निर्णय नं. ३२४६ - उत्प्रेषण मिश्रित परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२४६ - उत्प्रेषण मिश्रित परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०७/०३ २४८४ निर्णय नं. ३२४६ ने.का.प. २०४४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको रिट नं. २३४३ विषय : उत्प्रेषण मिश्रित परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक :मोरङ जिल्ला विराटनगर न.पं.वडा नं. ५ बस्ने पुष्पा आचार्य । विरुद्ध विपक्षी : श्री निर्वाचन अधिकृत प्र.जि.अ. को कार्यालय मोरङ, विराटनगर । श्री निमित्त निर्वाचन अधिकृत ध्रुवराज वाग्ले जि. का. मोरङ । आदेश भएको मिति: २०४४।७।३।३ मा जुन बेरुजुका आधारमा प्रारम्भिक समितिमा निर्वाचित भइसकेका निवेदकलाई जि.का. समितिको सभापति पदको उम्मेदवारको दर्खास्त परिसकेपछि उम्मेदवारको नामावलीमा नाम प्रकाशित नगरी हटाएको छ सो अयोग्यता बर्गीय संगठन ऐन, २०३६ का दफा ६ तथा निर्वाचन निर्देशिका, ०४३ को दफा ७ मा व्यवस्था भएको अयोग्यता भित्र नपरेको र निर्वाचन समितिले तोकेको अधिकृत समक्ष निर्वाचनको काम सम्पूर्ण समाप्त नभई कुनै उजूरी लाग्न सक्ने अवस्था नभएकोले मौकैमा कानुनी उपचारको लागि सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्र गुहारी पर्न आएको यो निवेदन उक्त उजूरी गर्ने व्यवस्था भएकोले नलाग्ने भन्न नमिलेको माग बमोजिम निवेदीकाको नाम उम्मेदवारीको नामावलीबाट हटाउने गरी गरेको निर्णय कानुन अनुरुप नभएको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली प्रत्यर्थी तर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री जीत बहादुर कार्की उल्लेखीत मुद्दाःX आदेश न्या.हिरण्येश्वरमान प्रधानः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ : २. निवेदीका नेपाल महिला संगठन जिल्ला कार्यालय समिति मोरङको पटकपटक निर्वाचित सभापति भई देश नरेश र निर्दलीय प्रजातान्त्रिक पञ्चायती व्यवस्था समर्पित सक्रिय एवं निष्ठावान पञ्च हुँ । पञ्चायत वर्गीय संगठनका प्रारम्भिक तथा जिल्ला कार्य समितिको पदाधिकारी सदस्यको निर्वाचनमा मोरङ जिल्ला विराटनगर नेपाल महिला सड्डठन नगरस्तरीय प्रारम्भिक समितिको सदस्य पदमा निर्वाचित भई निर्वाचितको कार्यक्रम मुताविक जिल्ला कार्य समितिको सभापति पदको उम्मेदवार भई बैशाख ३ गते उम्मेदवारीको दर्खास्त दाखेल गरेपछि निर्वाचन अधिकृतले बिनाकारण मलाई सूचनासम्म नगरी म सँग कुनै कुरा सोधपुछ सम्म नगरी उम्मेदवारी दर्खास्त खारेज गरी दिएकोले मेरो नाम उम्मेदवारीमा प्रकाशित भएन । वर्गिय संगठनको निर्वाचन सम्बधी निर्देशिका, २०४३ को दफा ३ बमोजिम निर्वाचनको कार्यक्रम प्रकाशित गर्ने दफा ४ बमोजिम मतदाता नामावली प्रकाशित गर्ने र दफा ५ मा उम्मेदवार सम्बन्धमा व्यवस्था गरेको छ । निर्देशिकाको दफा ७ मा उम्मेदवार हुन नपाउने सम्बन्धमा व्यवस्था गरेको छ जसमा निर्वाचन सम्बन्धी अपराधमा कुनै अदालतबाट कैदको सजायँ पाई भोगी रहेको र एकभन्दा बढी संगठनको कार्य समितिको सदस्य बन्न र उम्मेदवार हुन पाउने छैन भनी उल्लेख भएको पाइन्छ । उक्त दफाले निषेध गरेको कुनै कुरा पनि म माथि लागू हुँदैन । निर्वाचन निर्देशक, २०४३ को दफा ७ को उपदफा ४ मा उम्मेदवारको लागि पर्न आएको दर्खास्तलाई आवश्यक छानबीन गरी रीत पुगेको दर्खास्त तुरुन्त दर्ता गर्नेछ र रीत नपु