निर्णय नं. ३२४८ - प्रतिशेध मिश्रित परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२४८ - प्रतिशेध मिश्रित परमादेश भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०७/१८ २५८६ निर्णय नं. ३२४८ ने.का.प. २०४४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४१ सालको रि.नं. २०१२ विषय : प्रतिशेध मिश्रित परमादेश । निवेदक : चैनवाला ब्रदर्श विराटनगरको साझेदार जिल्ला मोरङ वा.नं. ९ बस्ने जगन्नाथ अग्रवाल। विरुद्ध विपक्षी : श्री ५ को सरकार भंसार कार्यालय, विराटनगर । श्री ५ को सरकार भंसार विभाग,त्रिपुरेश्वर । आदेश भएको मिति: २०४४।७।१८।४ मा झिकाइएको गाडी सन् १९७६ देखि नै प्रयोग भएको १९८३ मा पैठारी भएको देखिएकोबाट ७ वर्ष चलिसकेपछि पैठारी भइआएको देखिन आएकोले सोही बमोजिम ¥हास कटाउन पर्नेमा ५ वर्षको मात्र र्हास कटाएको नमिल्ने । (प्रकरण नं. १७) बिक्रीकर ऐन, २०२३ को संशोधितको दफा २७(ङ) ले प्रयोग भएको सामानमा बिक्रीकर नलाग्ने । (प्रकरण नं. १७) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा प्रत्यर्थी तर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री प्रेम बहादुर विष्ट उल्लिखित मुद्दा: विनोदकुमार अग्रवाल विपक्षी भन्सार कार्यालय भैरहवा समेत भएको २०४० सालको रि.नं. १६१० को मुद्दामा स.अ.बाट सिद्धान्त प्रतिपादित आदेश न्या.हिरण्येश्वरमान प्रधानः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ । २. चेनवाला ब्रदर्श फर्मले जापानबाट १९७६ मोडेलको पुरानो प्रयोगमा ल्याइसकेको ९ वर्ष पुरानो बस निजी प्रयोगको लागि बाणिज्य विभागबाट तारेख १०।४।१९८३ तद्नुसार मिति २०३९।१२।२७ मा आयात इजाजत प्राप्त गरी तारेख २६।६।१९८३ तदनुसार मिति २०४०।३।१२ मा एल.सी समेत खोली १९७६ देखि प्रयोगमा रहेको पुरानो टोयोटा कोसाटर माइक्रो बस २६ सिटको आयात गरेको र सो पुरानो भ्याक्स कम्पनीको इन्भ्वाइस मूल्यमा भन्सार लिई छाड्न चाँडै आदेश पाउन सो बस सम्बन्धी ओसाका टोयोटा कम्पनी जापानको ४ अक्टुबर १९८३ तदनुसार २०४०।६।१८ को इन्भ्वाइस पुरानो गाडी भएको जापान एपरेजल इन्स्टिच्यूटको प्रमाणपत्र तथा पुरानो गाडीको इजाजतपत्र र इन्स्योरेन्स कम्पनीबाट गाडीलाई यू.एस.डलर ५,००० को बीमा गराएको प्रमाणपत्र तथा अन्य सर्भे सम्बन्धी प्रमाणहरू साथ राखी सो इन्भ्वाइस मूल्यमा भन्सार लिई छाडी पाउन श्री भन्सार विभागमा द.नं. १७१२ मिति २०४०।७।६ मा नै निवेदन दर्ता गराएकोमा कुनै जवाफ नदिई बस पनि नछाडी रोकी राख्नु भयो । ३. उल्लिखित बस १९७६ मोडेलको हुनुको साथै सोही वर्षदेखि चलिसकेको विदेशको लाइसेन्सको प्रमाणबाट देखिएकै हुँदा त्यस्तो ९ वर्ष चलिसकेको पुरानो गाडीको डिप्रिसेशनको समेत विचार गरिएमा कर विभागको आदेशबाट यू.एस.डलर ८,६६६।८६ कुनै अवस्थामा पनि कायम हुन नसक्ने प्रष्ट छ त्यसमा पनि भन्सार कार्यालय विराटनगरले भन्सार कति लाग्ने र बिक्री नगरी निजी प्रयोगमा ल्याउने गाडीमा बिक्रीकर कुन ऐनले लाग्ने सो समेत खुलाउनु नभई बिक्रीकर लाग्ने भनी सूचना गर्नुको साथै आफैंले मूल्याङ्कनको निमित्त गाडी रोकी राखेको र सो गाडी भन्सारको गोदाममा समेत नराखी खुलाचौर घामपानीमा परिरहेको अवस्थामा कुन कानुनले डिमरेज लाग्ने सो केही नखुलाई एकमुष्ट रु. ३,९७,७०२।६७ दाखिल गरी बस लैजानु नत्र सो बस जफत हुने गरी श्री ५ को सरकारको हुनेछ भनी २०४१।७।२८ मा सूचना गर्नु भएको गैरकानुनी छ । ४. भन्सार संशोधन सहितको ऐन, २०१९ को दफा १३(२) मा श्री ५ को सरकारबाट मू