निर्णय नं. ३२४७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२४७ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०७/१६ २३८९ निर्णय नं. ३२४७ ने.का.प. २०४४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको फौ.पु.नं. ४२२ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी: खगेन्द्र बहादुरको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी: दो.जि.नम्बू गा.पं. वार्डं नं. ४ बस्ने गोपाल भन्ने अर्जुन गिरी । ऐ.ऐ बस्ने बाबुराम गिरी । ऐ.ऐ बस्ने पवित्रा गिरी । फैसला भएको मिति: २०४४।७।१६।२ मा अरु स्वतन्त्र सबूदबाट समर्थन हुन बेगर सहअभियुक्तको भनाईको आधारमा अभियोग गरेको ठहर्याउन नमिल्ने । (प्रकरण नं. १९) मौकामा देख्नेलाई अदालतबाट नबुझिएको हुँदा अ.बं. ११५ नं. बमोजिम बुझिनु पर्ने भन्ने हकमा अ.बं. ११५ नं. मा भएको व्यवस्था जिकिर बमोजिम नबुझिएका जति अनिवार्य रुपमा बुझ्नको लागि मुद्दा किनारा गर्न नबुझी नहुने अवस्था परेमा अदालतलाई त्यस्तो प्रमाण बुझ्न सक्षम बनाउनेसम्म व्यवस्था अरु स्वतन्त्र प्रमाणबाट दावी बमोजिम अपराध भए गरे जस्तो देखिन आएमा सो कुरा शंकारहित तवरबाट खम्बिर गर्ने सम्म यो व्यवस्थाको अनुशरण गरी बुझ्ने हो तर प्रस्तुत मुद्दामा त्यस्तो दावी बमोजिम अपराध गरेको भन्ने कहिँ कतैबाट सिद्ध हुन नआएकोमा अपराध नै कायम गरिनको लागि प्रयोग गर्न सो व्यवस्था भएको भन्न नमिल्ने । (प्रकरण नं. १९) पुनरावेदक, वादीतर्फबाट: विद्वान उप-न्यायाधिवक्ता श्री बलराम के.सी. विपक्षी,पुनरावेदक तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः म.क्षे.अ.को फैसला उपर पुनरावेदन परी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. २०३९।७।६ का दिन १५.३० बजेको समयमा भिम बहादुर गिरी र गोपाल गिरीको आपसी झगडा भएको बखतमा रत्न बहादुरले किन झगडा गरेको हो भनी गोपाल गिरीसँग सोधपुछ गर्दा एक्कासी आफ्नो जिउबाट छुरी निकाली रत्न बहादुरको छातीमा प्रहार गरी रत्न बहादुरको मृत्यु भएको, छुरी प्रहार गर्ने बेलामा बाबुराम गिरी, दधिराम गिरी, धनबहादुर गिरी, भिम बहादुर खतिवडा समेत गोपाल गिरीका साथमा भएकोले निजहरू माथि पनि शंका लाग्दछ पक्राउ गरी कानुन कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको ०३९।७।९ को खगेन्द्र बहादुरको जाहेरी दर्खास्त । ३. मैनापोखरी लामुसाँघु जिरी सडकको बीचमा मुख र नाकबाट रगत निस्केको, हात, कोट, मुखमा रगत लागेको, दायाँ कान मुनि घाँटीमा छुरीले हानेको अं. ११/२” घाउ भएको शरीरको अन्य भागमा चोटपटक नभएको, लाश नजिक जमीनमा रगत नभएको, लाश नजिकमा एउटा प्लाष्टिकको कागज देखिएको भन्ने समेत व्यहोराको २०३९।७।१० को लाश प्रकृति तथा घटनास्थल विवरण । ४. २०३९।७।९ का दिन मेरो सासूको होटलमा गोपाल भन्ने अर्जुन गिरी म समेतका ४ जनाले रक्सी खाई मामा ससुरा भिम बहादुरलाई पनि रक्सी दिनु होस् भनी गोपालले सासूलाई भन्दा एक गिलास रक्सी दिएको थियो । म खान्न सुत्केरी ज्वाईंलाई दिनुहोस् भनी निजले भनेकोमा वादविवाद भयो । वादविवाद हुँदा गोपालले भिम बहादुरलाई कुटपिट गरेको थियो त्यसपछि हामी मैनापोखरी गएका थियौं । निज भीम बहादुर, रत्न बहादुर, खड्ग बहादुर, जगत बहादुर, रत्न बहादुरको छोरा २ समेत आएर भिम बहादुरलाई किन कुट्नु भयो भनी रत्न बहादुर खड्काले सोधे त्यसपछि झगडा शुरु भयो, त्यसै बेला मैले पनि ढुङ्गा टिपी हिर्काउने उद्देश्य गर्दागर्दै अरुले छुट्याई दिए । भाइ गोपाल गिरीलाई