निर्णय नं. ३२५० - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२५० - अंश भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०९/०३ २३९९ निर्णय नं. ३२५० ने.का.प. २०४४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको दे.पु.नं. ४३२ मुद्दा : अंश । पुनरावेदक/वादी: का.जि.कलंकी गा.पं. वडा नं. १ बस्ने शिवराम खड्का । विरुद्ध विपक्षी/प्रतिवादी:ऐ.ऐ खड्का गाउँ घर भै हाल बालाजु गा.पं. वा.नं. ४ बोराटार बस्ने कान्छी खड्का क्षेत्री । फैसला भएको मिति: २०४४।९।३।६ मा यो यस मितिमा वादी प्रतिवादीहरू अंशबण्डा भई छुट्टी भिन्न भई बसेको भन्ने दुवै पक्षको जिकिर नभएबाट खाली वादीले एक कित्ता जग्गा बिक्री गरेको र प्रतिवादीले यो मुद्दा परिसकेपछि केही जग्गाहरू बिक्री गरेको आधारमा अंश भइसकेको भन्ने देखिन नआएकोबाट शुरु जि.अ.ले वादी दावी बमोजिम अंश पाउने ठहराएको सदर गरेको अञ्चल अदालतको फैसला मनासिबै देखिए पनि सो ठहर गर्दा दुवै थरीको मुख मिलेको मिति १९९०।४।१० लाई मानो छुट्टिएको मिति कायम गर्नु पर्नेमा अरु लोग्ने बाहेकका प्रतिवादीका हकमा सो १९९०।४।१० को मितिलाई मानो छुट्टिएको मिति कायम नगरी फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरेको र क्षेत्रीय अदालतले अंश भइसकेको ठहराएको गल्ती ठहर्ने । (प्रकरण नं. १२) पुनरावेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर प्रत्यर्थी, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः श्री मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त नबुझाई परेको निवेदनमा यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. हामीहरूको लोग्ने तथा बाबु जीत बहादुरको २ पत्निमा जेठी म ठूलो खडकेनी र कान्छी सौता कान्छी खडकेनी २ भएको जेठा म ठूलीतर्फ शिवराम जायजन्म भई कान्छी सौतातर्फ सन्तान नभई हामी सगोलमा बसी आएकोमा बाबु लोग्ने जीत बहादुर कान्छीतर्फ लाग्नु भई हामी आमा छोरालाई २०११ साल ज्येष्ठ महिनादेखि खान लाउन नदी निकाला गर्नु भएको छुट्टै बसी आएको छु । लोग्ने बाबु जीत बहादुर, देवर काका पूर्ण बहादुर १, देवर काका हरि बहादुर १ समेत ३ जवान बाहेक अरु अंश गर्नुपर्ने र विवाह खर्च पर सार्नुपर्ने कोही नभएकोले मिति २०११।२।३ गतेसम्मको तायदाती लिई ४ भाग लगाई २ भाग दिलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. वादी दावी बमोजिम नभई पुर्खौली सम्पत्ति सासू बजै धनकुमारीलाई मैले स्याहार सुसार गरी मेरो साथमा मरेकी हुन् भन्ने विपक्षीले लेखत पास नामसारी मुद्दामा लेखेको छ, पुर्खौली सम्पत्ति धनकुमारी जिम्मा रहेको भनी के आधारले लेखेको हो विपक्षको लेख नै गैरकानुनी सिद्ध छ । विपक्षका बाबु १९९० सालमा अंशबण्डा भई आ–आफ्नो भाग दर्ता तिरो भरो नामसारी तिरो भरो चलन भइराखेको हुँदा झुठ्ठा उजूर गरेमा विपक्षहरूलाई नै सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. माग भएको तायदातीको आदेशानुसार प्रतिवादी कान्छी खड्केनीको २०३५।२।१८ को तायदाती र वादीतर्फको २०३४।८।१।४ को तायदातीमा भएको कुराको हकमा साहूको दावी भएको बखत ठहरे बमोजिम हुने गरी सम्पत्तिको हकमा ३ बण्डा गरी जतिबहादुरको १ भागबाट ४ भाग गरी २ भाग वादीहरूले अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतको मिति २०३८।१।४ गतेको फैसला । ५. का.जि.अ.को इन्साफमा चित्त बुझेन भन्ने