निर्णय नं. ३२५३ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२५३ - कर्तव्य ज्यान । भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/०९/१६ २२८३ निर्णय नं. ३२५३ ने.का.प. २०४४ अङ्क ११ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.इ.नम्बर २४, २५ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी: डिल्लीसेरा गुरुङसेनीको जाहेरी श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी: कास्की जिल्ला हंसपुर गाउँ पञ्चायत वडा नं. ७ डिट्ठा गाउँ बस्ने झलकबहादुर गुरुङ समेत । पुनरावेदक/प्रतिवादी: ऐ. ऐ. बस्ने झलकबहादुर गुरुङ । विरुद्ध विपक्षी/वादी: डिल्लीसेरा गुरुङसेनीको जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति:२०४४।९।१६।५ मा चस्मदिद सबूद प्रमाणको अभावमा केवल शंकाको भरमा अपराधी ठहर गर्न न्यायसंगत नदेखिने । (प्रकरण नं. ३९) पुनरावेदक, वादीतर्फबाट: विद्वान का.मु.सह-न्यायाधिवक्ता श्री बलराम के.सी. पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी उल्लेखित मुद्दाःX फैसला प्र.न्या.धनेन्द्र बहादुर सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर श्री ५ को सरकार तर्फको र अनुमति प्राप्त गरी प्रतिवादी झलक बहादुर गुरुङको पुनरावेदन परी संयुक्त इजलास समक्ष पेश भएकोमा सो इजलासका माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. मिति २०३९।८।१५ गते बिहान १० बजेतिर चन्द्र बहादुर गुरुङ ढक बहादुर गुरुङ झलक बहादुर गुरुङ, डोल बहादुर गुरुङ, गंगा बहादुर गुरुङ समेत माछा मार्न ताल बेसीमा आई दिनभरी माछा मारी खाजा खाई साझ तिर घर जान भनी गएका मेरा भतिजा चन्द्र बहादुर गुरुङ झलक बहादुर गुरुङ उक्त उकालो बाटोमा झगडा गरी कुटपिट गरेको कुटाइको चोटबाट टाउको फुटी सारा शरीर थिलथिलो भई बहोस भएको चन्द्र बहादुर गुरुङ र झलक बहादुर गुरुङको परस्पर झगडा भएको पराल बोकी आउने मानिसहरूले समेत देखेको भन्ने कुरा सुनेकोले झलक बहादुर गुरुङको कुटाइको चोट पीडाबाट मृत्यु भएको यकीन हुन आएकोले निजलाई पक्राउ गरी कानुनी कारवाही गरिपाउँ भन्ने डिल्लीसेरा गुरुङसेनीको जाहेरी दर्खास्त रहेछ । ३. मिति २०३९।८।१६ गते उपचारार्थ ल्याएका चन्द्र बहादुर गुरुङ सारै सिकिस्त अवस्थामा ल्याएको देखिन्छ । निजको टाउकोको बीचमा चोट लागेको घाउ १ थियो । टाउकोको कुनै हड्डीमा दखल भएको देखिन्न । ल्याउँदाको अवस्था ब्लड प्रेशर ९०।६० पी.मि.अफ मरफरी र पलस नाडी प्रति मिनेट ज्यादै सुक्ष्म गतिको थियो भन्ने मिति २०३९।८।२४ को गण्डकी अञ्चल अस्पतालको पत्र । ४. मिति २०३९।८।१५ गते बिहान १० बजेको समयमा दान सुब्बा गुरुङ समेत माछा मार्न भनी मृतक चन्द्र बहादुर गुरुङले कोदालो बोकी अरु हतियार नलिई ११ बजेतिर ४ बजेसम्म ४ ठाउँमा माछा मारी भट्टिमा ६ बजेको बेलुकासम्म रक्सी खाई बस्यौं मैले डोल बहादुर र चन्द्र बहादुरलाई त्यहीं छाडी म आफ्नो घरतर्फ लागें म घरमा ८ बजे पुगेको खाना खाई सुतेको समयमा बेसीबाट बजिर गुरुङ, आसबहादुर गुरुङ आई म सुतेको घरमा बजिरले एकबहादुर गुरुङलाई खबर दिई एकबहादुर आई चन्द्र बहादुर गुरुङ बेसीको उकालोमा आफैं लडी घाइते भएका छन् भन्ने खबर भन्न आएपछि तत्कालै उठी चन्द्र बहादुर लडेको ठाउँमा आई हेर्दा त्यहाँ प्रसाद गुरुङ समेत आमा बाबु समेत आइपुगेका रहेछन् चन्द्र बहादुर लडेको ठाउँदेखि ३००।४०० गज फरकमा आशबहादुर गुरुङको गोठमा लगी राखेको अवस्थामा द