निर्णय नं. ३२४९ - जग्गा खिचोला हक कायम ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२४९ - जग्गा खिचोला हक कायम । भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०८/०८ २५०४ निर्णय नं. ३२४९ ने.का.प. २०४४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको दे.पु.नं. ६४९ मुद्दा : जग्गा खिचोला हक कायम । पुनरावेदक/वादी: ल.पु.जि.सुनाकोठी गा.पं.वार्ड नं. ५ बस्ने राम बहादुर महर्जन । विरुद्ध प्रत्यर्थी/प्रतिवादी: ऐ. ऐ. पंगाटोल बस्ने दशलाल महर्जन । फैसला भएको मिति:२०४४।८।८।३ मा विवादको जग्गा २०२१ सालमा नापी हुँदा विपक्षीका बाबुले किसानको महलमा आफ्नो नाम लेखाई किसानको व्यहोरामा मेरो आफ्नो हकभोगको र कैफियतमा बेनिस्साबाट भोगि आएको भनी जनाई नापी गराए उपर वादी पुनरावेदकको यो फिराद पर्नु अगावै कुनै उजूर नपरेकोबाट जिकिर बमोजिम खाली मोहिसम्म लेखाएको भन्न नमिल्ने । (प्रकरण नं. १२) वादीले विवादको जग्गाको पश्चिमतर्फ रहेका न.नं. ४ को घर पेटी आफैंले नपाएको यही विवादको जग्गा वादीको भए उस अवस्था आफूलाई ज.ध. देखाई नापी गराउन पर्ने सो गर्न नसकेको, २००९ सालको नक्शा दर्खास्त हाल न.नं. ४ को घर बनाउन नक्शा दिँदा पूर्व आफ्नो एकलौटी भोग भनी विवादको जग्गालाई देखाएकोमा कसैको उजूर नपरेबाट विवादको जग्गामा आफ्नो हक भएको देखिने भन्ने हकमा सर्भेबाट भएको नक्शामा विवादको जग्गाको पश्चिमतर्फ र वादीको भनेको न.नं. ४ को घर पूर्व अर्को जग्गा पनि रहे भएको देखिएको सो नक्शा दर्खास्तमा उल्लेख पूर्व आफ्नो एकलौटी भोग भनेकोले विवाद परेको न.नं. १ को जग्गालाई नै देखाएको भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. १२) पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः मध्यमाञ्चल क्षेत्रीय अदालतका २०४३।६।६।३ को फैसला उपर चित्त नबुझी वादीको पुनरावेदन गर्ने अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्रदान भई इजलास समक्ष पेश भइआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. सुनाकोठी गा.पं. वार्ड नं. ५(ख) कि.नं. १५ को पूर्व श्यामबहादुरको घर, पश्चिम मेरो आफ्नै स्ववासी घर, उत्तर विपक्षी दशलालको घर, दक्षिण चर्पिमा जाने बाटो यति ४ किल्लाभित्रको क्षेत्रफल ०–२–० जग्गा मेरो घर चर्चि आएको मेरो स्ववासी जग्गा हो सो जग्गामा जाने आउने ढोका बाटो मेरो घरबाट भएको र मल कुहाउने खाडल समेत छ र सोही ठाउँमा दाउरा पराल ढोड राख्ने र भैंसी बाँध्ने समेत गरी चलन गरिआएको छु । सो जग्गा पूर्वावस्थामा लक्ष्मी थकु महर्जन मेरो कान्छा बाबु बुद्धिमानको श्रीमती कान्छी आमाबाट मैले मिति २००५।६।२० मा रजिष्ट्रेशन पास भएको शेषपछिको बकसपत्र अनुसार बकसपत्र पाई रहेकोमा कान्छी आमा २०१६ सालमा परलोक हुनु भई मेरो बकसपत्र अनुसार हक स्थापना भएको सम्पत्ति भएकोले मेरा हक अधिकारको जग्गा हो । सो जग्गामा अन्यायवालाले जग्गाको बारेमा विवाद उठाउन खोजेकोले गा.पं.मा दर्खास्त गरेकोमा गाउँ पञ्चायतबाट कुनै कारवाही भएन । मेरो हकभोग चलनमा रहेको उक्त जग्गामा मेरा भैंसी बाँध्न पराल दाउरा र मल समेत थुपार्न नदिई मिति २०३९।५।२० गतेदेखि खिचोला गरी सो जग्गामा थुपारी राखेको टायल समेत फुटाई अन्यत्र सारी खिचोला गरेकोले यो फिराद गर्न आएको छु । मेरा हकभोग चलनको उक्त ०–२–० जग्गामा विपक्षीले गरेको खिचोला मेटाई मेरो हक कायम गरी विपक्षीहरूलाई सजायँ समेत गरिपाउँ भन्