निर्णय नं. ३२५२ - निखनाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२५२ - निखनाई पाउँ भाग: २९ साल: २०४४ महिना: माघ अंक: १० फैसला मिति :२०४४/०७/०३ २१९३ निर्णय नं. ३२५२ ने.का.प. २०४४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४३ सालको दे.पु.नं. ६४८ मुद्दा : निखनाई पाउँ । पुनरावेदक/वादी:जि.ललितपुर ल.पु.न.पं. वा.नं. ५ सातदोवाटो बस्ने दिल बहादुर मानन्धर । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ. ऐ. वा.नं. ७ बस्ने कृष्ण बहादुर मानन्धर । फैसला भएको मिति:२०४४।७।३।३ मा एक न्यायाधीशको इजलासबाट न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) बमोजिम पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने आदेश भएकोमा सोही ऐनको दफा १५(२) मा दफा १३ को उपदफा (३) अन्तर्गत क्षेत्रीय अदालतले पुनरावेदन हेर्दा तत् तत् उपदफा वा खण्डमा उल्लिखित पुनरावेदन गर्न अनुमति दिन सकिने प्रश्न वा आधार एवं सम्बन्धित कुरामै सीमित रही निर्णय गर्नु पर्नेछ भन्ने व्यवस्था भएको हुँदा एक न्यायाधीशको इजलासले पुनरावेदनको अनुमति दिइएकोमा पुनरावेदन गर्न अनुमति दिन सकिने आधार बूँदामा सीमित रही संयुक्त इजलासबाट निर्णय गर्नुपर्नेमा पुनरावेदनको अनुमति दिने आदेश नै बेरितको भनी पुनरावेदन लगत कट्टा गरी पुनः पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनको लगतमा दर्ता गर्न नमिल्ने । (प्रकरण नं. १४) पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री सुधानाथ पन्त उल्लेखित मुद्दाःX फैसला न्या.रुद्र बहादुर सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको आदेश उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. मेरी आमा हर्षमायाले सातदोबाटोको पूर्व मूल सडक पश्चिम चक्रमानलाई तिरो तिर्नु पर्ने पाताल जग्गा उत्तर चन्द्रमान कसाईको पाताल जग्गा दक्षिण काजिबहादुरको घर यति ४ किल्लाभित्रको २ नाले २।। तले ७ कवले पक्की झिंगटी घर र सो घरले चर्चेको जग्गा समेत रु. ६००१।– मा ०१६।६।११ मा विपक्षको बाबु तुलसीलाल ग्वारालाई फार्से गरी दिनु भएको रहेछ । उक्त लिखत पास गराई पाउँ भन्ने फिराद परी विपक्षले मुद्दा सकार गरी आखिर स.अ. डिभिजन बेञ्चबाट ०२७।११।१६ मा सो लिखत पास हुने ठहरी फैसला भएकोमा ०२८।४।६ मा उक्त कुरा दर्शाई किन पास गर्नु भएन भन्दा मैले ०२३ सालमा नै पास गराई लिएको छु भन्नु भएकोले विपक्षीले पारीत गरेको कुरा थाहा पाएको मितिले ३५ दिनभित्रै स.अ. डिभिजन बेञ्चबाट ०२७।११।१६ मा अन्तिम फैसला भएको ६ महिनाभित्रै ०२८।४।१२ गते मैले थैली राखी दर्खास्त गरेको छु । उक्त ०१६।६।११ को फार्छे लिखतभित्रको जग्गा निखनाई विपक्षीलाई सजायँ समेत गरिपाउँ भन्ने वादी दावी । ३. ०२३।५।१७ मा लिखत पास भएको तथा ०२८।४।२२ मा उजूर परेको हुँदा हदम्याद नाघेको प्रष्ट छ । साथै एकाघरमा बस्ने छोरा हुँदा लेनदेन व्यवहारको ११ नं. ले समेत म्याद नाघेको वादी दावाबाट फुर्सद पाउँ भन्ने समेतको प्रतिउत्तर जिकिर । ४. वादी प्रतिवादीका साक्षीहरूको बकपत्र भएको । ५. पास भएको लिखतको कारवाहीलाई कानुनी मान्यता दिई राख्नु पर्ने स्थितिको नै नभई कानुनद्वारा स्थापित हक नै नहुँदा वादी दावा बमोजिम हकसफा गराई रहन पर्ने स्थितिको नै देखिँदैन उक्त पारीत लिखत कानुन अनुरुप नदेखिँदा स्वतः निष्कृय कृयाद्वारा स्थापित स्वतः बदरभागी हुँदा त्यस्तोमा निखन्न पाउने ठहर गर्न मनासिब ठहर्दैन भन्ने समेत ल.पु.जि.अ.को फैसला । ६. उक्त जिल्ला अदालतको फ