निर्णय नं. ३२५१ - नाता कायम ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२५१ - नाता कायम । भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०९/२१ २५४३ निर्णय नं. ३२५१ ने.का.प. २०४४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको फौ.पु.नं. ५६३ मुद्दा : नाता कायम । पुनरावेदक/प्रतिवादी:जि.लमजुङ चन्द्रेश्वर गा.पं. वडा नं. ९ दुराख डाँडा बस्ने नरहरी तिमिल्सिना । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ. ऐ. बस्ने बाबुराम तिमिल्सिना । फैसला भएको मिति: २०४४।९।२१।३ मा आफूलाई पञ्चायतमा गराएको भनेको कागज र पुनरावेदक उपर नाता कायम गरिपाउँ भनी दिएका फिरादपत्र समेत झुक्याई जालसाजबाट गराई लिएको हुँदा सो कागजहरूको प्रमाण नलिई प्र.सँग लोग्ने स्वास्नीको नाता कायम गरिपाउँ भनी दावी लिई उजूर गरेकोमा अञ्चल अदालतबाट संकलित सबूद प्रमाण तथा साक्षीहरूको बकाइको आधारमा सो कागजहरूलाई दावी बमोजिम झुक्याई जालसाजबाट गराएको भन्ने वादी दावीलाई मान्यता नदिई सोही प्रमाण कागजहरूको आधारमा मुख समेत पतित भइसकेको भन्ने बूँदा उल्लेख भई दावी बमोजिम बाबुरामसँग स्वास्नीको नाता कायम गरिपाउँ भन्ने दावी नपुग्ने भनी ठहर गरे उपर वादीको क्षेत्रीय अदालतमा पुनरावेदन परेकोमा निजले कानुन बमोजिमको सबूद प्रमाण पुर्‍याई आफ्नो दावी कायम गराई लिन पर्नेमा पुनरावेदनको तारिखै गुजारी पुनरावेदन डिसमिस गराई बसेको हुँदा निजको दावी नै खम्वीर हुन नआएको हुँदा पेटबोलीबाट बुझिएका प्रतिवादी बनाइएका पुनरावेदक तर्फबाट लिइएको जिकिर बमोजिम कमलाको गर्भ को कसको हो र सो प्रमाण कागजहरू वादीले देखाए बमोजिम झुक्याई जालसाज गरेको हो होइन ? त्यसतर्फ विचारै गरिरहन पर्ने अवस्था नरहने । (प्रकरण नं. १६) अञ्चल अदालतले वादी कमला मुख पतित भइसकेको भनी लेखेको बूँदा र क्षेत्रीय अदालतले वादीको पुनरावेदन डिसमिस गराएको हुँदा वादी कमला प्र.की स्वास्नी हो होइन वा कसकी स्वास्नी हो भनी नाता कायम गरिरहन नपर्ने भनी फैसलामा लेखेको देखिएको मनासिब ठहर्ने । (प्रकरण नं. १६) पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल प्रत्यर्थी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त बुझेन भनी परेको निवेदनमा यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. बाबुरामसँग मेरो विधिवत विवाह भएको हो । बाबुरामले मैले धारण गरेको गर्भलाई गाउँकै ठूलो नरहरिको हो भनी भन्न लगाई झुक्याई कागज गराएछन् थाहा पाइन, पछि अड्डामा गई बुझ्दा यसरी म आफैं बिग्रेको कुरा स्वीकार गरी मैले नै निज ठूलो नरहरिसँग नाता कायम गराई पाउँ भनी दिन लगाएको फिराद रहेछ । सो फिराद फिर्ता लिएकोले मैले नै गरेको भनेको उक्त कागज खुशीराजीले गरेको नहुँदा लोग्ने स्वास्नीको २ नं. बमोजिम मुद्दा सुन्ने अड्डामा गई अरुसँग करणीमा फसेको भन्ने प्रमाण नलिई अरु प्रमाणबाट इन्साफ गरिदिनु भनी हु.प्र.पाउँ भनी कमला तिमिल्सिनाले श्री ५ महाराजाधिराजका जुनाफमा दिएको निवेदनमा यसमा व्यहोरा साँचो भए ऐनले उजूर लाग्ने कुरामा ठाडै बुझी ऐनका म्यादभित्र कानुन बमोजिम मुद्दाको कारवाही किनारा गरी नतिजा जाहेर गर्नु भन्ने ग.अं. अदालतका नाउँमा २०३९।१२।९।४ मा हु.प्र.भई आएको । ३. लमजुङ जि.अ.मा झुक्याई गराएको मुद्दाको कारणबाट मलाई श्रीमतीको नाताबाट हटाउने उद्देश्य गर्नु भ