश भएको मिति:२०४४।७।१।१ मा कुनै नागरिकलाई यस भाग अन्तर्गत प्राप्त मौलिक हकलाई व्यवस्थित नियन्त्रित गर्न उपधारा १ मा व्यवस्था भए अनुसार सार्वजनिक हितको लागि ऐन बनाउन सकिने र नागरिकलाई यो भाग अन्तर्गत प्राप्त मौलिक हकलाई व्यवस्थित र नियन्त्रण गर्न बनेको के कस्तो ऐनलाई यो उपधारा १ अन्तर्गत सार्वजनिक हितको लागि बनेको भनी सम्झनु पर्ने हो सो कुरा उपधारा २ मा व्यवस्था गरी त्यस्तो ऐनको प्रस्तावनामा सोही उपधारा २ को देहायमा उल्लेख भएका सबै वा केही उद्देश्य उल्लेख भएमा सो ऐनलाई सार्वजनिक हितको लागि बनेको भनी मान्नु पर्ने । (प्रकरण नं. १५) जग्गा प्राप्त गर्न प्रारम्भिक कारवाही चलाउने अधिकारी योजना प्रमुख अर्थात् सोही समितिको प्रमुख हुनुपर्ने अनिवार्य गरेको छ, तर श्री ५ को सरकारले जग्गा प्राप्त गर्ने अधिकार प्रदान गर्दा जिल्ला कार्यालयको प्रशासकीय अधिकृतलाई तोकी प्रारम्भिक कारवाही गर्न अधिकार प्रदान गरेको कानुनी व्यवस्थाको विपरीत देखिन आउनेछ । (प्रकरण नं. १६) जग्गा प्राप्त गर्ने गरेको कानुनसंगत मान्न सकिने अवस्था नरहेकोले विवादमा आएको जग्गा प्राप्ती ऐन कानुन बमोजिमको मानेमा पनि सो जग्गा प्राप्त गरेको निर्णय समर्थन गर्न सकिने अवस्था नहुँदा माग बमोजिम उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १६) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री बद्री बहादुर कार्की प्रत्यर्थी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विद्वान सह-न्यायाधिवक्ता श्री जीत बहादुर कार्की । उल्लेखित मुद्दाःX आदेश न्या.हिरण्येश्वरमान प्रधानः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ : २. श्री बालचैतन्य ब्रम्हाचारीको नाती चेला दुर्गा चेतन ब्रम्हाचारीको छोरा शिव चेतन ब्रम्हाचारीको चेला म निवेदकले आफ्ना गुरुको सेवा टहल गरी रिझाए बापत निज गुरुले निजका नाउँमा दर्ता रहेको तत्कालिन मौजे जनकपुर विसहरासहोद्रा पट्टि विर्ताको विभिन्न कित्ताको जम्मा विगहा ३–१–९ जग्गा र सोमा बनेको पक्की घर समेत २००८ सालको बाली देखिनै खान पाउने गरिदिनु भएको बकसपत्र बमोजिम दा.खा. गराई भोग तिरो गरिआएको जग्गा नापी हुदा कि.नं. १४ कायम भई जम्मा विगहा २–१–१५ प्रत्यर्थीहरूले जानकी मन्दीर तथा विवाह मण्डप जिर्णोद्वार तथा निर्माण गर्ने सिलसिलामा अव्यवस्थित रुपमा बसोवास गरिआएको व्यक्तिहरूलाई बसोवास गराउने उद्देश्यले अधिग्रहण गर्ने निर्णय गरी जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ र १० बमोजिमको सूचना सोही ऐ. थान दफा ११ को प्रयोजनको लागि ०४२।४।१ मा प्रकाशित गरेको कुरा उक्त अधिग्रहणमा जग्गा पर्ने अन्य व्यक्तिहरूबाट प्राप्त भई अवगत हुन आयो । ३. प्रत्यर्थीहरूले उपरोक्त बमोजिम अधिग्रहण गर्न प्रयोग गरेको जग्गा प्राप्ती ऐन, २०३४ नेपालको संविधानको धारा १०, ११(२)(घ)